Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

गृहमन्त्री बस्नेत र कोरीयन राजदूतबीच भेट

काठमाडौं । गृहमन्त्री शक्तिबहादुर बस्नेत र नेपालका लागि कोरियाली राजदूत चोई योङग जीनबीच विहीबार भेटवार्ता भएको छ । सिंहदरवारस्थित गृहमन्त्रालयमा भएको भेटमा नेपाल र कोरीयाको द्विपक्षीय हितबारे छलफल भएको थियो ।

\"Shakti-Basnet-and-choeyong-\"भेटमा गृहमन्त्री बस्नेतले दक्षिण कोरीया नेपालको भरपर्दो विकास साझेदार मुलुक भएको भन्दै भूकम्पपछि दक्षिण कोरीया सरकारले नेपाललाई गरेको सहयोगको प्रंशसासमेत गरेका थिए । उनले आगामी दिनमा पनि कोरीया सरकारले नेपाललाई सहयोग जारी राख्ने विश्वास व्यक्त गरे ।

मन्त्री बस्नेतले कोरियन राजदुतसँगको भेटमा कोरीया र नेपालको सम्बन्ध कुटनितिक सम्बन्धमा मात्र सीमित नभएको भन्दै अहिले आएर जनता–जनताबीचको सम्बन्ध पनि सुमधुर हुँदै गएको बताए ।

‘नेपालबाट रोजगारीका लागि हजारौं युवाहरु इपिएसमार्फत कोरीया जाने गर्छन् यसले रोजगारी मात्र नभई भावनात्मक सम्बन्ध पनि विकास गरेको छ, त्यसबाट कोरीयाले छोटो समयमा गरेको प्रगति बुझ्ने मौका पनि मिलेको छ,’ मन्त्री बस्नेतले भेटमा भने ।

मन्त्री बस्नेतले भूकम्पपछिको पुनर्निर्माणको काम सरकारको प्राथमिकतामा राखेको भन्दै त्यसमा सहयोग गर्ने कोरीयन प्रतिवद्धताको लागि आभार व्यक्त गरेका थिए ।

गृहमन्त्री बस्नेतसँगको भेटमा कोरीयन राजदुत चोई योङग जीनले पुनर्निर्माणको लागि कोरीयन सरकारले सहयोग गर्ने प्रक्रिया अघि बढाइसकेको जानकारी गराएका थिए । उनले नेपालजस्तै कोरीया पनि ठूला दुई छिमेकीको विचमा रहेको भन्दै अहिलेको संकट समाधान गर्न नेपाल सक्षम हुने विश्वास व्यक्त गरेका थिए ।

‘हामी पनि तपाईंहरु जस्तै ठूला दुई छिमेकीको बिचमा वसेर चार हजार वर्ष इतिहास जोगाउन सफल भएका छौं,’ भेटमा राजदूत चोईले भने, ‘नेपाल पनि लामो इतिहास भएको मुलुक हो, यसपटकको समस्या छिटो समाधान होस् भन्ने कोरीयाली चाहना छ ।’

कोरीयन राजदूतले आफ्नो देशमा शरिरलाई आनन्द दिनु छ भने थाइल्याण्ड जानु र मन मष्तिकलाई आनन्द दिनुछ भने नेपाल जानू भन्ने कहावत भएको समेत भेटमा जानकारी गराएका थिए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies