Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

उज्यालो चेहराका साथ आपूर्तिमन्त्री स्वदेश फर्किदै

\"ganeshmanकाठमाडौं । भारतले गरेको अघोषित नाकाबन्दीको कारण चरम इन्धन संकटमा परेको नेपाललाई पार लगाउन भन्दै एक्लै चीन गएका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुन उज्यालो चेहरा लिएर मंगलबार स्वदेश फर्किदैछन् । नेपालमा देखिएको इन्धन संकट समाधानका लागि आफू केही हदसम्म भए पनि सफल हुने विश्वासका साथ चीन गएका मन्त्री पुनले चीनसँगको सहमतिका लागि राम्रो वातावरण बनाउन सकेकै कारण प्रफुल्ल मुद्रामा उनी स्वदेश फर्किने भएका हुन् । नयाँ संविधान जारी भए लगत्तै असन्तुष्ट बनेको भारतले नेपाललाई अघोषित नाकाबन्दी गरी आपूर्ति ठप्प पारेपछि आपूर्तिमन्त्री पुनले आफ्ना चिनिया समकक्षी तथा चिनियाँ अधिकारीहरुसँग भेट गरी इन्धन खरिद सम्झौता गर्न आफूहरु इच्छुक रहेको बताएका थिए । बेइजिङ्मा मन्त्री पुनले चिनियाँ अधिकारीहरुसँग भेटघाट गरी वातावरण बनाएपछि सोमवार चीनले नेपाललाई इन्धन खरिदको सम्झौता गर्न बोलाएको थियो । भारतीय आयल निगम (आईओसी)सँगको कमिशनको चक्करमा नेपाल आयल निगमकै अधिकारीहरुले सरकारलाई असहयोग गरेपछि मन्त्री पुन कसैलाई थाहा नदिइ सुटुक्क चीन गएका थिए । चीन गएका मन्त्री पुनले नेपाललाई तत्कालै इन्धन आपूर्तिका लागि चीनसँग वातावरण बनाएपछि चीनियाँ कम्पनीले नेपाल आयल निगमलाई पत्राचार गरी इन्धन खरिदको सम्झौता गर्न बोलाएपछि निगमका अधिकारीहरु पनि दंग परेका छन् । खरिदपूर्वका सबै प्रक्रिया पूरा गरेको चिनियाँ कम्पनीका अधिकारीहरुसँग पनि आपूर्तिमन्त्री पुनले भेटघाट गरेको स्रोतको भनाई छ । चिनियाँ कम्पनीले यसअघि नै नेपाललाई व्यावसायिक रूपमा इन्धन दिने समझदारी गरिसकेको छ । आपूर्तिमन्त्री पुनले उताबाट माहौल बनाएकै कारण चिनियाँ कम्पनीले सम्झौताका लागि एनओसीलाई पत्राचार गरेकोले भेटघाट सकारात्मक भएको मन्त्री पुनका सहयोगीले बताए । चीन सरकारको स्वामित्वमा रहेको चाइना नेसनल युनाइटेड आयल कर्पोरेसन (पेट्रो चाइना) ले निगमलाई सोमबार साँझ इमेलमार्फत ब्यवसायिक सम्झौताका लागि आमन्त्रण गरेको थियो । मन्त्री पुन मंगलबार बेलुका काठमाडौं फर्किदैछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy