Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

कञ्चनपुरका १२० मुक्त हलिया परिवार पुनःस्थापन गरिने

\"haleya\"काठमाडौं । कञ्चनपुरका १२० मुक्त हलिया परिवारलाई चालु आवमा पुनःस्थापन गरिने भएको छ । जिल्ला भूमि सुधार कार्यालयका अनुसार ९० परिवारका लागि जग्गा खरिद गरिने, जग्गा उपलब्ध भएका ७० परिवारको घर निर्माण गरिने र ५० परिवार मुक्त हलियाको घर मर्मतको कार्य गरी पुनःस्थापन गरिन लागेको हो । मुक्त हलिया परिवारका लागि जग्गा खरिद प्रक्रिया अगाडि बढाइ सकिएको, घर निर्माण र मर्मतका लागि प्रमाणीकरणमा परेका परिचयपत्र पाएका हलिया परिवारको छनोटको कार्य सुरु गरिएको भूमि सुधार कार्यालयका सूचना अधिकारी शङ्करदत्त कलौनीले बताए । प्रतिपरिवार मुक्त हलियाको जग्गा खरिदका लागि दुई लाख, घर निर्माणका लागि दुई लाख २५ हजार र घर मर्मतका लागि एक लाख २५ हजार रकमका आधारमा पुनःस्थापनको कार्य गरिने उनले बताए। ‘जग्गा नापी भएका झलारीका १८ र ब्रह्मदेवका १९ मुक्त हलिया परिवारका जग्गाधनी प्रमाणपत्र तयारी अवस्थामा रहेकाले चाँडै उपलब्ध गराउँछौँ’ – उनले भने। यसैबीच राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरले पुनःस्थापन कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाउनका लागि जिल्लाव्यापी कार्यक्रम सुरु गरेको छ । मुक्त हलियाको पुनःस्थापन कार्यक्रमबारे छलफल, छुट हलिया परिवारको लगत सङ्कलन, सञ्जाल विस्तार र परिचयपत्र प्रमाणीकरणमा देखापरेका समस्या समाधान गर्न कार्यक्रम अगाडि बढाइएको समाजका अध्यक्ष सिबी लुहारले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending