Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

लोग्नेलाई त्यो अवस्थामा देख्दाको लाज

काठमाडाैं, कार्यालयबाट बिदा लिई हाकिम भट्टी धउने, १४ केटीसँग घेरिएर मस्ती मार्ने, ५ दिन हिरासतमा बसेर आफू सुटुक्क छुट्ने । जनआस्था साप्ताहिकमा खबर छ–यही केसमा होटल मालिक ५० हजार धरौटी बुझाउन नसक्दा जेल जानुपर्ने, रेष्टुरेन्ट पनि बन्द गरिने, यसैलाई हो मत्स्य न्याय भनेको । ग्रान्ड बैंकको मिटिङमा जान्छु भन्दै पत्नीसँग बिदा भइवरी अपरान्ह ४ बजे चावहिलस्थित घरबाट छुटेका पतिले राती ८ बजे मापसेमा परें, मेरो उद्दार गर भन्दै फोन गर्छन् । रंगेहात होटलबाट तरुनीसित पक्रेर ल्याउँदा नाम, थर र वतन ढाट्छन् र र, प्रहरीले फोटो खिच्न खोज्दा हातले अनुहार छोप्छन् । मगज बिग्रेर त्यस्तो गरे भनौं भने त्यत्रो बैंकको सिइओ । न भाङ धतुरो खाएको, न नाबालक तैपनि चिच्चाउँछन्, कराउँछन्, ‘मलाई प्रहरीले फसायो’ भन्दै । बानेश्वर प्रहरीले एउटा सुराकी पाएर कोटेश्वर नरेफाँट क्षेत्रमा जाँदा यौन अखडा फेला पारेको थियो । सुराकी लगत्तै प्रहरी ११ फागुनमा प्रहरी कोटेश्वरको थकाली भान्साघर पुग्यो । तल दुईवटा मात्रै टेबुल, माथि पुग्दा घोर आश्चर्य । १४ जोडी राशलीलामा मस्त । १४ देखि ५० वर्षका युवायुवति । कण्डमसहित १४ जोडीलाई बानेश्वर ल्याइयो । प्रहरीले फोटो खिच्दा उनैले हो अनुहार छोपेका । प्रहरीले झपार्यो । ‘यस्तो गर्व गर्न लायक काम गरेपछि शिर ठाडो पारेर हँसिलो मुहार पो लगाउनुपर्छ नी ! किन लजाएको ?’ मुद्दा दर्ता हुँदा नाम, थर र वतनमा अञ्जन क्षेत्री डिल्लीबजार लेखियो । यही अनुसार मुद्दा अगाडि बढ्यो । मिटिङमा जान्छु भनेका पति हराएपछि घरमा पत्नीलाई चिन्ता बढ्नै नै भयो । १२ गते बिहानै गौशाला प्रहरी वृत्तमा भावना उपाध्यायले कुमारी बैंकका सिइओ उदयकृष्ण उपाध्याय बानेश्वरबाट हराएको निवेदन दिइन् । ठूलो बैंकको सिइओ हराएपछि प्रहरीले सक्रियता बढाउने नै भयो । सोही अनुसार गौशाला प्रहरीले बानेश्वरलाई टेलिफोन मार्फत हुलिया पठाउन आग्रह गर्यो । अपरान्ह १ बजे हुलियासहित निवेदन दर्ता भयो । प्रहरीले खोजतलास भनेर तोक लगायो । भावना गेट अगाडि मात्र के पुगेकी थिइन, मुद्दाको म्याद थप्न बाहिर निकालिएका १४ जोडीमध्ये आफ्नो पतिलाई माझमा देखेपछि चिच्चाउँदै भनिन्, ‘सर, मेरो श्रीमान त यही पो हुनुहुँदोरहेछ, उहाँ नै त हो नी मेरो श्रीमान्’ त्यहाँ श्रीमान् श्रीमतिबीच हेराहेर भयो बोलचाल भएन । प्रहरीले त्यसपछि मात्र थाहा पायो अञ्जन क्षेत्री नाम बताउने व्यक्ति नै कुमारी बैंकका सिइओ उदयकुष्ण उपाध्याय रहेछन् भनेर । मासिक ५ लाख तलबका दरले बार्षिक ६० लाख, दशैं पेश्की ५ लाख, बैंकको नाफा अनुसार बोनस ५ देखि १० लाखसम्म गरी मोटामोटी वार्षिक ७५ लाख । दुईवटा गाडी र फेरीफेरी तलब सुविधा लिंदै आएका उमेरले ४५ वर्ष कटेका सिइओ एउटी साधारण रेस्टुरेन्टकी २२ वर्षे तरुनीसँग भेटिएको केशले प्रहरी आफैं दंग पर्यो । उनै उपाध्याय ग्रिन्डलेज, स्ट्याण्डर्ड चार्टर्ड, यति फाइनान्सको सिइआये हुँदै कुमारी बैंक छिरेका उपाध्याय राजेश पन्त हटेपछि निमित्त हुँदै सिइओ बनेका हुन् । सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाइएको यो केशमा सुरुमा सरकारी वकील कृष्णजंग शाहले प्रमुख जिल्ला अधिकारी एक नारायण अर्यालसँग पाँच दिन हिरासतमा राख्न अनुमति मागेका थिए । पछि इज्जत जाला भन्ने डरले जत्ति पनि खर्च गर्न तयार उपाध्यायको मुद्दामा तिनै वकीलले मुद्दा चलाउन नपर्ने भन्दै १७ गते छैटौं दिन चुपचापमा बिहानै छाडिदिए । यही मुद्दामा रेष्टुरेन्टवालाको रेष्टुरेन्ट बन्द छ, रेष्टुरेन्ट मालिक जेलमै सडिरहेका छन् । यसैले भनिएको रहेछ, ‘सानालाई ऐन, ठूलालाई चैन ’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: