कतारको राष्ट्रिय मानव अधिकार समिति र नेपालको राष्ट्रिय मानव अधिकार आयोगबीच सोमबार १० बुँदे सम्झौता भएको छ ।
कतारमा कार्यरत साढे चार लाख नेपाली कामदारको मानव अधिकार दिलाउन नेपालले यस्तो संझौता गरेको हो ।
सम्झौता पत्रमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा र समितिका अध्यक्ष डा. अलि बिन समाइखा अल मर्रीले हस्ताक्षर गरेका छन् ।
सम्झौता ४ बर्षको लागि भएको हो । यसलाई नबिकरण गर्न सकिनेछ ।
सम्झौतापछि नेपालबाट आएका उच्चस्तरीय प्रतिनिधि मण्डल र कतारका राष्ट्रिय मानव अधिकार समितिका उच्च अधिकारीहरुको बैठकलाई सम्बोधन गर्दै कतारका अध्यक्ष मर्रीले आफूहरुले नेपाली कामदारलाई सुरक्षाका साथै अधिकार दिलाउन आफ्ना सरकारलाई सिफारिश गर्ने बताए ।
अध्यक्ष शर्माले कामदार र उनीहरुका परिवारले उजुरी दिएको खण्डमा आफूहरुले कतारको राष्ट्रिय मानब अधिकार समितिलाई सिफारिश गर्ने बाटो खुलेको बताए ।
सम्झौता पत्र अनुसार कामदार माथि हुने शोषण, तस्करी र बाध्यकारी श्रम रोक्न आआफ्ना सरकार, कार्यान्वयन गर्ने निकायलाई आग्रह गर्ने, कामदारको चेतनामा बृद्धि ल्याउने, अन्तराष्ट्रिय मापदण्ड अनुसार कामदारको आपुर्तिको अभ्यास गराउने, आवश्यकता अनुसारको तालिम प्रदान गर्दै लैजानेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: