Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

सिंचाई मन्त्रीले ल्याए ‘हेल्लो सिंचाई मन्त्री’ कार्यक्रम

\"umeshकाठमाडौं । सिंचाई मन्त्रालयले ‘हेलो सिचाईं मन्त्री’ नामक जनसम्वाद कार्यक्रम सुरु गर्ने भएको छ ।  जनतासँग प्रत्यक्ष सम्वाद स्थापित गर्न सिंचाई मन्त्रालयले ‘हेलो सिँचाई मन्त्री’ नामक जनसम्वाद कार्यक्रम सुरु गर्ने भएको हो । मन्त्रालयको कार्यभार सम्हालेको १ महिनापछि मन्त्री उमेशकुमार यादवको प्रत्यक्ष पहलमा मन्त्रालयले ‘हेलो सिँचाईं मन्त्री’ नामक जनसम्वाद कार्यक्रम सुरु गर्न लागेको हो । सिंचाई मन्त्रालय मात्र नभइ, कुनै पनि मन्त्रलायको इतिहासमा यस्तो प्रकारको यो पहिलो कार्यक्रम सुरु गर्न लागिएको छ । सिंचाईंमन्त्री यादवले कात्तिक ४ गते शुक्रबार दिँउसो १ गते टेलिफोनमा जनतासँग प्रत्यक्ष कुरा गरी जनसम्वाद कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । जनसम्वादका लागि सिंहदरबारस्थित मन्त्रालयको टेलिफोन नम्बर ०१–४२००२१५ छुट्टाइएको छ । मन्त्रालयले आफ्नो निकाय, मातहतका विभाग, आयोजना र कार्यालयको सरोकारसँग जोडिएका विषयवस्तुका सम्बन्धमा आफ्ना सल्लाह सुझाव र गुनासा राख्न जनसमुदायलाई आग्रह गरेको छ । सार्वजनिक विदाबाहेकका दिन दिउँसो १ बजेदेखि २ बजेसम्म दैनिक १ घण्टा जनताका सल्लाह, सुझाव र गुनासा प्रत्यक्ष रुपमा सुनिने तयारी मन्त्रालयले गरेको छ । महिनाको दुई दिन मन्त्री आफैंले जनतासँग प्रत्यक्ष सम्वाद गर्नेछन् भने अन्य दिन मन्त्रालयको निजी सचिवालयले जनताका सल्लाह, सुझाव र गुनासा सुनेर मन्त्रीसमक्ष पु¥याउने छन् । मन्त्रालयले मन्त्रीसँग प्रत्यक्ष सम्वाद स्थापित गर्दा जनतालाई आर्थिक व्ययभार नपरोस् भन्नेतर्फ समेत ध्यान दिँदै निकट भविष्यमा नै निशुल्क कुरा गर्न सकिने टोल फ्रि नम्बर सञ्चालन गर्ने तयारी समेत गरिरहेको छ ।   मन्त्रालय, मातहतका निकाय, विभाग, आयोजना र कार्यालयको कामकारवाहीमाथि जनताको प्रत्यक्ष निगरानी बढाउन र पारदर्शिताका साथ सिंचाइ तथा नदी नियन्त्रणसम्बन्धी कामकारवाही, आयोजना र परियोजना समयमै सम्पन्न गर्ने उद्देश्यले ‘हेलो सिँचाईं मन्त्री’ नामक जनसम्वाद कार्यक्रम सुरु गर्न लागिएको मन्त्री यादवले बताए ।   मन्त्री यादवले जनसम्वाद कार्यक्रममार्फत् आएका सल्लाह, सुझाव र गुनासा अनुसार मन्त्रालय तत्काल अगाडि बढ्ने र आफ्ना कामकार्वाही सच्चाउनुका साथै ढिलासुस्ती र अपारदर्शिता हटाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE