Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

नाकाबन्दी नखुलेपछि सरकारले गर्यो ‘फौजी तयारी’

  \"The काठमाडौं । दुई महिनासम्म पनि भारतीय नाकाबन्दी कायम भएपछि सरकारले देखिएको मानवीय संकट सामना गर्नका लागि सुरक्षा निकायलाई आवश्यकता अनुसार परिचालन गर्ने तयारी देखिएको छ ।   प्रधानमन्त्री केपी शर्मा ओलीले चारवटै सुरक्षा निकायलाई नाकाबन्दीको सामना गर्न तत्काल सुरक्षा निकायलाई ‘एक्सन प्लान’ ल्याउन आदेश दिएका छन् । भारतले नाकाबन्दी झन् निर्मम बनाउँदै लगेपछि सुरक्षापरिषद्को बैठकमा मंगलबार प्रधानमन्त्री ओलीले ‘सिरियस’ भएर कसरी नाकाबन्दीलाई निस्तेज  पार्न सकिन्छ भनेर योजना पेश गर्न सबै सुरक्षा निकायलाई निर्देशन दिएका हुन् ।   नाकाबन्दीपछि व्याप्त मानवीय संकटमा सुरक्षा अवस्थाको गम्भीरतालाई समेत ख्याल गर्दै ‘एक्सन प्लान’ ल्याउन उनले निर्देशन दिएका थिए । सरकारले नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी, राष्ट्रिय अनुसन्धान विभागलाई यस्तो निर्देशन दिएको हो । गृह मन्त्रालयले पनि सेन प्रहरीका तीनवटा सुरक्षा निकायबाट एकीकृत सुरक्षा संयन्त्र बनाई आन्दोलन भएको स्थानमा सुरक्षाकर्मी परिचालन गर्न सकिने प्रस्ताव गरेको थियो ।   नेपाली सेनाले भने नाकामा देखिएको समस्या समाधानका लागि प्रभावकारी रणनीति बनाउनुपर्ने आवश्यकता भएको बताएको स्रोतको दाबी छ । बैठकले नाकामा देखिएको अवरोध हटाउनका लागि ठोस योजना बनाउने तयारी गरेको छ । तराई मधेसमा देखिएको सामान्य अवरोधलाई देखाउँदै भारतले मानवीय मर्यादालाईसमेत वेवास्ता गर्दै अवरोध नभएका नाकाबाट समेत दैनिक उपभोग्य सामग्री पठाउन आनाकानी गरेपछि सरकारले सुरक्षा संयन्त्रको यथोचित प्रयोग गर्ने तयारी हो । अरु विकल्प के के ? निरन्तरको आग्रह गर्दा पनि भारतले नाकाबन्दी नखोलेपछि उसँग प्रयास गर्न पनि नछोड्ने र अरु विकल्पमा पनि लाग्ने तयारी सरकारले गरेको छ । चीनसहित तेस्रो देशबाट इन्धन ल्याउने, दीर्घकालीन रुपमा चीनबाट पेट्रोलियम पदार्थसहितका सामग्री ल्याउने, तत्काललाई ग्यासको सट्टामा सरकारले नै सर्वसाधारणलाई दाउरा बेच्नेसहितका अन्तिम तयारीमा सरकार छ ।   साथै, भारतको अमानवीय नाकाबन्दीपछि यो विषयलाई अन्तर्राष्ट्रियककरण गर्ने तयारी पनि सरकारको छ । आफ्ना कुटनीतिक संयन्त्रमार्फत भारतले दैनिक उपभोग्य सामग्रीमा देखिएको अवरोध भन्दै यो मुद्दालाई नाकाबन्दी नभनी अन्तर्राष्ट्रिय स्तरमा लाने तयारी सरकारले गरेकोहो । सरकारले यसलाई ‘चरम मानवीय संकटको  अवस्था’ भन्दै अन्तर्राष्ट्रिय सहयोग माग्ने तयारी पनि गरेको छ । साथै, गैरआवासीय नेपाली संघले पनि भारतीय नाकाबन्दीलाई अन्तर्राष्ट्रियकरण गर्न सघाउँने भएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending