Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

विज्ञान मन्त्री विश्वेन्द्र पासवान साइकलमा सरर

काठमाडौं । मन्त्रीका लागि सवारी साधन, सुरक्षाकर्मीको व्यवस्था गरिएको हुन्छ । मन्त्री भनेपछि सुरक्षामा हिँड्नुपर्ने भन्ने प्रचलन पनि नेपालमा स्थापित छ । तर, मंगलबार सिंहदरबारमा रमाइलो र नेपालीले अवलम्बन गर्नैपर्ने दृश्य पनि देख्न पाइयो ।

\"Minister-Bisendra-Paswan\"सन्दर्भ हो विज्ञान, प्रविधि तथा वातारण मन्त्रालयले ‘पेट्रोलियम पदार्थ प्रयोग गर्ने सवारी साधन हटाऔँ, साइकल चढौँ’भन्ने अभियान लागू गर्ने उद्देश्यले आयोजना गरिएको समारोहको ।

प्रमुख अतिथि हुनुहुन्थ्यो, विज्ञान प्रविधि तथा वातावरण मन्त्री विश्वेन्द्र पासवान । सदा जस्तै सवारी साधनमा झन्डा हल्लाएर हिँड्ने मन्त्री पासवान मंगलबार सिंहदरबारबाट साइकल चढेर आफ्नो निवास गौशाला पिङ्लास्थान लागे । उनी मात्रै होइन, उनका सुरक्षाकर्मीसमेत साइकल नै चढेर सुरक्षामा खटिए ।

विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयका सचिव डा कृष्णचन्द्र पौडेल पनि साइकल नै चढेर आफ्नो निवास गएका छन् । यो रमाइलो दृश्य रमाइलोका लागि आयोजना गरिएको थिएन ।

भारतले अघोषित रुपमा जारी राखेको नाकाबन्दीका कारण इन्धनको सङ्कट भएपछि त्यसलाई हटाउनका लागि साइकल चढ्ने अभियानको सुरुवात गरिएको हो ।

मन्त्रालयले साइकल चढ्ने संस्कार विस्तार गर्न र त्यसलाई अभियानका रुपमा अगाडि बढाउनका लागि मंगलबारबाट उक्त अभियान सुरु गरिएको हो । साङ्केतिक रुपमा भए पनि सुरु गरिएको पहिलो चरणको अभियानमा मन्त्रालयले १० वटा साइकल प्रयोग गर्नेछ ।

\"Bisendra-Paswan-1\"‘इन्धनको प्रयोग घटाऔँ र वातावरणमैत्री सवारी साधनको प्रयोग गरौँ’ भन्ने मान्यतालाई स्थापित गर्न साइकललाई प्राथमिकता दिएको सचिव पौडेलले बताए ।

आफू त तराई मधेसको बासिन्दा न परेँ, साइकल चढ्न रमाइलो लाग्छ, मन्त्री पासवानको सङ्क्षिप्त प्रतिक्रिया थियो । साइकल चलाउन सिपालु मन्त्री पासवानलाई त साइकलको यात्रा रमाइलो नै लागेको थियो, तर उहाँका सुरक्षाकर्मीमध्ये एकलाई भने साइकल चलाउन नआउने भएकाले समस्या परेको थियो । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE