Ntc summer Offer
Khabar Dabali २९ बैशाख २०८१ शनिबार | 11th May, 2024 Sat
NIMB

सार्वजनिक यातायातमा कालोबजारीः यात्रुसँग मनपरी भाडा

\"public काठमाडौं । भारतको अघोषित नाकाबन्दीलाई कारण देखाउँदै यातायात व्यवसायीले कालोबजारी गरी यात्रुसँग सके जति भाडा असुल्न थालेका छन् । डिजेल नपाएर ८० रुपैयाँको तेललाई ३०० तिरेर कालोबजारियासँग हाल्यौँ भन्दै मनपरी भाडा असुल्न थालेका यात्रुले गुनासो गरेका छन् । कालोबजारियासँग तेल किनेकाले बढी भाडा लिएका हौँ भन्दै खुलेआम लिन सकिने जति भाडा असुल्दा पनि यातायात व्यवस्था विभागले अनुगमन नगरेको यात्रुको दुखेसो छ । चक्रपथको स्वयम्भूदेखि जयबागेश्वरीसम्मको भाडा २५ हुनुपर्नेमा कालोबजारियासँग तेल किनेको भन्दै ६५ तिर्न बाध्य पारेको यात्रु ध्रुव शाहले बताए । ‘तोकिएको भन्दा बढी भाडा किन उठाएको भन्दा तेल लिन पाँच दिनसम्म लाममा बस्यौँ, पाउन नसकेपछि कालोबजारियासँग ३०० सय लिटरमा तेल किन्यौँ, तोकिएको भाडा तिर्ने भए ८० रुपैयाँको तेल ल्याइदिनूस् भनी बसका सहयोगी जङ्गिए’– आफूले भोगेको घटना सुनाउँदै उनले भने । शाह मात्र होइन असोजपछि सार्वजनिक यातायातमा यो समस्या भोग्ने यात्रुको सङ्ख्या धेरै छ । यातायात व्यवस्था विभागले भदौ २५ मा लागू गरेको भाडादरको सबैभन्दा पहिले पारदर्शीरुपमा कार्यान्वयन गराएर प्रशंसा कमाएको कीर्तिपुर बस व्यवसायी सङ्घका बसले समेत कालोबजारियाको नाममा मनपरी भाडा असुल्न थालेको यात्रुको गुनासो छ । सङ्घका बसले उपत्यकामै पहिलोपटक न्यूनतम १३ रुपैयाँ भाडा र विद्यार्थी सहुलियत गर्दा हुन आउने न्यूनतम सात रुपैयाँको दूरीसहितको सूची टाँसेर प्रशंसनीय काम गरेको थियो । सिटी यातायात पनि कालोबजारियाका नाममा यात्रुसँग मनपरी भाडा असुल्नेमा अग्रस्थानमा रहेको उपभोक्ता मञ्च नेपालका मध्यमाञ्चल संयोजक रोशन पोखरेलले बताए । यो यातायातमा बागबजारस्थित भक्तपुर बसपार्क अगाडिको पेट्रोलपम्पमा तेल हालेपछि त्यसमै चढेर यात्रा गर्दा कालोबजारियासँग तेल किनेको भन्दै सरकारले तोकेभन्दा तीन गुणा बढी भाडा लियो, बा२ख ८७४४ नंको यो बसले ८० रुपैयाँमा तेल हालेको मैले देखेको थिएँ ‘उनले भने । सिटी यातायातका बा।३ख ५६३५ र बा३ख ४९१७ नंका बसले पनि यात्रुसँग सके जति भाडा उठाइरहेका छन् । सार्वजनिक यातायातले लाममा बसेर ८० रुपैयाँमा तेल हाल्ने र कालोबजारियासँग तेल हालेको भन्दै सकेजति भाडा उठाउने क्रम उपत्यकामा बढ्दा पनि विभागले अनुगमन गर्नतिर ध्यान नदिएको मञ्चका पोखरेलले बताए । विभागका निर्देशक नवीन पोखरेल कार्यालयमा भएका तीनवटै सवारीमा तेल सकिएकाले अनुगमन गर्न नसकिएको दाबी गर्छन । ‘सुरुमा नाकाबन्दीमा के अनुगमन गर्ने भनेर चुप बस्यौँ, तर पछि नाकाबन्दीका नाममा सार्वजनिक यातायातमा कालोबजारिया र मनपरीतन्त्र फस्टाएको सूचना पाएकाले अनुगमनको आवश्यकता महसुस गरिएको छ ’–उनले भने । विभागको अनुगमन शाखा प्रमुख वसन्त अधिकारी १५ दिनदेखि बिदामा रहेकाले पनि अनुगमन गर्न नसक्दा यातायातमा कालोबजारिया फस्टाएको उनले जानकारी दिए । यस सम्बन्धमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष दिनेश भण्डारी भाडा बढाउने निर्णय नभएकाले यसअघि सरकारले तोकेकै भाडादरमा सवारी सञ्चालन गरिनुपर्ने बताउँछन् । उनले भने –‘बढी भाडा लिने कमजोरी कतै भएको भए तिनलाई यसो नगर्न सम्झाउँछौँ, तेल कम पाइने र नाकाबन्दीले राष्ट्रिय सङ्कटका समयमा यात्रुलाई सास्ती नदिन आग्रह गरेका छौँ, अहिलेलाई भाडा वृद्धिको निर्णय पनि भएको छैन ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies