Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

प्रमुख तीन दल र मधेसी मोर्चाबीच निर्णायक वार्ता हुँदै

काठमाडौं । प्रमुख तीन राजनीतिक दल र तराई–मधेसमा आन्दोलनरत सयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच बुधबार निर्णायक वार्ता हुँदैछ । सरकारसँगको विभिन्न चरणमा भएको वार्तापछि प्रमुख दलका नेताहरुबीच वार्ता गर्न लागिएको हो । प्रमुख दलका नेताहरुबीच बुधबार हुने भनिएको वार्ता निर्णायक हुने पनि नेताहरुले बताएका छन् । \"Madhesi-morcha\"सीमांकनको विषयमा सरकारसँगको वार्तामा प्रवेश गरेका मधेसी दलहरुले प्रमुख तीन दलको निर्णयमा वार्ता अघि बढ्ने बताएका छन् । प्रमुख तीन दलका शीर्ष नेता र मधेसी मोर्चाबीच राजधानीमा वार्ता हुने भनिए पनि वार्ताको स्थान भने तय गरिएको छैन । सरकारसँगको वार्ता सहमति नजिक पुगेको बताए पनि निश्कर्षमा पुग्न सकेको छैन । सरकारको निर्णय प्रमुख दलहरुमै भर पर्ने भएकाले पनि प्रमुख तीन दलसँगको वार्तालाई निर्णायक वार्ता भनिएको छ । पछिल्लो समय प्रमुख दलहरुको निर्णायक नै एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भएकाले प्रमुख दलसँगको वार्ता निश्कर्षमा पुग्ने अपेक्षा मधेसवादी दलका नेताहरुको पनि छ । पछिल्लो समय प्रचण्डले सीमाकंनको बारेमा नयाँ प्रस्ताव अघि सारेका छन् । उनले सारेको प्रस्तावप्रति मधेसवादी दलहरु पनि सकारात्मक देखिएका छन् ।  मधेसवादी दलहरुको मुद्दा पनि सीमाकंन नै भएकाले सीमाकनको विषयमा कुरा मिलेमा सबै कुरा टुंगिने आन्दोलनरत दलका नेताहरुले बताएका छन् । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सीमांकनका विषयमा मधेसमा दुई प्रदेश हुने गरी सीमाकंनको नयाँ प्रस्ताव अघि सारेका छन् । मोरङ र सुनसरी टुक््रयाएर प्रदेश २ मा गाभ्ने, पश्चिममा कैलाली टुक््रयाएर थरुहटको माग सम्बोधन गर्न सकिने प्रचण्डको प्रस्ताव छ । तर प्रचण्डको सीमांकनबारेको पछिल्लो प्रस्ताव औपचारिक रुपमा नआएको मधेसी नेताहरुले बताएका छन् । तराईमा दुई प्रदेश दिन सकिने प्रमुख दलका नेताहरुले बताएका छन् । बुधबार हुने तीन दल–मधेसी वार्तामा यो प्रस्ताव औपचारिक रुपमै राख्ने बताइएको छ । राज्य पुनःसंरचना आयोगले पेस गरेको प्रतिवेदन हुबहु लागु गरिनुपर्ने मधेसी दलहरुको अडान कायमै रहेको मोर्चाका वार्ता टोली सदस्य एवं संघीय समाजवादी फोरमका उपाध्यक्ष लालबाबु राउतले बताए । मधेसी मोर्चाले उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा नेतृत्वको वार्ता टोलीसमक्ष ११ बुँदे माग प्रस्तुत गरिसकेको छ । उक्त प्रस्तावको पहिलो बुँदामै मधेसलाई दुई प्रदेशमा मात्र बाँड्नुपर्ने उल्लेख छ । पहिलो संविधानसभाबाट गठित राज्य पुनःसंरचना तथा राज्यशक्ति बाँडफाँट समिति र राज्य पुनःसंरचना उच्चस्तरीय सुझाव आयोगको प्रतिवेदनअनुरूप तराई–मधेसमा मेचीदेखि महाकालीसम्म दुई स्वायत्त प्रदेशलगायत ऐतिहासिक पृष्ठभूमि र पहिचानका आधारमा अन्य स्वायत्त प्रदेश निर्माण हुनुपर्ने मोर्चाको माग छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending