Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

नाकामा रोकिएका औषधिका गाडी अन्य नाकाबाट ल्याउने सरकारको तयारी

\"Medicine\"

काठमाडौँ। अधिकांश औषधि वीरगन्ज नाकामा अड्किएकाले त्यसलाई रानी र सुनौली भन्सार नाकाबाट नेपाल ल्याउने तयारी भइरहेको औषधि व्यवस्था सहजताका लागि बनेको सरकारी कार्यदलले जनाएको छ ।

दुई महिनादेखि जारी नाकाबन्दीका कारण औषधिका कच्चा पदार्थलगायत विभिन्न औषधि नाकामै रहेका कारण नेपालमा औषधिको अभाव भएको छ ।

कार्यदलले सामान्य अवस्थामा पनि अभाव हुने औषधिबाहेक अन्य औषधिको उपलब्धता रहेको कार्यदलका सदस्य तथा नेपाल औषधि उत्पादक सङ्घका उपाध्यक्ष दीपक दाहालले बताए।

बजारमा औषधिको अभावको हल्ला चले पनि केही औषधिबाहेक अन्य औषधिको अभाव भइनसकेको र चाँडै औषधि व्यवस्था सहज हुने उनले बताए। नाकाबाट ‘डाइर्भट’ गरी नेपाल ल्याउने प्रक्रिया महँगो भएपनि औषधिको मूल्य भने पुरानै रहने दाहालको भनाइ छ ।

उनले भने – ‘केही औषधिको अभाव देखिएको छ तर, आत्तिइहाल्नुपर्ने अवस्था भने छैन । हामी औषधिको सहज उपलब्धताका लागि गम्भीर भएर लागिरहेका छौँ ।’“बजारमा आठ औषधिको अभाव देखिएको बताउँदै उहाँले भन्नुभयो– “सत्तरी प्रतिशत औषधि नेपालमै उत्पादन हुन्छ । त्यसैले हल्ला फैलिएको जस्तो अवस्था छैन ।”

विभिन्न रोगको उपचारका लागि धेरै कम्पनीका औषधि उपलब्ध भएकाले एउटा कम्पनीको औषधिको अभाव रहे पनि अन्य कम्पनीको औषधि उपलब्ध रहेकाले जनतालाई नआत्तिन दाहालले आग्रह गर्नुभयो ।

सरकारी कार्यदलले औषधि अभाव नभएको दाबी गरे पनि कतिपय अस्पतालले औषधि अभावका कारण शल्यक्रिया सङ्ख्या कम गरेको बताउँदै आएका छन् भने बिरामीले पनि शल्यक्रियाको समय पछाडि सार्न थालेका छन् ।

कार्यदलले औषधिको अभाव नभएको र अभाव हुन नदिने भनिरहे पनि नेपाल चिकित्सक सङ्घका अध्यक्ष अञ्जनीकुमार झाले सरकारले लापर्बाही गरेका कारण औषधिको अभाव भएको आरोप लगाए ।

उनले भने – “सरकार कानमा तेल हालेर बसेको छ । सरकारबाट औषधिको अभाव हुन नदिन कुनै पहल नगरेका कारण बजारमा औषधि अभाव चर्किएको छ ।”

चिकित्सक सङ्घले सरकारलाई औषधि अभाव भएकाबारे पटक पटक ध्यानाकर्षण गराएको बताउँदै उहाँले परराष्ट्र मन्त्रालयमा चाँडै अन्तर्राष्ट्रिय समुदायमाझ यो समस्या राख्न पहल भइरहेको जानकारी दिए।

उनले भने – “हामी प्राविधिक कारणले रोकिएका छौँ । अन्तर्राष्ट्रिय समुदायसम्म पुग्न परराष्ट्र मन्त्रालयमा कुरा भइरहेछ । हामी पहल गर्दैछौँ ।”

नेपालकै पुरानो र ठूलो वीर अस्पतालमा शल्यक्रियाका लागि चाहिने आवश्यक औषधिको अभाव रहेको अस्पतालका निर्देशक स्वयम्प्रकाश पण्डितले बताए ।

“प्याथोलोजीका लागि चाहिने औषधि, रगत प्याड, शल्यक्रियाका लागि चाहिने औषधि, एन्टिबायोटिकलगायतका औषधिको अभाव भएको छ” – उनले भने ।

अस्पतालले पहिलेकै मौज्दातले काम चलाइरहेको बताएको छ । तत्काल औषधिको व्यवस्था नगरे सेवा नै प्रभावित हुने अस्पताल स्रोतको भनाइ छ ।

यता, प्रसूति गृहमा पनि गर्भवती महिलाको शल्यक्रियाका लागि चाहिने औषधिको अभाव भएको प्रसूति गृहका निर्देशक डा जागेश्वर गौतमले बताए ।

उनले भने – “पुराना औषधि रहेकाले सेवा नै रोकेका छैनाँै तर सुत्केरीको औषधि अभाव भएको छ । अन्य शल्यक्रिया रोक्न मिल्छ तर गर्भवतीको शल्यक्रिया रोक्न पनि मिल्दैन ।”

नाकाबन्दी अघिभन्दा बिरामीको सङ्ख्या कम भएकाले आजसम्म पुराना औषधिले काम चलेको भए पनि अब औषधिको कमी अत्यधिक भएको प्रसूति गृहका अस्पताल प्रशासक अमरनाथ अमात्यले बताए।

अमात्यका अनुसार मौज्दातमा रहेका औषधिले अब एकहप्ताभन्दा बढी धान्न सक्दैन ।

गर्भवतीको शल्यक्रियाका लागि चाहिने अत्यावश्यक औषधि र अक्सिजनको अभाव भएकाले अस्पतालले सरकारसँग इन्धन र औषधिको सहज उपलब्धताका लागि पटक पटक आग्रह गरिसकेको छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending