Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

देउवाद्वारा कोइराला यसरी फसाइए

\"koirala-deuba\"काठमाडौं । अन्तिम अवस्थासम्म पनि प्रधामन्त्रीमा नउठ्ने बताइरहेका सुशील कोइराला किन एकै रातमा तयार भए भन्ने विषयले धेरैलाई आश्चर्यमा पारेको थियो । तर, उम्मेवदारी चयन अघि २२ असोजरातीसम्म तयार नभएका कोइराला एकाएक तयार हुन पुगे । राती भारतीय नेताहरुसंगको छलफल, तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले मधेसी दललाई भोट हाल्न ल्याउन गरेको विश्वास, एमाओवादीबाट बाबुराम पक्षधर सभासद्ले भोट हाल्ने, राप्रपा र राप्रपा नेपालले पनि फुटेर भोट हाल्ने अस्वभाविक तथ्यहीन तर्क नेताहरुले नै ल्याएपछि रातभरमा कोइराला आफैं अघि सर्ने मनिस्थितिमा पुगे । तर, फाइनल भएको थिएन ।   उम्मेदावरी दर्ता गर्नु अघिसम्मको बैठकमा यदि हार्ने अवस्था नै हुने हो भने उपसभापति रामचन्द्र पौडेललाई अघि सार्न सक्ने जनाउ दिउ तर, प्रष्ट भनेनन् । यसमा देउवाले कुरा बुझिहाले, पौडेललाई अघि सारे पनि हार्ने नै हुन् हार्ने नै भए किन पौडेललाई दिनु, हार्ने चुनाव कोइरालाले नै लडुन् भन्ने उनको इच्छा थियो । त्यसैले तपाईंले इच्छा गरे, मैंले कसरी विरोध गरौं भन्दै आफू समर्थक र पौडेल प्रस्ताव बन्नेसहितको मोटामोटीसहमति बनेपछि कोइराला प्रधानमन्त्रीका उम्मेदवार बन्न पुगे । रातभरमा उम्मेदवार बन्ने मनस्थिति बनाए पनि अवस्था अनकूल छैन, उम्मेदावर बन्दा पार्टी बदनाम हुन्छ भनेर आफू प्रस्तावक नबन्ने भन्दै देउवाले रोकेको भए कोइराला हच्कन सक्थे, तर, देउवाले त्यस्तो गरेनन् । संस्थापनपक्षका नेताहरु पनि देउवाले हुँदैन भनेको भए कोइराला रोकिंदै पौडेललाई अघि सारेर कुरा मिल्ने थियो भनिरहेका छन् ।   भारतको आशिर्वाद, एमाओवादी, राप्रापा, राप्रपा नेपाल फुट्ने, मधेसी दल भोट हाल्न आउने जस्ता पक्षमा देउवाले समर्थन गर्ने भएपछि कोइराला तयार भए तर, एमाले अध्यक्ष ओलीले बहुमत तीन सय सिट कटाउन १०/१५ दिनदेखि गरेको मेहनतको उनले ख्याल गरेनन् ।   देउवालाई लागेको थियो, हारेपछि कोइराला थप बदनाम हुन्छन् र त्यही बदनामीको भारी देखाएर १३ औं महाधिवेशनमा आफू सभापतिमा जित्छु भन्ने सोच सवार भयो । त्यसैले, बदनामीका भारी बोकाउन पनि देउवाले अन्तिम स्वीकृति कोइरालाको लागि नै दिए ।   अघिल्लो दिनसम्म देउवाले उम्मेदवार तपाई हो की होइन भनेरे सोध्दै नभए संसदीय दलको नेताको चुनाव गराउन कोइरालालाई बारम्बार सोधे पनि कोइराला बोलेका थिएनन् । देउवा एक दुई दिन अघिसम्म आफूलाई प्रधानमन्त्रीको उम्मेदवार बनाइए जसरी पनि जित्ने रणनीतिमा थिए । सोही बमोजिम केन्द्रीय समितिको बैठकमा मधेसीलाई आफूले अधिकार दिनबाट बन्चित गरेर गल्ती गरेको तर, अब दिने भन्दै मधेसको भोट तान्ने गरी बोलिसकेका थिए । तर, अन्तिम अवस्थामा कोइरालाले आफ्नो सट्टा पौडेललाई अघि बढ्नका लागि कुरा गर्न खोज्दै गर्दा देउवाले माननेन् र सभापतिलाई नै अघि बढ्न सुझाए र प्रस्तावक बने ।   राजनीतिक फाइदाको लागि गरिएको देउवाको यो प्रयासले सार्थकता पनि पायो । अघिल्लोपटक दुई तिहाईले जितेका कोइराला नराम्ररी पराजित मात्र भएनन् । पार्टीभित्रै तीव्र आलोचना भयो । संस्थापनक दुई चार जना बाहेकले नै कोइरालाको उम्मेदवारीको विरोध गरे । देउवा पक्षले त यसैलाई हतियार बनाई संविधान बनाएको जस पनि माटोमा मिलाएको भन्दै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख सबै गुमाउनुनको कारण कोइरालाको कदमभन्दै फाइदाको राजनीतिक गरिहेको छ । जारी केन्द्रीय समितिको बैठकमा पनि देउवा पक्षका नेताहरु प्रधानमन्त्रीमा कोइरालाको उम्मेदवारीले कांग्रेसले सबै पद गुमाएको भन्दै यस्तो बदनामीमा भारी बोक्दै १३ औं महाधिवेशनमा अघि नबढ्न चेतावनी दिइरहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy