Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

‘मुक्त आकाश’ रेडियो नाटक संचालन हुने

\"mukta_aakash\"काठमाडौं । विविसी मिडिया एक्सन र सप्तकोशी एफएम ९० मेगाहर्जको सहकार्यमा निर्मित रेडियो नाटक श्रृंखला मुक्त आकाश मंसिर १ गते मंगलबार साँझ सातबजेपछि प्रसारण हुँदैछ । यस नाटक निर्माणको उदेश्य रेडियोको नाटक निर्माणको क्षमता अभिवृद्धिका साथै द्वन्द्धपछिको अवश्थामा यौन हिंसा न्यूनिकरण पनि हो । यस नाटक श्रृंखलाका दश भाग छन् । दशभागमा तिनवटा कथा प्रस्तुत हुनेछन् ।   तिन भागमा प्रस्तुत गरिएको पहिलो कथा शोभाको साहस सरकारी विद्यालयमा अध्ययनरत सामान्य परिवारमा हुर्किएकी शोभाको कथा प्रस्तुत गरिएको छ ।  शोभाका दाइ सुरजले माओवादी विद्रोहमा लाग्नका लागि आफ्नो अध्ययन विचमै छाडेकाले शोभालाई पढाइमा मद्दत्त गर्न सक्दैनन् । गणितमा कमजोर शोभालाई पढाइदिने भन्दै गणित शिक्षक सविन सरले गरेको यौन हिंसाबाट पिडित शोभा र उनका साथीहरुले गरेको साहसी कदमलाई प्रस्तुत गरिएको छ । आफ्ना सन्तानले भनेको कुरालाई अभिभावकले राम्रोसँग बुझेर त्यस अनुरुपको कदम चाल्नुपर्ने कुरालाई पनि नाटकमा प्रस्तुत गरिएको छ ।   सुनसरी जिल्लाको इटहरीमा रेकर्डिङ गरिएको यस नाटकमा गरिमा पाठक, कुसुम पौडेल, रिन्छेन तामाङ, अर्जुन दहाल, बर्षा केसी, सुरेश कार्की, मनोज दाहाल, रोमा रिजाल, अनुजा पौडेल, जिवी गजल, रिया थापा, आशिष दहाल, कंकबहादुर लिम्बु, विनोद प्याकुरेल, सुवास घिमिरे, इन्दिरा निरौला, जस्मिन निरौला, मोहम्मद स्राफेल, लोकनाथ गिरी, सुवास खत्री, दुर्गा गिरी लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।   त्यस्तै दोस्रो कथा मधेसी समुदायमा आधारित छ । बलात्कार भइसकेपछि समयमा उजुरी नगरी प्रलोभनमा परेर घटना ढाकछोप गर्दाको परिणाम मुक्त आकाशको दोस्रो कथा ममताको मनोबलमा प्रस्तुत गरिएको छ । यो कथा तिन भागमा प्रस्तुत हुनेछ ।   तेस्रो कथा मनसराको दरिलो मन जनजाती समुदायमा आधारित छ । आफ्नै प्रेमीद्वारा बलात्कृत मनसराले न्यायको आशामा दरिलो भएर लडेको कथा यसमा प्रस्तुत गरिएको छ । यो कथा ४ भागमा प्रस्तुत हुनेछ ।   मुक्त आकाश नाटक श्रृंखलाका लेखक अर्जुन दहाल, निर्देशक मनोज दहाल, निर्माताहरु रोमा रिजाल र रिया थापा तथा ध्वनी सम्पादक विष्णुप्रसाद निरौला हुनुहुन्छ । यस नाटक निर्माणलाई विविसी मिडिया एक्सनकी मेन्टर प्रोड्यूसर आन्विका गिरीले सुपरिवेक्षण गरिरहनुभएको छ ।   सुनसरी जिल्लामा प्रमुख अपराधिक गतिविधिमा बलात्कार पनि रहेको हुँदा यस नाटक श्रृंखला निमार्णले रेडियोको नाटक निर्माणको क्षमता अभिवृद्धिका साथै यस क्षेत्रमा द्वन्द्धपछिको अवश्थामा यौन हिंसा न्यूनिकरणमा सहयोगी हुने विश्वास छ । यस किसिमको रेडियो नाटक सुनसरी जिल्लामा पहिलो पटक निर्माण भएको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies