Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

अनन्त भन्छन्– मलाई क्यान्सरको सम्भावना छैन

\"ananta_aspatal\"काठमाडौं । स्वास्थ्य स्थिति गम्भीर भई भारत लगिएका एकीकृत नेकपा माओवादीका सचिव वर्षमान पुन ‘अनन्त’को स्वास्थ्यका क्रमिक सुधार हुँदै आएको छ । तत्कालिन जनयुद्धकालदेखि नै जण्डिसका विरामी अनन्तको जन्डिस विग्रिँदै गएपछि थप समस्या भएको चिकित्सकहरुले बताएका छन् । हेपाटाइटिस ‘इ’ को कारण कलेजोमा गम्भीर संक्रमण देखिएपछि भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा एकसाताअघि भर्ना गरिएका उनको स्वास्थ्यका क्रमिक सुधार आएको छ । उनले अस्पतालको शैयाबाटै खबरडबलीसँग कुरा गर्दै आफ्नो स्वास्थ्यमा क्रमिक सुधार आएको बताएका छन् । उनले आफूमा क्यान्सरको कुनै सम्भावना नरहेको पनि बताएका छन् । दुई महिनाअघि सोही समस्याको कारण अनन्तको काठमाडौंको नर्भिक अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो । अस्पताल स्रोतका अनुसार उनमा जण्डिसको मात्रा बढ्दै गइरहेको छ । पछिल्लो समय उनको ३१ ब्लुरुबिन जण्डिसको मात्रा रहेको बताइएको छ । कलेजोमा देखिएको संक्रमणबारे बायप्सी गरी थाहा पाउन सकिने भएकाले कलेजोको बायप्सी गरिएको छ । विहीबार परीक्षण गरिएका सवै रिपोर्ट आउने पनि अनन्तले बताए । कलेजोको समस्या देखिएका नेता अनन्तलाई खानामा अरुची हुनाको साथै शरीर चिलाउने समस्या देखिएको छ । ४४ वर्षीय एमाओवादी सचिव अनन्तको काठमाडौंमा उपचार सम्भव नभएपछि थप उपचारका लागि भारतको मेदान्त अस्पताल लगिएको हो । अनन्त रुपान्तरित ब्यवस्थापिका संसदकी सभामुख ओनसरी घर्तीका पति हुन् । भारतमा अनन्तको साथमा बहिनी सुशीला रहेकी छिन् । अनन्तको स्वास्थ्य अवस्था बुझ्न तथा उनको सहयोगका लागि उपराष्ट्रपति नन्दबहादुर पुन पासाङका छोरा दिपेश बुधबार नयाँदिल्ली जाँदैछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending