Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

‘पन्ध्र दिनमा पचास लाख सिलिण्डर ग्यास ल्याउन सक्छौँ’ – व्यवसायी

\"LP_gas\"चितवन । भारतीय नाकाबन्दीका कारण इन्धन र ग्यासको चरम अभाव भइरहेका बेला एनेकपा माओवादी निकट व्यापारीको केन्द्रीय सङ्गठन नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनले सरकारले सहयोग गरे चीनबाट ग्यास र इन्धन भित्र्याउन सकिने जनाएको छ । सङ्गठनको सौराहामा सम्पन्न केन्द्रीय भेलाको निर्णय यहाँ सार्वजनिक गर्दै सरकारले सहयोग गरे १५ दिनमा ५० लाख सिलिण्डर चीनबाट ल्याउन सकिने उनीहरुले दाबी गरेका हुन् । सङ्गठनका अध्यक्ष कृष्ण आचार्यले सरकारले निजी क्षेत्रलाई चीनबाट ग्यास ल्याउने वातावरण तयार पारे व्यवसायी ग्यास ल्याउन तयार रहेको बताए । ‘सडक पूर्वाधार, सुरक्षा र दुई देशबीचको व्यापार सम्झौता भएमा ग्यास आपूर्ति सहज हुनेछ । सरकार अझै पनि चीनबाट ग्यास ल्याउने विषयमा तदारुकताका साथ लागेको छैन ’ उनले भने । उनले त्यहाँका व्यवसायीसँग समन्वय भइरहेको र उनीहरु सकारात्मक रहेकाले अहिलेको अभावलाई थेग्न सरकारी सहयोग आवश्यक रहेको बताए  । ‘मूल्य केही महङ्गो पर्न सक्छ सहजीकरण हुन्छ ’ आचार्यको भनाइ थियो । बजारमा औषधिको समेत अभाव रहेको प्रसङ्गमा आचार्यले नेपालमा चार सय प्रकारका औषधि मात्रै चाहिने बताउँदै तर बजारमा चार हजार प्रकारका औषधि रहेकोले समस्या भएको बताए । पत्रकार सम्मेलनमा सङ्घका उपाध्यक्ष खेम भण्डारीले नेपाललाई आगामी छ महिनाका लागि खाद्यान्नको कुनै समस्या नरहेको जानकारी दिए । केही व्यापारीले कालोबजारी गरेको र सामान लुकाएको बताउँदै भण्डारीले त्यसमा सबै व्यापारीलाई नमुछ्न पनि अनुरोध गरे । उनले नेपालमा भर्खरै उत्पादन हुँदै गरेको धान भारतीयले किनेर लगेर यहाँ अभाव सिर्जना गर्न सक्ने भन्दै सचेत रहन सबैसँग आग्रह गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy