Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

ओली सरकारमा ६ उपप्रधानमन्त्री

\"KP-Oli-PM\" काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । तीन उपप्रधामन्त्री र चार मन्त्री थप्दै उनले मन्त्रिपरिषद बिस्तार गरेका हुन् ।

यससँगै ओली सरकारमा छ उपप्रधानमन्त्री भएका छन् । फोरम लोकतान्त्रिकका विजय गच्छदार, राप्रपा नेपालका कमल थापा र एमाओवादीका टोपबहादुर रायमाझी यसअघि नै उपप्रधानमन्त्री भइसकेका छन् । १७ मन्त्री र दुई राज्यमन्त्रीसहित केपी ओली नेतृत्वको मन्त्रिपरिषद् २८ सदस्यीय भएको छ ।

प्रधानमन्त्री ओलीले आफ्नै दल एमालेका उपाध्यक्ष भीम रावलसँगै माले महासचिव सीपी मैनाली र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई उपप्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।

नवनियुक्त उपप्रधामन्त्रीत्रयले शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्या भण्डारीसमक्ष पद तथा गोपनियताको समथ लिएका छन् ।

नवनियुक्त उपप्रधानमन्त्री मध्ये रावलले सहरी विकास, केसीले सहकारी तथा गरिबी निवारण र मैनालीले महिला बालकालिका तथा समाज कल्याण मन्त्रालय सम्हाल्नेछन् ।

यस्तै बिहीबार नै चार मन्त्री थपिएका छन् । एमालेबाट अर्थमन्त्रीमा विष्णु पौडेल, सञ्चारमन्त्रीमा शेरधन राई, पर्यटनमन्त्रीमा आनन्द पोखरेल र श्रममन्त्रीमा शान्ता मानवी नियुक्त भएका छन् ।

नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति विद्या भण्डारीसमक्ष पद तथा गोपनियताको समथ लिएका छन् । रक्षासहितका सात मन्त्रालय अझै मन्त्रीविहीन छन् । सातै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैंले सम्हालेका छन् । चार मन्त्रीले भने विभागीय जिम्मेवारी पाएका छन् । प्रधानमन्त्रीको सपथसँगै भएको मन्त्रिपरिषद् गठनमा सहभागी सत्य नारायण मण्डल र रामकुमार सुब्बा विना विभागीय मन्त्री नै छन् ।

 
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending