Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

बाबुराम ‘नयाँ शक्ति’ परित्याग गर्दै !

\"BABURAM-BHATTARAI-01-400\"काठमाडौं । केही समय अघिमात्रै एकिकृत नेकपा माओवादी परित्याग गरी नयाँ शक्ति निर्माणको अभियान चलाएका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ शक्ति पनि परित्याग गर्ने संकेत दिएका छन् ।   नयाँ शक्ति अभियानका लागी निकै दौडधुप गरेका भट्टराईले पछिल्लोपटक एमाओवादीका पूर्व सहकर्मी देवेन्द्र पौडेललाई ल्याएर अभियानको संयोजक बनाउनु त्यसैको संकेत भएको उनका एक सहकर्मी बताउँछन् ।   अर्कोतिर पूर्व आफ्ना सहयोगी तथा पार्टी परित्याग गर्नुपूर्व बचन दिएका केही सामाजिक क्षेत्रमा स्थापित व्यक्तिहरुले अहिले साथ नदिएपछि उनलाई ठुलै झड्का लागेको छ ।   नयाँ शक्ति निर्माण गर्न भन्दै एक्लै पार्टी परित्याग गरी मधेस आन्दोलनको समर्थनमा निस्किएका भट्टराईलाई मधेसीहरुले समेत सोचेजस्तो समर्थन गरेनन् । केही वर्षअघि देखि नै नयाँ शक्ति निर्माणको गृहकार्यमा रहेको भट्टराईले समाजका विभिन्न क्षेत्रका मानिसहरुसँग छलफल चलाईरहेक थिए । छलफलमा सकारात्मक भएका ति मानिसहरु अहिले भट्टराईको साथ छैनन् ।   भट्टराई निकट स्रोतका अनुसार पूर्व मुख्य सचिव लिलामणी पौडेल, पत्रकार रविन्द्र मिश्र्र, पत्रकार नारायण श्र्रेष्ठ, बैकंर अनिल शाह कलाकार निर शाह लगायतकाले हिजो नयाँ शक्ति बनाउने कुरामा बचन दिएका थिए । उनिहरुकै बचनका आधारमा एमाओवादीबाट आफू पक्षिय नेताहरुलाई समेत थाहा नदिइ बाहिरिएका भट्टराईले नयाँ शक्तिमा पूर्व सहकर्मीभन्दा माथि उल्लेखित मानिसहरुलाई स्थान दिने सोच बनाएका थिए । आफुसँगै रहेका नेताहरुलाई सँगै लैजाँदा नयाँ शक्तिमा पूरानै अनुहार देखिने र नयाँहरुलाई जिम्मेवारी दिन पनि नमिल्ने भएकाले भट्टराई सूरुमा आफ्ना सहकर्मीहरुलाई वेवास्ता गरेका थिए ।   जब भट्टराई पार्टी परित्याग गरी नयाँ शक्तिको अभियानमा होमिए तब उनले अपेक्षा गरेका पौडेल, मिश्र्र, शाह लगायतकाले नयाँ शक्तिमा लाग्न अस्विकार गरिदिए । स्रोतका अनुसार भट्टराईलाई ‘नयाँ शक्तिको शुभकामना’ भन्दै सबैले सान्त्वना मात्रै जनाए । भट्टराईलाई पूर्व मुख्य सचिव लिलामणी पौडेलले भने साथ दिने अपेक्षा थियो तर उनले पनि आफ्नो राजनीति गर्ने मनसाय नरहेको र सहयोग गर्ने बताए पछि भट्टराईले आफुलाई धोका भएको बुझे ।   मधेस र थारुवानमा अपेक्षित समर्थन प्राप्त नगरेका भट्टराईलाई कसैले पनि साथ नदिएपछि उनि आफ्ना पूर्व सहकर्मी फर्काउने अभियानमा लागे । तर पूर्वसहकर्मीहरुमध्य पनि केही उनका महत्वपूर्ण सहकर्मीहरुले उनलाई साथ दिएनन् ।   एमाओवादीमा रहँदा उनी पक्षका दोस्रा नेता टोप बहादुर रायमाझीले ‘भट्टराईले गम्भिर गल्ती गरेको र आफु पछी लाग्न नसक्ने’ बताए । त्यसैगरी भट्टराईको खम्बा मानिएका सूदुरपश्चिमका युवा नेता खगराज भट्टले अन्तिम चरणमा आएर भट्टराईको कदम गलत रहेको बताउँदै उनको साथ छोडीदिए । जसले भट्टराईलाई सुदुरपश्चिममा सुन्य बनाईदियो ।   थारुवानका नेता देवराज रेग्मीले पनि अन्तिममा भट्टराईलाई साथ दिएनन् । यता अरु सबैले पार्टी परित्याग गर्दासमेत दोलखाकी नेता देवि खड्का, सिन्धुपाल्चोकका नेता राजकुमार श्र्रेष्ठ, सोलुखुम्बुका राजेन्द्र बस्नेत लगायतले समेत अन्तिम अवस्थामा आएर भट्टराईको कदमलाई साथ दिएनन् ।   पूर्व पार्टीका आफु पक्षधर सहकर्मी तथा समाजका विभिन्न क्षेत्रमा रहेका व्यक्तित्वको भनेजस्तो उपस्थिति नभइसके पश्चात भट्टराई नयाँ शक्ति निर्माणको अभियानबाटै पछि हट्ने संकेत दिएका छन् । उनी अभियानको संयोजक नरहनु र एमाओवादीकै नेता देवेन्द्र पौडेललाई संयोजक तोकिनुको पछाडीको रहस्य भट्टराईमा पछिल्लोपटक राजनीतिप्रतिको अनिच्छा हो ।   स्रोतका अनुसार पौडेलको नेतृत्वमा अभियान चलाउँदै जाँदा माहोल बन्दै गए या अपेक्षित सफलता प्राप्त भए भट्टराई एकपटक नेतृत्वमा आउनेछन् । यदी अपेक्षित सफलता नपाए उनि संरक्षक जस्तो मात्रै भएर बस्ने सोच बनाएका छन् ।   भट्टराईसँग लामो समय बिताएका एमाओवादीका एक नेता भन्छन्,–‘भट्टराई वास्तवमै चरम महत्वकांक्षी हुन् । उनीले भनेजस्तो नभए निराश भइहाल्छन् र पलायन हुन्छन् । नयाँ शक्ति अभियानको संयोजन नगर्नु भट्टराईको पलायनताको संकेत हो ।’   एमाओवादीका एक पोलिव्युरो सदस्यको संयोजनमा चल्ने नयाँ शक्ति अभियानले कति सफलता प्राप्त गर्ला त्यो भने हेर्न बाँकी छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy