Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

जङ्गली जनावरको आतङ्कपछि बसाइँ सर्न बाध्य

\"monkey\"इलाम । जिल्लाको उत्तरी क्षेत्रमा जङ्गली जनावरले आतङ्क मच्चाउन थालेपछि स्थानीयवासीले धमाधम चिराइतोखेती लगाउँदै त्यहाँबाट बसाइँ सर्न थालेका छन् । जमुना–८ श्याम तिवारीले घर बनाएर वर्ष दिन बस्न नपाउ“दै बँदेलको आतङ्कले घर नै छाड्नुप¥यो । छिमेकी शिवकुमार तामाङले पनि बँदेल र बाँदर आतङ्कले घर भत्काएर अन्यत्रै बसाइँ सरे । सामुदायिक वन छेउमा रहेका घर आसपास लगाएको बालीमा हुलका हुल आउने बँदेल र बाँदरले बाली नष्ट बनाएपछि बसाइँ सर्नुको विकल्प नरहेको तिवारी बताउँछन् । जङ्गली जनावर बँदेल र बाँदरको आतङ्कले हैरान बनेका जमुनावासीले अहिले धमाधम चिराइतोखेती गर्दै आएका छन् । श्याम तिवारीले ५० रोपनी, शिवकुमार तामाङले ३० रोपनी, चिन्तामणि तिवारीले १० रोपनी जग्गामा चिराइतोखेती लगाएका ाछन् । बँदेल र बाँदरले नखाने चिराइतोखेती लगाउन थालेका छन् । जङ्गली जनावरको आतङ्कपछि उनीहरु जमुना–८ मा रहेको बाक्लो बस्तीमा घर बनाएर बस्न थालेका छन् । आलु, मकैमात्र खेती हुने गरेको लेकाली क्षेत्रको आफ्नो जग्गाको कमाइ बँदेल र बाँदरकै लागिमात्र हुन थालेपछि सबैको सल्लाहले बाक्लो बस्तीमा १०÷१० रोपनी जग्गा किनेर घर बनाएर बस्न थालेको श्याम तिवारी बताउँछन् । आफ्नो वर्षौंअघिदेखिको थातथलो जङ्गली बँदेल र बाँदरकै पिरले छोड्नुपरेको बताउँदै शिवकुमार तामाङ भन्छन् –‘पहिलेजस्तो जङ्गली जनावरको पिर छैन, अहिले ढुक्क छ ।’ बँदेल र बाँदर धपाउन राखेको भरुवा बन्दुक एक वर्षअघि नै प्रशासनले लगिदिएपछि जङ्गली जनावर धपाउने अन्य उपाय नै रहेन, तामाङले भने । गाँउमा ‘वन कुकुर’ मासिनु र स्थानीय प्रशासनले हतियार सङ्कलन गरेपछि बँदेल,बादर लगायत जङ्गली जनावरको बिगबिगी बढेको छ । जमुनामात्र होइन छिमेकी माइमझुवा, जोगमाई, नयाँ बजार, प्याङलगायत लेकाली क्षेत्रका किसानले बारीमा लगाएको आलु, मकै, कोपीखेती जोगाउन रातभर समूह बनाएर बँदेल र बाँदर  निगरानी गर्नुपर्छ । यस क्षेत्रका किसानले खेती जोगाउन रातभर माइक बजाउने, टिन ठटाउनेलगायतका उपाय अपनाए पनि खेती जोगाउन हम्मे–हम्मे परेको स्थानीयवासी बताउँछन् । आसपासका सामुदायिक वनबाट रातको समयमा हुल बाँधेर आउने जङ्गली जनावरबाट खेती जोगाउन मुस्किल परेपछि लेकाली क्षेत्रका किसानले परम्परागत खेती मासेर चिराइतोखेती लगाउन थालेका हुन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending