Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

एमाओवादीबाट ४ जना निष्काशित

\"82ffecdc140c2e5a5dc6135a28970204\"काठमाडौं । एकीकृत एमाओवादीको काठमाडौं जिल्ला समितिका नामबाट सामूहिक राजीनामा पत्र पठाउने चार जनालाई एमाओवादी काठमाडौं जिल्ला समितिले कार्वाही गरेको छ ।   एमाओवादी काठमाडौं जिल्ला अध्यक्ष हिमाल शर्मा र सचिव रेणु दाहालले विज्ञप्ती जारी गर्दै विगतमा समानान्तर समिति मार्फत अनुशासन विपरित कार्य गर्ने र नयां शक्तिको अभियानमा लागेको भन्दै वक्तव्यबाजी गरेको आरोपमा महेन्द्र श्रेष्ठलगायत ४ जनालाई निष्काशित गरिएको जनाइएको छ ।   वक्तव्यमा भनिएको छ ‘जिल्ला समितिको सदस्यहरु मध्ये महेन्द्र श्रेष्ठ, ईश्वर रिजाल, चिजा गर्तौला, सविता भण्डारी र लक्ष्मण कार्कीले यस अघि समानान्तरको नामवाट पार्टी विरोधी गतिविधी गर्दै आएको र कथित नयाँ शक्तिको अभियानमा लागेको भन्दै वक्तव्य वाजी गरेकोले उहाँहरु ४ जनालाई पार्टीवाट निष्काशन गरिएको छ ।’   बिहिबार एमाओवादी काठमाडौं जिल्ला समितिको लेटरप्याडमा अध्यक्षको नाम उल्लेख गर्दै महेन्द्र श्रेष्ठले एमाओवादी छोडेको वक्तव्य जारी गरेका थिए । अध्यक्ष हिमाल शर्माले भने महेन्द्र श्रेष्ठद्वारा जारी गरिएको प्रेस विज्ञप्तीमा आएका नामहरु मध्ये अधिकांस कार्यकर्ताले आफुहरु मुल पार्टी छोडेर नगएको र एनेकपा (माओवादी)मै रहेको बताएको शर्माले जनाए ।   महेन्द्र श्रेष्ठहरुले यसअघि नै समानान्तर समिति चलाउन खोजेको बताउँदै शर्माले पार्टीको लेटरप्याड प्रयोग गरेर राजिनामा दिनु कुनै नैतिकताले नदिने समेत बताए ।   “जुन पार्टीको विचार मन नपरेको दावी गरिएको छ, त्यही पार्टीको लेटरप्याडमार्फत अनधिकृत अध्यक्ष बनेर विज्ञप्ती जारी गर्नुले उनीहरुको राजनीतिक स्तर निर्धारण गर्छ । माओवाद र क्रान्तिमा प्रश्न उठाउने र निष्ठा त्याग्नेहरुले अझ जनयुद्ध र शहीदका सपनाको कुरा गर्नु झनै बेइमानी हो ।” शर्माले भने । शर्माले प्रेस वक्तव्यमा मनगढन्तेरुपमा बिभिन्न व्यक्तिहरुको नाम उल्लेख गरिएको बताए ।   विज्ञप्तीमा यसप्रकारका भ्रमपुर्ण गतिविधीवाट पार्टी पंक्ति र आम कार्यकर्तालाई विचलित नभै पार्टी विभाजनको गतिविधीमा संलग्न नहुन र विभिन्न अफवाहवाट भ्रमित नहुन अपिल गरिएको छ । यसका साथै एमाओवादीलाई पुर्ननिर्माण र रुपान्तरण गरी वर्तमान राष्ट्रिय र अन्तराष्ट्रिय चुनौतिहरुको सामना गर्दै पार्टी र क्रान्ति प्रति दृढ रहन समेत जिल्ला समितिले अनुरोध गरेको छ । \"12193748_1205483712801379_4888244451704927052_n\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy