Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

आठ वर्षदेखि डेढ सय परिवारको जङ्गलमै बास

\"kanchanpur_district\"कञ्चनपुर । झन्डै आठ वर्षअघि कञ्चनपुरको दोदा नदीले विस्थापित गरेका शङ्करपुरका डेढ सय बढी परिवारको अझैसम्म पनि जङ्गलमै बास छ । दोदा नदीमा २०६५ सालदेखि आउने बाढीले हालसम्म शङ्कपुरका १६३ परिवार पूर्ण विस्थापित परिवारको बास जङ्गलमै रहेको छ । स्थानीयवासीका अनुसार दोदाले २०६५ सालमा शङ्करपुर गाविसको वडा नम्बर ७ नै बगाएको थियो । विस्थापितका हालसम्म पनि पुनःस्थापना नहुँदा जङ्गलमै बस्न बाध्य भएका हुन् । सरकारी पक्षबाट कुनै पहल नहुँदा उनीहरु मानिस भएर पनि जङ्गली जनावरको जस्तो जङ्गलमै बस्न बाध्य भएका छन् । विस्थापित भएदेखि जङ्गलमै बस्न बाध्य भएको उनीहरुको दुःखेसो छ । ‘राज्यको ध्यान दोदामा पुग्न सकेन,’ शङ्करपुर–८ डुङ्गाका बिश्राम रानाले भने , ‘जसको परिमाण नदीले ७ नम्बर वडालाई लग्यो ।’ आर्थिकरुपमा सम्पन्न भएकाहरु बसाई सरेर सहरतिर गएको र विपन्न विस्थापितहरु भने नजिकैको शोभातालको डाँडामा बसिरहेका छन् । बाढीले २५० बिघा जमीन कटानी गरेर नदीले धार परिवर्तन गर्दा काम नलाग्ने भएको छ । नदीले बायाँबाट दायाँतिर धार परिवर्तन गर्दै जाँदा उक्त जमीनमा खेती गर्न नमिल्ने भएको शङ्करपुर–८ का वालकृष्ण डगौराले बताए  । यसवर्ष पनि दोदामा आएको बाढीले शङ्करपुर–७ र ८ को दुई बिघा १० कट्टा जमीन बगाएको छ । शङ्करपुर–८ का झक्कुप्रसाद चौधरीले गत साउन ३ गते आएको बाढीले दुई बिघा १० कट्टा जमीन बगाएको बताए । उनका अनुसार दोदाबाट शङ्करपुर–८ र ९ वटा उच्च जोखिममा छन् । जनताको तटबन्ध कार्यालयले दोदा नदीमा दुई हजार ६५५ मिटर तटबन्ध बनाएको छ । करिब १४ करोडको लागतमा तटबन्ध बनाएपनि कटानी रोकिएको छैन् । कतिपय तटबन्ध भत्किसकेका छन् । ‘तटबन्धले काम राम्रो गरेन,’ उनले भने १४ करोडको तटबन्ध बनायौँ भन्छन्, तर हाम्रो गाउँ बगेकोबग्यै छ, तटबन्ध पनि बगेको बग्यै, पैसा पनि बगेको बग्यै छ ।’ जनताको तटबन्ध कार्यालयका प्रमुख अनुपकेशर थापाले बजेट अभावका कारण प्रभावकारीरुपमा दोदा नियन्त्रण हुन नसकेको बताए । ‘काम गर्न बजेट छैन, सानो कामले नदी नियन्त्रण हुदैन,’ उनले भने । उनका अनुसार जनताको तटबन्ध कार्यालयले यस वर्ष दोदामा साढे चार लाखको लागतमा २५० मिटर मात्रै तटबन्ध बनाएको छ । बाढीबाट विस्थापित ३०÷३५ जनाले क्षतिपूर्तिको माग गरेर तटबन्ध बनाउन दिएनन्,’उनले भने  ‘पैसा पनि ढिलो आएकाले काम हुन नपाएरै फिर्ता गयो ।’ दोदाले कञ्चनपुरका आठ गाविस कृष्णपुर, देखतभुली, शङ्करपुर, श्रीपुर, बाइसेविचवा, कालिका, त्रिभुवनवस्ती तथा परासनमा क्षति पु¥याएको छ । दोदा नदीमा बनारा, स्याली, सुनवरा नदी मिसिएका छन् । दोदा नदीमा तटबन्ध कार्यालयले आर्थिक वर्ष २०६६÷६७ देखि काम शुरु गरेपनि हालसम्म २० करोडको तटबन्ध बनाएपनि बाढी भने, नियन्त्रणमा आउन सकेको छैन् । सरकारले यस वर्षदेखि दोदा नदीलाई दुई अर्बको गुरुयोजनामा राखे पनि पीडितहरुको भने अझैसम्म पनि पुनःस्थापना हुन सकेको छैन् । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले बाढीपीडितको उचित व्यवस्थापनका लागि निर्देशिका बनेपछि पुनःस्थापना गरिने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy