Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

लोग्नेलाई त्यो अवस्थामा देख्दाको लाज

काठमाडाैं, कार्यालयबाट बिदा लिई हाकिम भट्टी धउने, १४ केटीसँग घेरिएर मस्ती मार्ने, ५ दिन हिरासतमा बसेर आफू सुटुक्क छुट्ने । जनआस्था साप्ताहिकमा खबर छ–यही केसमा होटल मालिक ५० हजार धरौटी बुझाउन नसक्दा जेल जानुपर्ने, रेष्टुरेन्ट पनि बन्द गरिने, यसैलाई हो मत्स्य न्याय भनेको । ग्रान्ड बैंकको मिटिङमा जान्छु भन्दै पत्नीसँग बिदा भइवरी अपरान्ह ४ बजे चावहिलस्थित घरबाट छुटेका पतिले राती ८ बजे मापसेमा परें, मेरो उद्दार गर भन्दै फोन गर्छन् । रंगेहात होटलबाट तरुनीसित पक्रेर ल्याउँदा नाम, थर र वतन ढाट्छन् र र, प्रहरीले फोटो खिच्न खोज्दा हातले अनुहार छोप्छन् । मगज बिग्रेर त्यस्तो गरे भनौं भने त्यत्रो बैंकको सिइओ । न भाङ धतुरो खाएको, न नाबालक तैपनि चिच्चाउँछन्, कराउँछन्, ‘मलाई प्रहरीले फसायो’ भन्दै । बानेश्वर प्रहरीले एउटा सुराकी पाएर कोटेश्वर नरेफाँट क्षेत्रमा जाँदा यौन अखडा फेला पारेको थियो । सुराकी लगत्तै प्रहरी ११ फागुनमा प्रहरी कोटेश्वरको थकाली भान्साघर पुग्यो । तल दुईवटा मात्रै टेबुल, माथि पुग्दा घोर आश्चर्य । १४ जोडी राशलीलामा मस्त । १४ देखि ५० वर्षका युवायुवति । कण्डमसहित १४ जोडीलाई बानेश्वर ल्याइयो । प्रहरीले फोटो खिच्दा उनैले हो अनुहार छोपेका । प्रहरीले झपार्यो । ‘यस्तो गर्व गर्न लायक काम गरेपछि शिर ठाडो पारेर हँसिलो मुहार पो लगाउनुपर्छ नी ! किन लजाएको ?’ मुद्दा दर्ता हुँदा नाम, थर र वतनमा अञ्जन क्षेत्री डिल्लीबजार लेखियो । यही अनुसार मुद्दा अगाडि बढ्यो । मिटिङमा जान्छु भनेका पति हराएपछि घरमा पत्नीलाई चिन्ता बढ्नै नै भयो । १२ गते बिहानै गौशाला प्रहरी वृत्तमा भावना उपाध्यायले कुमारी बैंकका सिइओ उदयकृष्ण उपाध्याय बानेश्वरबाट हराएको निवेदन दिइन् । ठूलो बैंकको सिइओ हराएपछि प्रहरीले सक्रियता बढाउने नै भयो । सोही अनुसार गौशाला प्रहरीले बानेश्वरलाई टेलिफोन मार्फत हुलिया पठाउन आग्रह गर्यो । अपरान्ह १ बजे हुलियासहित निवेदन दर्ता भयो । प्रहरीले खोजतलास भनेर तोक लगायो । भावना गेट अगाडि मात्र के पुगेकी थिइन, मुद्दाको म्याद थप्न बाहिर निकालिएका १४ जोडीमध्ये आफ्नो पतिलाई माझमा देखेपछि चिच्चाउँदै भनिन्, ‘सर, मेरो श्रीमान त यही पो हुनुहुँदोरहेछ, उहाँ नै त हो नी मेरो श्रीमान्’ त्यहाँ श्रीमान् श्रीमतिबीच हेराहेर भयो बोलचाल भएन । प्रहरीले त्यसपछि मात्र थाहा पायो अञ्जन क्षेत्री नाम बताउने व्यक्ति नै कुमारी बैंकका सिइओ उदयकुष्ण उपाध्याय रहेछन् भनेर । मासिक ५ लाख तलबका दरले बार्षिक ६० लाख, दशैं पेश्की ५ लाख, बैंकको नाफा अनुसार बोनस ५ देखि १० लाखसम्म गरी मोटामोटी वार्षिक ७५ लाख । दुईवटा गाडी र फेरीफेरी तलब सुविधा लिंदै आएका उमेरले ४५ वर्ष कटेका सिइओ एउटी साधारण रेस्टुरेन्टकी २२ वर्षे तरुनीसँग भेटिएको केशले प्रहरी आफैं दंग पर्यो । उनै उपाध्याय ग्रिन्डलेज, स्ट्याण्डर्ड चार्टर्ड, यति फाइनान्सको सिइआये हुँदै कुमारी बैंक छिरेका उपाध्याय राजेश पन्त हटेपछि निमित्त हुँदै सिइओ बनेका हुन् । सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाइएको यो केशमा सुरुमा सरकारी वकील कृष्णजंग शाहले प्रमुख जिल्ला अधिकारी एक नारायण अर्यालसँग पाँच दिन हिरासतमा राख्न अनुमति मागेका थिए । पछि इज्जत जाला भन्ने डरले जत्ति पनि खर्च गर्न तयार उपाध्यायको मुद्दामा तिनै वकीलले मुद्दा चलाउन नपर्ने भन्दै १७ गते छैटौं दिन चुपचापमा बिहानै छाडिदिए । यही मुद्दामा रेष्टुरेन्टवालाको रेष्टुरेन्ट बन्द छ, रेष्टुरेन्ट मालिक जेलमै सडिरहेका छन् । यसैले भनिएको रहेछ, ‘सानालाई ऐन, ठूलालाई चैन ’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending