काठमाडौं । मन्त्रीका लागि सवारी साधन, सुरक्षाकर्मीको व्यवस्था गरिएको हुन्छ । मन्त्री भनेपछि सुरक्षामा हिँड्नुपर्ने भन्ने प्रचलन पनि नेपालमा स्थापित छ । तर, मंगलबार सिंहदरबारमा रमाइलो र नेपालीले अवलम्बन गर्नैपर्ने दृश्य पनि देख्न पाइयो ।
सन्दर्भ हो विज्ञान, प्रविधि तथा वातारण मन्त्रालयले ‘पेट्रोलियम पदार्थ प्रयोग गर्ने सवारी साधन हटाऔँ, साइकल चढौँ’भन्ने अभियान लागू गर्ने उद्देश्यले आयोजना गरिएको समारोहको ।
प्रमुख अतिथि हुनुहुन्थ्यो, विज्ञान प्रविधि तथा वातावरण मन्त्री विश्वेन्द्र पासवान । सदा जस्तै सवारी साधनमा झन्डा हल्लाएर हिँड्ने मन्त्री पासवान मंगलबार सिंहदरबारबाट साइकल चढेर आफ्नो निवास गौशाला पिङ्लास्थान लागे । उनी मात्रै होइन, उनका सुरक्षाकर्मीसमेत साइकल नै चढेर सुरक्षामा खटिए ।
विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयका सचिव डा कृष्णचन्द्र पौडेल पनि साइकल नै चढेर आफ्नो निवास गएका छन् । यो रमाइलो दृश्य रमाइलोका लागि आयोजना गरिएको थिएन ।
भारतले अघोषित रुपमा जारी राखेको नाकाबन्दीका कारण इन्धनको सङ्कट भएपछि त्यसलाई हटाउनका लागि साइकल चढ्ने अभियानको सुरुवात गरिएको हो ।
मन्त्रालयले साइकल चढ्ने संस्कार विस्तार गर्न र त्यसलाई अभियानका रुपमा अगाडि बढाउनका लागि मंगलबारबाट उक्त अभियान सुरु गरिएको हो । साङ्केतिक रुपमा भए पनि सुरु गरिएको पहिलो चरणको अभियानमा मन्त्रालयले १० वटा साइकल प्रयोग गर्नेछ ।
‘इन्धनको प्रयोग घटाऔँ र वातावरणमैत्री सवारी साधनको प्रयोग गरौँ’ भन्ने मान्यतालाई स्थापित गर्न साइकललाई प्राथमिकता दिएको सचिव पौडेलले बताए ।
आफू त तराई मधेसको बासिन्दा न परेँ, साइकल चढ्न रमाइलो लाग्छ, मन्त्री पासवानको सङ्क्षिप्त प्रतिक्रिया थियो । साइकल चलाउन सिपालु मन्त्री पासवानलाई त साइकलको यात्रा रमाइलो नै लागेको थियो, तर उहाँका सुरक्षाकर्मीमध्ये एकलाई भने साइकल चलाउन नआउने भएकाले समस्या परेको थियो । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: