Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

पूर्वपश्चिम राजमार्गमा बन्दको प्रभाव न्यून

\"chitwan-bus-jam-4\"धनुषा । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा धनुषाले सदरमुकाम जनकपुरमा आन्दोलन सशक्त पारे पनि पूर्व पश्चिम राजमार्गमा भने त्यसको प्रभाव न्यून देखिएको छ । राजमार्गमा निर्बाध रुपमा मालवाहक र यात्रुवाहक सवारीसाधन चलेको पाइएको छ । पूर्व–पश्चिम राजमार्गको ढल्केवर भएर दैनिक सयौँको सङ्ख्यामा मालवाहक र यात्रुवाहक सवारीसाधन आवतजावत गर्ने गरेका छन् । मोर्चाको धनुषा शाखाका नेताले आफुहरुले नाका र राजमार्ग केन्द्रित आन्दोलन गरेको दाबी गर्दै आए पनि त्यसको कुनै असर देखिएको छैन । क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगर, मिथिला नगरपालिकाको ढल्केवर, बेंगाडावर, लालगढ, गणेशमानसिंह चारनाथ नगरपालिकाको वीरेन्द्रबजार, गोदार, पोर्ताहा, धनुषाधाम नगरपालिकाको धारापानी तथा मूलाबारी बजार निर्बाध रुपमा खुलेका छन् । यहाँका सामुदायिक विद्यालय बन्द रहेपनि निजी बोर्डिङ स्कूल सञ्चालन भइरहेका छन् ।   मोर्चाका चारै घटक दलका नेताले दिनहुँजसो ढल्केवर गएर धर्ना बसेको दाबी गर्दै आएका छन् । तर ढल्केवरको यथार्थ भने मोर्चाका नेताको भनाइबाट पृथक छ । गएराति पनि सयौँको सङ्ख्यामा मालवाहक र यात्रुवाहक सवारीसाधन पूर्वबाट पश्चिमतर्पm प्रस्थान गरेका छन् । लगातारको बन्दले पूर्वपश्चिम महेन्द्र राजमार्गमा अढाइ महिनाभन्दा बढी समयदेखि सुरक्षाकर्मीको स्कर्टिङमा राति यातायात सञ्चालन हुँदै आएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा स्वायत्त मधेस प्रदेशको मागलाई लिएर पछिल्लो ८३ दिनदेखि आन्दोलित छ, जसका कारण पूर्वपश्चिम राजमार्गको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरीलगायत मध्यतराईका जिल्लामा राति मात्र यातायात सञ्चालन हुने गरेको छ ।   काठमाडौँबाट चल्ने यातायातका साधन सुरक्षाकर्मीको स्कर्टिङमा गन्तव्यसम्म पु¥याइने गरिएको छ । आन्दोलनकारीले दिनमा यात्रुवाहक तथा मालवाहक सवारीसाधन चल्न नदिएपछि सुरक्षाकर्मीले रातिको समयमा ती सवारीसाधनलाई सुरक्षाको घेरामा राखी गन्तव्यसम्म पु¥याउने गरेको जिल्ला प्रशासन कार्यालय, धनुषाले जानकारी दिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले स्कर्टिङमार्फत हरेक रात करिब २०० यात्रुवाहक बस, २०० मालवाहक ट्रक, १५० कन्टेनर र ५० ओटा साना गाडीलाई विराटनगर, धरान, इटहरी, झापासम्म पु¥याउने गरेको धनुषाका सशस्त्र प्रहरीका एसपी रवीन्द्र ठाकुरले बताए ।   पूर्वबाट समेत पश्चिमतर्फ सोही सङ्ख्यामा सवारीसाधन गन्तव्यसम्म पु¥याउने गरिएको उहाँको भनाइ छ । दिनभरि काठमाडौँ लगायतका विभिन्न ठाउँबाट आएका गाडीहरु धनुषाको लालगढमा लाइनमा लगाएर राति ११ बजेपछि स्कर्टिङ गर्ने गरिन्छ । मोर्चाको अनिश्चितकालीन बन्दका कारण काठमाडौँबाट चल्ने यात्रुवाहक बस तथा मालवाहक सवारीसाधन दिउँसो धनुषाको लालगढमा जम्मा भएर राति १२ बजेदेखि सुरक्षाकर्मीको टोलीको स्कर्टिङमार्फत गन्तव्यसम्म पुग्ने गरेका छन् । आन्दोलनलाई लिएर मध्य तराईका जिल्लामा यातायात सञ्चालनका लागि छुट्टै सुरक्षा टोली खटाइएको स्रोतले बताएको छ । स्रोतका अनुसार महोत्तरीको प्रहरी टोलीले धनुषाको टोलीलाई जिम्मा लगाउने गरेको छ । त्यसपछि उक्त टोलीले क्रमशः सिरहा, सप्तरी, सुनसरी, मोरङ तथा झापाका टोलीलाई जिम्मा लगाउँदै पठाउने गरेको छ । यद्यपि आन्दोलनकारीले कतिपय स्थानमा राति पनि आक्रमण गर्ने गरेका छन् । प्रहरीको सुरक्षाबीच पनि आन्दोलनकारीले ती यातायातका साधनमाथि ढुङ्गामुढा गर्दै आएका छन् । त्यसैले स्कर्टिङमा पनि आफूहरूले सुरक्षित महसुस गर्न नसकेको चालकको भनाइ छ । कतिपय रात्रिसेवाका बसमा आन्दोलनकारीको ढुङ्गा प्रहारबाट अगाडिको सिसा बचाउनका लागि मजबुत कडा तारजालीसमेत लगाएका छन् भने ड्राइभरले हेलमेट लगाएर गाडी चलाउने गरेका छन् । तर पनि कहिलेकाहीँ आन्दोलनकारीको ढुङ्गा लागेर बसमा भएका यात्रु घाइते हुने गरेको देखिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending