Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

नाकाबन्दीविरुद्ध वैद्य माओवादीले देशैभर विरोध प्रदर्शन गर्ने

\"Mohan-baidya-400\"काठमाडौं । भारतले दुई महिनाभन्दा बढी समयदेखि गरेको अघोषित नाकाबन्दीविरुद्ध मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले आन्दोलन चर्काउने भएको छ । क्रान्तिकारी माओवादीको बुधबार बसेको केन्द्रीय सचिवालय वैठकले नाकाबन्दी विरुद्धका देशब्यापी रुपमा विरोध प्रदर्शन लगायतका आन्दोलनका कार्यक्रमहरु गर्ने निर्णय गरेको हो । वैठकले भारतीय हस्तक्षेप तथा अघोषित नाकाबन्दी र इन्धनको अभाव, महङ्गी, कालाबजारीलगायत राष्ट्रियता, जनतन्त्र तथा जनजीविकासम्बन्धी समस्याहरूबारे सङ्घर्षको कार्यक्रम दिने निर्णय लिएको वैठकपछि अध्यक्ष वैद्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउनेदेखि धर्ना दिने लगायतका कार्यक्रम घोषणा गरिएको छ । आन्दोलनको कार्यक्रम अन्तर्गत मङ्सिर ७ गते दिउँसो भारतीय राजदूतावासमा ज्ञापनपत्र बुझाउने तथा  दुई घण्टा धर्ना दिने, मङ्सिर ९ गते प्रधानमन्त्रीको कार्यालयमा विरोधपत्र दिने र सिंहदरबार अगाडि दुईघण्टा धर्ना दिने रहेका छन्। यस्तै, भारतले गरेको नाकाबन्दीको विरुद्धमा क्रान्तिकारी माओावदीले मङ्सिर ११ गते देशका प्रमुख सहर तथा विभिन्न भागहरूमा विरोधप्रदर्शन गर्ने पनि निर्णय गरेको वैद्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । वैठकले केन्द्रीय सचिवालयसहित सम्पूर्ण केन्द्रीय आयोजक समितिका सदस्यहरूको कार्यविभाजन समेत गरेको सो पार्टीले जनाएको छ । साथै सच्चा कम्युनिस्ट क्रान्तिकारीसहित माओवादी शक्तिहरूका बीचमा एकीकरण र ध्रुवीकरणको प्रक्रिया अगाडि बढाउनका लागि आवश्यक पहल तथा प्रयत्न गर्ने निर्णय पनि वैठकले गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending