Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

‘माछापालनबाट लखपति बने पल्टु’

\"Fish\"भीमदत्तनगर । कृषि पेसा अङ्गालेका पल्टु चौधरीसँग एक दशकअघि ट्र्याक्टर खरिद गर्दा लागेको बैंकको २२ लाख ऋण थियो । पेसाप्रतिको लगाव र लगनशील भएर लागेका कारण कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका– १ वन्शाहका चौधरी अहिले माछापालन व्यवसायबाट लखपति बनेका छन् । ‘ माछा पोखरी छँदै कृषिका लागि भनेर ट्र्याक्टर पनि किनेको थिएँ ।’ पल्टु चौधरीले रासससँग भने –‘त्यो ट्र्याक्टरले २२ लाखसम्म बैंकमा ऋण भयो ।’ विसं २०४३ देखि माछापालन गर्दै आएका उनले २०५६ सालदेखि माछाका भुरा उत्पादन गर्ने हेचरी सञ्चालनमा ल्याए । भुरा उत्पादन गर्ने हेचरी कञ्चनपुरमै उनको मात्रै छ । ‘माछापालन र उत्पादनकै कारण आज म त्यो २२ लाख ऋण तिरेर वार्षिक सात÷आठ लाख आम्दानी गरिरहेको छु ।’ डेढ बिगाहा खेतमा माछा पोखरी बनाएर व्यावसायिक माछापालनमा लागेका चौधरीले भने –‘अहिले वार्षिक एक करोड जति भुरा उत्पादन गरी बिक्री गर्दैछु ।’ उनले उत्पादन गरेका भुरा कञ्चनपुर, डडेल्धुरा, बर्दियासम्मका किसानले खरिद गर्ने गरेका छन् । ‘मैले मागअनुसारको भुरा उत्पादन गर्न सकिरहेको छैन ।’ विसं ०५६ को दशकमा सम्दीबाट हेचरी सञ्चालनको प्रेरणा पाएका चौधरीले भने –‘हेचरीमा दक्ष प्राविधिक ज्ञान भएको किसान नभएकाले उत्पादन बढाउन सकिएको छैन ।’ १२ लाख लगानी गरेर हेचरी सञ्चालनमा ल्याएका चौधरीलाई इलम हेल्भटास नामक संस्थाले ५० प्रतिशत आर्थिक लगानी सहयोग गरेको थियो भने जिल्ला कृषि विकास कार्यालय, कञ्चनपुरले प्राविधिक तथा अन्य सहयोग गर्दै आएको चौधरीको भनाइ छ । ‘मलाई कृषि विकास कार्यालयले धेरै सहयोग गरेको छ ।’ चौधरीले भने –‘माछापालन फस्टाएकै कारण ऋण तिरेर घडेरीसमेत किनेको छु ।’ आफू माछापालन व्यवसायमा लागेर सन्तुष्ट रहेको बताउने पल्टु चौधरीलाई परिवारका सबै सदस्यले व्यवसायमा रामै्र साथ दिएका छन् । ‘दुईजनालाई रोजगारीसमेत दिएको छु ।’ चौधरीले भने –‘वार्षिक रु १४÷१५ लाखको कारोबार हुन्छ’ – त्यसमा सात लाखजति गत वर्ष फाइदा भएको उनले बताए । माछापालनमा जिल्लाकै सफल व्यवसायी मानिने चौधरी माछापालनसम्बन्धी तालिम तथा गोष्ठीमा सहभागी हुन भैरहवा, जनकपुरदेखि काठमाडौ्रसम्म पुगिसकेको बताउँछन् । ‘माछाको माग स्थानीय बजारमै बढी छ ।’ उनले भने –‘खपतका लागि बजारको कुनै चिन्ता छैन ।’ हाल उनले सिल्लबर, नैनी, रोहुलगायतका जात प्रजातिका माछाका भुरा उत्पादन गर्ने गरेका छन् ।‘महँगोमा एउटा भुरा रु पाँचसम्मको पनि उत्पादन हुन्छ ।’ उनले भने –‘ माछापालनका लागि प्राविधिक ज्ञान लिनु जरुरी छ ।’ सुदूरपश्चिममा कैलालीको सुख्खड र कञ्चनपुरको झलारीपिलाडी नगरपालिका–१ मा गरी दुईवटा हेचरीमात्रै रहेका छन् । ‘मैले गतवर्ष आठ क्विन्टलजति माछा बिक्री गरेको थिएँ ।’ उनले भने –‘पछिल्लो समय मैले भुरा उत्पादनमा बढी ध्यान दिएको छु ।’ ‘जिल्लाको एकमात्रै सफल हेचरी सञ्चालक भनेर बेलाबखतमा सम्मानित हुँदा गर्भको सीमा रहँदैन ।’ उनले भने –‘हेचरीले दाम र नाम दुवै दिएको छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies