Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

जिल्ला नेताहरुलाई एक्कासी प्रचण्डको फोन, कत्तिका घरमै पुगे प्रचण्ड

[caption id=\"attachment_44792\" align=\"alignleft\" width=\"960\"]\"prachanda_farm\" भक्तपुरको ताथलीस्थित राजकूमार श्र्रेष्ठको तरकारी फार्ममा पुगेका प्रचण्ड[/caption] काठमाडौं । एमाओवादीका अध्यक्ष पूस्पकमल दाहाल प्रचण्डले जिल्लास्तरिय नेताहरुलाई भटाभट फोन गर्न थालेका छन् ।   केही समय पार्टी परित्याग गरेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई पक्षधर केन्द्रिय नेताहरुले नयाँ शक्ति निर्माणमा लाग्ने औपचारिक घोषणा गरेसँगै प्रचण्डले जिल्ला स्तरिय नेताहरुलाई फोन गर्न थालेका हुन् ।   गए शनिबार बाबुराम निवास सानेपामा भेला भएसँगै पार्टीका नेता तथा कार्यकर्तालाई नयाँ शक्तिमा जान रोक्ने काममा लागेका प्रचण्डले हप्ताभर जिल्ला तथा भट्टराई निकटका नेताहरुसँगको छलफलमा विताएका थिए ।   लाजिम्पाट स्रोतका अनुसार जिल्लाका अध्यक्ष तथा अन्य सिनियर नेताहरुलाई प्रचण्ड आफैले फोन गरेर जिल्लाका अवस्थाका बारेमा बुझ्नुको साथै अब एमाओवादी नै नयाँ शक्ति बन्ने हुनाले नयाँ शक्तिको भ्रममा नपर्न आग्रह गरेका थिए ।   बाबुराम निकटका मानिएका सुदुरपश्चिमका नेता खगराज भट्ट, थारुवानका देवराज रेग्मी, दोलखाकी नेतृ देवी खड्का लगायतका नेताहरु प्रचण्डले भेटेर छलफल गरेपश्चात भट्टराईको पक्ष छाडेका थिए ।   अझ फोन र भेटको अलावा प्रचण्ड राजधानि नजिकै रहेका भट्टराई पक्षधर नेताहरुको घरघरमै जान समेत थालेका छन् । विहिबारमात्रै सिन्धुपाल्चोकका जिल्ला नेता एंव पूर्व सभासद राजकुमार श्र्रेष्ठले संचालन गरेका भक्तपुरको ताथलीस्थित तरकारी फर्ममै पुगेका थिए । श्र्रेष्ठ यसअघि भट्टराई पक्षधर नेता हुन् भने दोलखाकी नेतृ देवी खड्काका श्रीमान समेत हुन् ।   जिल्लाका नेताहरुलाई एक्कासी प्रचण्डको फोन जाँदा जिल्ला उनीहरुलाई विश्वास गर्नसमेत गाह्रो परेको थियो । एमाले÷कांग्रेसमा पार्टी अध्यक्ष तथा सभापतिको प्रत्यक्ष फोन सम्पर्क जिल्लाका नेताहरुसँग हुने गरेको भएपनि एमाओवादीमा सम्बन्धित पार्टी कमिटिको एक तह उपल्लो कमिटिका नेताहरुसँग मात्रै प्रत्यक्ष सम्पर्क गरिने चलन थियो ।   प्रचण्ड जसरी पनि एमाओवादीबाट भट्टराई पक्षधर नेता कार्यकर्तालाई रोक्ने अभियानमा छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending