Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

कांग्रेसलाई महाधिवेशनको चटारो, नेतादेखि कार्यकर्तासम्म बढ्यो चुनावी चहलपहल

\"nc_flage\"काठमाडौं  । व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसको आसन्न १३ औँ महाधिवेशनको तयारी तीव्र रुपमा थालिएको छ । आगामी फागुन २० देखि २३ गतेसम्म राजधानीमा हुने काँग्रेस महाधिवेशनको तयारीका लागि विभिन्न तयारी समिति गठन गरिएका छन् । साथै मुलुक सङ्घीयतामा गएपछि पहिलोपटक हुन लागेको सो महाधिवेशनका लागि काँगे्रसले सङ्घीयताअनुरुप नै पार्टीको संरचना बनाउन पनि छलफल सुरु गरेको छ । पटक पटक मिति तोकिँदै सर्दै आएको काँग्रेसको १३औँ महाधिवेशन यस पटक भने संवैधानिक व्यवस्था र पार्टीको विधानतः निर्धारित समयमै गर्नुपर्ने बाध्यता छ । काँग्रेसको विधानअनुसार प्रत्येक चार÷चार वर्षमा महाधिवेशन गर्नुपर्छ र विशेष परिस्थितिमा एक वर्ष समयावधि थप गर्न सकिने प्रावधान छ । त्यस्तै, अन्तरीम संविधान, २०६३ मा राजनीतिक दलले प्रत्येक पाँच वर्षमा निर्वाचनमार्फत नयाँ कार्यसमिति छनोट गर्नुपर्ने प्रावधान थियो भने हालै जारी भएको नयाँ संविधानमा त्यसका अलावा विशेष परिस्थितिमा छ महिना समयावधि थप्न सकिने प्रावधान छ । काँग्रेसको १२ औँ महाधिवेशन २०६७ साल असोज २ देखि ५ गतेसम्म काठमाडौं भएको थियो । आगामी महाधिवेशनको लागि गाउँ, नगर, वडा र नगर अधिवेशन आगामी माघ १५ गते, क्षेत्रीय अधिवेशन माघ २२ गते र माघ २५ गते जिल्ला अधिवेशन सम्पन्न गर्नुपर्ने तालिका छ । गाउँ नगरस्तरका अधिवेशनका लागि जिल्लामा निर्वाचनको माहौल सुरु भइसकेको छ । आसन्न १३औँ महाधिवेशनमा विधान संशोधन प्रस्ताव प्रस्तुत गर्न केन्द्रीय कार्य समितिबाट गठित पार्टी विधान संशोधन समितिले सोमबार बैठक बसेको थियो । बैठकले काँग्रेस जिल्ला कार्यसमिति, पार्टीका भ्रातृ एवम् शुभेच्छुक संस्था तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिलाई विधानमा संशोधनका लागि यही मङ्सिर २० गतेभित्र लिखित सुझाव पठाउन निर्देश गरेको छ । पार्टीको सङ्गठन विभाग प्रमुखसमेत रहनुभएका सो समितिका संयोजक आनन्दप्रसाद ढुङ्गानाले काँग्रेसको वर्तमान विधानको अभ्यास र अनुभवको आधारमा के कस्ता सुधार र संशोधन आवश्यक छ, त्यस सम्बन्धमा सुझाव मागिएको बताए । समितिले संविधानसभाबाट राज्य पुनःसंरचनासहितको संविधान जारी भएको सन्दर्भमा पार्टीले विधानमा के कस्ता व्यवस्था गर्न आवश्यक छ भनी छलफल सुरु गरेको छ । काँग्रेसमा यतिखेर पार्टीको पदाधिकारी सङ्ख्या बढाएर तिनै पदाधिकारीको नेतृत्वमा प्रदेशस्तरको समिति बनाउने वा प्रदेशमा छुट्टै शाखा जस्तै संरचना बनाउने भन्ने बहस जारी रहेको नेताहरुले बताएका छन् । पार्टीमा सबैभन्दा जटिल विषयको रुपमा देखिएको क्रियाशील सदस्यता विवाद मिलाउन पार्टीले केन्द्रीय सदस्य नरहरि आचार्यको संयोजकत्वमा रमेश लेखक र रामकृष्ण यादव सदस्य रहेको विवाद समाधान समिति गठन गरेको थियो । समितिले देशभरीको क्रियाशील सदस्यता फाराम छानबिन गरी केन्द्रीय समितिलाई बुझाएको समितिका सदस्य यादवले जानकारी दिएका छन् । काँग्रेसमा क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता फाराम भर्ने क्रममा संस्थापन पक्ष र वरिष्ठ नेता शेरबहादुर देउवा पक्षबीच आआफ्ना पक्षका सदस्यता बढाउने होडबाजी चलेका कारण केही जिल्लामा क्रियाशील सदस्यता विवाद देखिएको थियो । काँग्रेसको १२औँ महाधिवेशनमा तीन लाख १७ हजार क्रियाशील सदस्य थिए भने यस महाधिवशेनमा त्यो सङ्ख्या बढेर पाँच लाख नाघ्ने पार्टीले जनाएको छ । त्यस्तै, महाधिवेशन सम्पन्न गर्न पार्टीका तर्फबाट सभापति सुशील कोइरालाको संयोजकत्वमा १३औँ महाधिवेशन मूल तयारी समिति, उपसभापति रामचन्द्र पौडेलको संयोजकत्वमा नीति तथा कार्यक्रम प्रस्ताव समिति, केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गानाको सयोजकत्वमा पार्टी विधान संशोधन समिति र काठमाडौँ जिल्ला सभापति भीमसेनदास प्रधानको संयोजकत्वमा महाधिवेशन व्यवस्थापन समिति गठन गरेको पार्टी कार्यालयका मुख्यसचिव ऋषिकेश तिवारीले बताए । त्यस्तै, अर्थ सङ्कलन समितिमा डा रामशरण महत, भोजनआवास व्यवस्थापन समितिमा बलबहादुर केसी, विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समितिमा सुजाता कोइराला, प्रचारप्रसार समितिमा डा मीनेन्द्र रिजाल, मञ्च व्यवस्थापन समितिमा नवीन्द्रराज जोशी, स्वास्थ्य समितिमा डा शशाङ्क कोइराला, सांस्कृतिक समितिमा मीना सुब्बा, स्वयम्सेवक व्यवस्थापन समितिमा नारायण कोइराला र निर्वाचन समितिमा राधेश्याम अधिकारीलाई संयोजकको जिम्मेवारी तोकिएको छ । तयारी समितिले आ–आफ्नो जिम्मेवारीको कार्यको थालनी सुरु गरिसकेका छन् । यस अघि आफ्नो नेतृत्वमा सरकार भएकाले र संविधान निर्माणमा केन्द्रित हुनुपरेको भन्दै काँग्रेसले महाधिवेशनमा ध्यान दिन सकेको थिएन । हाल संविधान जारी भइसकेको र काँग्रेस सरकार बाहिर रहेकाले पनि पार्टी केन्द्रीय कार्यालय र संसदीय दलको कार्यालयमा नेता कार्यकर्तामा चुनावको चहलपहल बढेको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending