Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

सरकारको अर्जुनदृष्टि तराई–मधेसको समस्या समाधान : मन्त्री राई

\"Sherdhan-Rai-UML\"काठमाडौँ । सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राईले सरकारको अर्जुनदृष्टि संविधानसँग जोडिएर तराई–मधेसमा देखिएको समस्या समाधानमा हुने बताए । रिपोर्टर्स क्लब नेपालले मन्त्री राईलाई बधाई र शुभकामना दिन आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले तराई–मधेसमा देखिएका ती असन्तुष्टिलाई वार्ता र संवादमार्फत सम्बोधन गरी निष्कर्षमा पु¥याइने बताए । अघोषित नाकाबन्दीका कारण जनताले भोग्नुपरेको सास्तीलाई पनि समाधान गर्न सरकार ठोस नीति, कार्यक्रम र योजनाका साथ अघि बढ्ने बताउँदै मन्त्री राईले भने, “वर्तमान सरकारसँग नयाँ संविधानलाई अक्षरशः कार्यान्वयन गर्ने, संविधानसँग जोडिएर देखिएका असन्तुष्टि र जायज मागलाई सम्बोधन गर्ने तथा भूकम्पपछिको पुनःनिर्माण र नवनिर्माणलाई योजनाबद्ध रुपमा अघि बढाउने ऐतिहासिक कार्यभार रहेको छ ।” उनले मुलुकको राष्ट्रिय एकता, सामाजिक सद्भाव र भौगोलिक अखण्डता तथा सार्वभौमिकता अक्षुण्ण राखेर मुलुकको विकास, उन्नति र प्रगतिका निम्ति जनताको विकास र समृद्धिको चाहनालाई साकार रुप दिनका लागि सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरे । संविधान जारी भएलगत्तै छिटफुट रुपमा केही नकारात्मक भावना फैलाइएको, भावनात्मक एकतालाई खल्बल्याउने, साम्प्रदायिक विद्वेष फैलाउने, सामाजिक सद्भावलाई भड्काउने र मुलुकलाई कमजोर बनाउने खालका चिन्तन र अभिव्यक्तिलाई सञ्चारमाध्यमले प्रोत्साहन गर्न नहुनेमा उहाँको जोड थियो । जाति, धर्म र भौगोलिक विविधता नै मुलुकको पहिचान, सुन्दरता, गौरव र शान हो भन्दै व्यवस्थापिका–संसद्को सुशासन तथा अनुगमन समितिका सभापतिसमेत रहनुभएका मन्त्री राईले त्यसलाई जोगाउने र खँदिलो बनाएर मुलुकलाई अघि बढाउन सञ्चारमाध्यमले पनि त्यसलाई बोध गरी सोही अनुसारको भूमिका खेल्ने अपेक्षा गरे । उनले सिङ्गो प्रेसजगतलाई प्रोत्साहन गर्नका निम्ति पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा वकालत गर्दै आएको र संविधानमा नै किटानीका साथ लेखेर सञ्चारजगतलाई व्यवस्थित, पारदर्शी र जनताप्रति जवाफदेही र उत्तरदायी बनाउन आग्रह गरिने बताए। पटकपटकका आन्दोलन र उपलब्धिलाई नयाँ संविधानले संस्थागत गरेको बताउँदै उनले भने, “संस्थागत गरिएका उपलब्धिलाई व्यवहारमा कार्यान्वयन गर्दै त्यसको प्रतिफल हामी जनतासमक्ष पस्कन चाहन्छौँ । मुलुकलाई धनी, सुखी र सम्पन्न बनाउने जनताको एक मात्र चाहनालाई साकार रुप दिने आजको हाम्रो यो सरकारको मुख्य कार्यभार हो । हामी एक युगको अन्त्य गरी नयाँ युगमा प्रवेश गरेका छौँ ।” संविधान जारी भएपछि पनि प्रमुख दलहरुबीच एकता र सहकार्य निरन्तर रहोस् भन्ने जनताको चाहनाबमोजिम प्रमुख दल सहमति र सहकार्यका साथ मुलुकका समस्या समाधान गर्न एक ठाउँमा उभिने पनि मन्त्री राईको विश्वास थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy