Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

सिंचाई मन्त्रीले ल्याए ‘हेल्लो सिंचाई मन्त्री’ कार्यक्रम

\"umeshकाठमाडौं । सिंचाई मन्त्रालयले ‘हेलो सिचाईं मन्त्री’ नामक जनसम्वाद कार्यक्रम सुरु गर्ने भएको छ ।  जनतासँग प्रत्यक्ष सम्वाद स्थापित गर्न सिंचाई मन्त्रालयले ‘हेलो सिँचाई मन्त्री’ नामक जनसम्वाद कार्यक्रम सुरु गर्ने भएको हो । मन्त्रालयको कार्यभार सम्हालेको १ महिनापछि मन्त्री उमेशकुमार यादवको प्रत्यक्ष पहलमा मन्त्रालयले ‘हेलो सिँचाईं मन्त्री’ नामक जनसम्वाद कार्यक्रम सुरु गर्न लागेको हो । सिंचाई मन्त्रालय मात्र नभइ, कुनै पनि मन्त्रलायको इतिहासमा यस्तो प्रकारको यो पहिलो कार्यक्रम सुरु गर्न लागिएको छ । सिंचाईंमन्त्री यादवले कात्तिक ४ गते शुक्रबार दिँउसो १ गते टेलिफोनमा जनतासँग प्रत्यक्ष कुरा गरी जनसम्वाद कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । जनसम्वादका लागि सिंहदरबारस्थित मन्त्रालयको टेलिफोन नम्बर ०१–४२००२१५ छुट्टाइएको छ । मन्त्रालयले आफ्नो निकाय, मातहतका विभाग, आयोजना र कार्यालयको सरोकारसँग जोडिएका विषयवस्तुका सम्बन्धमा आफ्ना सल्लाह सुझाव र गुनासा राख्न जनसमुदायलाई आग्रह गरेको छ । सार्वजनिक विदाबाहेकका दिन दिउँसो १ बजेदेखि २ बजेसम्म दैनिक १ घण्टा जनताका सल्लाह, सुझाव र गुनासा प्रत्यक्ष रुपमा सुनिने तयारी मन्त्रालयले गरेको छ । महिनाको दुई दिन मन्त्री आफैंले जनतासँग प्रत्यक्ष सम्वाद गर्नेछन् भने अन्य दिन मन्त्रालयको निजी सचिवालयले जनताका सल्लाह, सुझाव र गुनासा सुनेर मन्त्रीसमक्ष पु¥याउने छन् । मन्त्रालयले मन्त्रीसँग प्रत्यक्ष सम्वाद स्थापित गर्दा जनतालाई आर्थिक व्ययभार नपरोस् भन्नेतर्फ समेत ध्यान दिँदै निकट भविष्यमा नै निशुल्क कुरा गर्न सकिने टोल फ्रि नम्बर सञ्चालन गर्ने तयारी समेत गरिरहेको छ ।   मन्त्रालय, मातहतका निकाय, विभाग, आयोजना र कार्यालयको कामकारवाहीमाथि जनताको प्रत्यक्ष निगरानी बढाउन र पारदर्शिताका साथ सिंचाइ तथा नदी नियन्त्रणसम्बन्धी कामकारवाही, आयोजना र परियोजना समयमै सम्पन्न गर्ने उद्देश्यले ‘हेलो सिँचाईं मन्त्री’ नामक जनसम्वाद कार्यक्रम सुरु गर्न लागिएको मन्त्री यादवले बताए ।   मन्त्री यादवले जनसम्वाद कार्यक्रममार्फत् आएका सल्लाह, सुझाव र गुनासा अनुसार मन्त्रालय तत्काल अगाडि बढ्ने र आफ्ना कामकार्वाही सच्चाउनुका साथै ढिलासुस्ती र अपारदर्शिता हटाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending