काठमाडौं । निर्णाय भनिएको बुधबारको मधेसी मोर्चासँगको वार्ता विना निष्कर्ष सकिएको छ । आजको वाताृ पनि सकारात्मक नभएपछि संयुक्त मधेसी मोर्चाले आन्दोलन थप चर्काउने भएको छ ।
एमाओवादी अध्यक्ष प्रचण्डले मधेसीको माग सम्बोधन सिमांकनमा हेरफेरसहित हुने गरी नयाँ प्रस्ताव ल्याए पनि ठूला दुई दल कांग्रेस र एमालेले साथ नदिएपछि प्रस्ताव बैठकमा पेस नै हुन सकेन । राजनीतिक वा संसदीय समिति बनाउने प्रचण्ड प्रस्तावलाई भने मधेसी मोर्चाले ठाडै अस्वीकार गरेको छ ।
मधेसी मोर्चाले अब भोलि बिहीबार बैठक बसेर आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताएको छ ।मधेस समस्या समाधानका लागि पहल थालेका राजनीतिक समितिका संयोजक समेत रहेका प्रचण्डले बुधबारको वार्ता निर्णायक बनाउने बताएका थिए ।
त्यसका लागि उनले प्रदेश नम्बर ५ लाई तराई केन्द्रीत बनाउँदै पहाडी जिल्लालाई ४ र ६ नम्बर प्रदेशमा राख्ने र मोरङ सुनसरी र कैलालीको विवाद राजनीतिक समितिबाट टुङ्गो लगाउने प्रस्ताव अघि सारेका थिए ।
तर, प्रचण्डको प्रस्तावमा सत्तारुढ एमाले र प्रमुख विपक्षी कांग्रेसले साथ दिएन । जसका कारण अनौपचारिक सम्वादहरुमा राखेको प्रस्तावलाई प्रचण्डले बुधबारको वार्तामा औपचारिक रुपमा टेबल नै गर्न सकेनन् ।
मधेसी मोर्चाका एक नेताले एमाले नेता झलनाथ खनालले कसेकाले प्रचण्डले प्रस्ताव नराखेको टिप्पणी गरेका छन् । बुधबारको वार्तामा एमाले वरिष्ठ नेता खनाल उपस्थित भएका थिए र उनी सीमा हेरफेरको पक्षमा छैनन् ।
वार्ताबारे औपचारिक जानकारी नै नभएको भन्दै प्रमुख विपक्षी कांग्रेस उपस्थित नै भएन । साथै उसले सीमा हेरफेरबारे कुनै प्रस्ताव नआएको बताएको छ ।
सद्भावनाका महासचिव मनिष सुमनले आफूहरुलाई सरकारी पक्षलाई आवश्यक गृहकार्य पुरा भएपछि वार्तामा बोलाउन आग्रह गरेको बताए । वार्तामा सरकारी टोलीका सदस्यहरुले वार्ताको वातावरण सहज बनाउन सीमा नाकामा धर्ना नदिन र आन्दोलनको स्वरुप परिर्वतन गर्न आग्रह गरेको थियो ।
तर, मधेसी मोर्चाले भोलि बिहीबार आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने जवाफ दिएको छ । त्यसका लागि बैठक समेत बोलाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: