Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

संविधान बनाएबापत औषधि नपाएर मर्नुपर्ने छिमेकी निति बुझ्न सकिएन – अध्यक्ष दाहाल

\"Prachanda_shirsha\"काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेपाली जनताका प्रतिनिधिले नेपालको पक्षमा संविधान बनाएबापत सजाय भोग्नुपर्ने छिमेकीको नीति बुझ्न नसकिएको बताएका छन् । निर्मल लामा स्मृति प्रतिष्ठानको दोस्रो साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले नेपालको पक्षमा स्वतन्त्ररुपमा निर्णय गरेबापत तथा नेपालीको हित र चासोलाई सम्बोधन गरेबापत नाकाबन्दी भोग्नुपर्ने चलन कस्तो हो ? उनले प्रश्न गरे । अध्यक्ष दाहालको थप प्रश्न थियो–‘नेपालीले संविधान बनाएबापत, नेपालको आफ्नो निर्णय आफैँ गरेबापत भोकै बस्नुपर्ने, पैदल हिँड्नुपर्ने, चुल्हो बाल्न रोक्नुपर्ने, औषधि उपचार नपाएर मर्नुपर्ने यो कस्तो छिमेकीको व्यवहार हो ? अमानवीय नाकाबन्दी लाग्नुका कारण के हो ?  के लोकतन्त्रमा यस्तै हुन्छ ? ’ नेपालको पक्षमा बोल्दा र नेपाली जनताको पक्षमा निर्णय गर्दा कुनै पनि मुलुकको विरोध गरेको बुझ्न नहुने उल्लेख गर्दै उनले आफूहरु भारतसँग समानताका आधारमा सम्बन्ध स्थापित होस् भन्नेमा रहेको तर सधैँ पेल्नखोजे सहन नसक्ने स्पष्ट पारे  । नेपालको सार्वभौमसत्ता, अखण्डता र आत्मसम्मानको कुरा गर्दा कुनै पनि मुलुकको विरोध गरेको भनेर नबुझ्न आग्रह गर्दै अध्यक्ष दाहालले भने –‘यो कसैको विरोध होइन, हामी सबै छिमेकीसँग समान सम्बन्ध समानताका आधारमा कायम गर्न चहन्छौ । ’ तराई मधेसमा देखिएको आन्दोलन र असन्तुष्टिको सम्बोधन गर्न नेपालका राजनीतिक दल, सरकार र जनता आफैँसक्षम रहेको उल्लेख गर्दै उनले बाहिरका आएर यसो गर उसो गर भनेर अर्ती उपदेश दिनुको कुनै सन्दर्भ नरहेको बताए । उनले मधेसवादी दल, थारु तथा आदिवासी जनजाति समुदायले व्यक्त गरेको असन्तुष्टि हामी आफैँ समाधान गर्न तयार छौ, त्यसको प्रयत्नसमेत भइरहेको जानकारी गराए । वार्ता र सम्बादबाटै नेपालको आन्तरिक समस्याको समाधान हुने उल्लेख गर्दै अध्यक्ष दाहालले मुलुकमाथि परेको सङ्कट समाधान गरेर आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न केही समय सङ्कट परे पनि नेपालले पार पाउने विश्वास व्यक्त गरे । फरक एक प्रसङ्गमा अध्यक्ष दाहालले भारतले संयुक्त राष्ट्र सङ्घको मानवअधिकार समितिको बैठकमा द्वन्द्वकालीन घटनाको प्रसङ्ग उठाएर नेपालको मौलिक शान्ति प्रक्रियामा अनावश्यक चासो व्यक्त गरेको बताए । नेकपा९एमाले०का नेता भरतमोहन अधिकारीले भारतले नेपालमा घोषितरुपमा नै नाकाबन्दी गरेर अन्तर्राष्ट्रिय मूल्य मान्यता र कानुनको खिल्ली उडाएको बताए । नेपाली राजनीतिक दलले संविधान बनाएबापत नाकाबन्दीमा पर्नुपर्ने, दुःख पीडा खेप्नुपर्ने अवस्था पूर्णत गलत भएको भन्दै उनले विश्व व्यापार सङ्गठनको आधारभूत पक्षलाई समेत भारतले उल्लङ्घन गरेको उनको भनाइ थियो । सरकारले उत्तरको नाका खोल्न र त्यसलाई व्यवस्थित गर्न चुक्न नहुने उल्लेख गर्दै नेता अधिकारीले राष्ट्रको स्वतन्त्रता र सार्वभौमसत्ताको रक्षाका लागि कुनै पनि सम्झौता गर्न नहुने स्पष्ट पारे । एकीकृत नेकपा९माओवादी०का नेता अमिक शेरचनले गरिखाने वर्गको पक्षमा नयाँ संविधानले केही अधिकार संस्थागत गरेको भए पनि पूर्ण नभएको उल्लेख गरे । उनले भारतले नेपालमाथि नाकाबन्दी लगाएर मानवीय सङ्कट खडा गरेकाले देशभक्त नेपाली एक हुनुपर्ने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending