Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

प्रधानमन्त्रीको संवोधनमा केटाकेटीपन ः महत

\"Capture\"भक्तपुर । नेपाली काँग्रेसका नेता डा.प्रकाश शरण महतले प्रधानमन्त्रीले राष्ट्रका नाममा गरेको सम्बोधन भावनात्मक रहेको बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षत्कार कार्यक्रममा उनले आम नेपालीले प्रधानमन्त्रीबाट वर्तमानमा भोगेको राष्ट्रिय समस्याको सम्बोधन चाहेकोमा भावानात्मक र कल्पनाका दिर्घकालिन योजना सम्बोधनमा आउनुले प्रधानमन्त्रीको सम्बोधन केटाकेटीपन भएको बताएका छन् । नेपाली कांग्रेस प्रतिपक्षमा बसे पनि भुकम्प पिडितका लागि पुन ःनिर्माण,संविधान कार्यान्वयन, भारतले लगाएको अघोषित नाकाबन्दीलाई सहजीकरण गर्ने र तराई आन्दोलनका जायज मागलाई सम्बोधन गर्ने सवालमा कांग्रेसले प्रतिपक्ष नभएर सरकारालाई सहयोग गर्ने बताए । पुनर्निर्माण प्राधिकरणको सवालमा एमालेले दोहोरो चरित्र प्रदर्शन गर्नु र नियुक्त भएका पदमा समेत आफ्नो पार्टीको कार्यकर्ता भर्ती केन्द्र बनाउन खोजेको भन्दै महतले भने यस अघि भएका सम्झौतालाई कार्यान्वयनमा ल्याउन अथवा स्वच्छ प्रतिस्पर्धाबाट चयन गरेर प्राधिकरणलाई तत्काल लागू गर्नु पर्नेमा जोड दिए । भारतले गरेको अघोषित नाकाबन्दी खुलाउने भन्दा पनि गफको खेतीमा सरकार लाग्नु र मधेश केन्द्रित दलहरुका जायज माग सम्बोधन गर्न नसक्दा समस्या झन्– झ्न जटिल भएको भन्दै कांग्रेसले संविधान संशोधनको प्रस्ताव तत्काल अगाडि बढाए तराई आन्दोलन मत्थर हुने दाबी गरे । भारतले लगाएको अघोषित नाकाबन्दी दुवै देशका लागि हितकर नभएको भन्दै उनले भने –‘नेपालको आन्तरिक समस्या समाधान गर्न नसकेर भारतलाई दोष लगाउनु र भारतले मधेशको आन्दोलनकै कारण नाकाबन्दी लगाउनु दुबै गलत छ ।’ सरकारले विषम परिस्थितीलाई मूल्यांकन गरि बजार नियन्त्रण गर्न नसक्दा कालो बजारियाहरुको हालिमुहाली बढेको भन्दै कालोबजारी नियन्त्रणम सरकार बिफल भएको उनले बताए । कांग्रेसको आसन्न १३ औं महाधिबेशनमा प्रमुख पदहरुमा पुरानै मुहार दोहोरिने अवस्था नदेखिएको र नयाँ पुस्ता पदाधिकारी आउने उनको टिप्पणी थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending