Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

भारतको चरित्र विश्व सामु नागिंदैछः ज्ञवाली

\"Pradeepभक्तपुर । नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले भारतले लगाएको अघोषित नाकाबन्दीले उसको चरित्र विश्व सामु उदागिँंदै गएको बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रमा उनले द्वन्द्वका समयमा समेत रोक्न नमिल्ने अत्यावश्क बस्तुहरुको निर्यातमा तराई आन्दोलनको बहाना बनाएर लगाएको नाकाबन्दी अन्तराष्ट्रिय मान्यता बिपरित भएकाले भारतको चरित्र विश्व सामु नागिंदै गएको उनले बताए । भारतभित्र र विश्वभर भारतले गरेको नाकाबन्दीको तिब्र बिरोध बढेता पनि नरेन्द्र मोदी र भारतका केही राजनीतिज्ञहरुको अहंमताका कारण तत्कालै नाकाबन्दी नखुल्ने भन्दै ज्ञवालीले इन्धनको भन्दा पनि औषधिको निर्यात रोकेर भारतले पारवाहन सन्धिको उल्लंघन गर्दै अमानबिय व्यवहार प्रदर्शन गर्नु मानवता बिरोधी क्रियाकलाप भएको टिप्पणी गरे । भारतले गरेको नाकाबन्दी पश्चात चीनसँग गर्न थालिएको इन्धनको सम्झौतामा नेपाल आयल निगमको कमजोरी, केही कर्मचारीको नियत खराब रहेको र केहीमा कार्यदक्षताको कमी भएकाले समेत सम्झौताले तिब्रता पाउन नसकेको भन्दै उनले भने– ‘चीनसँगको इन्धन सम्झौतामा बेइमान गर्ने निगमका कर्मचारीलाई कारवाहिको दायरमा ल्याउने सरकारले प्रतिबद्धता ब्यक्त गरेको छ ।’ नेपाल सरकारले बिभिन्न मुलुकबाट इन्धन आपूर्तिका लागि बिकल्प समेत खोजी रहेको उनले बताए । इन्धनको अभावलाई मध्ये नजर गर्दै सरकारले गरेको दाउरा बितरण दिर्घकालिन समस्या समाधानको उपाय नभएता पनि यसले केही भए पनि राहत दिने भएकाले सरकारले दाउरा बितरण प्रक्रिया अघि बढाएको उनको भनाइ थियो । तराई आन्दोलनले तराईको भबिष्यलाई नै अन्धकार तर्फ धकेलेको भन्दै ज्ञवालीले भने, यो कस्तो आन्दोलन हो जसले आफ्नै नागरिकको भविष्य अन्धकार पार्दैछ । नेपालीको समस्या नेपालीले नै समाधान गर्ने भएकाले वार्ताको माध्यमबाट तत्काल समस्याको सम्बोधन गर्न समेत मधेशी दलहरुलाई आग्रह गरे । कांग्रेसले भद्र सहमतीको पालन नगरी ठूलो गल्ती गरेता पनि राष्ट्रियताको सवालमा, संविधान जारी पश्चात कार्यान्वयनको पक्षमा, भुकम्प पश्चात पुनर्निमार्णमा र नेपालले भोग्नु परेको नाकाबन्दीको सवालमा सबै राजनीतिक दलहरुसँगको सहकार्यतामा सहयोग गर्नेमा आफू विश्वस्त रहेको उनले बताए । यो सरकारको आयु छोटो छ भन्नेहरुले देशलाई उद्योगति तर्फ धकेल्ने प्रयासहरु जारी राखेको भन्दै अहिलेको सरकारले स्थानिय निकायको निर्वाचन, आमनिर्वाचन र संविधानको कार्यान्वयन गर्न पूर्ण सफल रहने भएकाले यो सरकार आयु कति छ भन्ने सहजै बुझ्न सकिने उनको तर्क थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending