Ntc summer Offer
Khabar Dabali २९ बैशाख २०८१ शनिबार | 11th May, 2024 Sat
NIMB

भारतीय गृहमन्त्री राजनाथले बेइजिङ्मा के गरे ?

\"rajnath-singh_\"काठमाडौं । भारतीय गृहमन्त्री राजनाथ सिंह विगत चार दिनदेखि चीन भ्रमणमा छन् । तीन दिन बेइजिङ्मा रहेका सिंह तीन दिन सांघाइमा रहने छन् । भारतीय गृहमन्त्रीको चीन भ्रमण झण्डै दश वर्षपछि भएको हो । दश वर्षअघि सन् २००५ मा गृहमन्त्रीको हैसियतमा शिवराज पाटिल चीन भ्रमणमा गएका थिए । एक दशकपछि सिंहलाई चीन भ्रमणको अवसर मिलेको हो । भारतको कुटनीतिक मामिलामा पनि पोख्त मानिने राजनाथको चीन भ्रमण यस्तो बेलामा भएको छ कि जतिबेला अर्को छिमेकी मुलुक नेपालसँग ठूलो वैमनष्यता उत्पन्न भएको छ । यहिबीचमा भएको भारतीय गृहमन्त्रीको बेइजिङ् भ्रमणलाई महत्वका साथ हेरिएको छ । पूर्वको आतंककारीलाई पुग्ने हतियारको मुद्दाबारेमा छलफल गर्न भारतीय गृहमन्त्री सिंहको चीन भएको भनिए पनि उनको चीन भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । ६ दिने चीन भ्रमणमा गएका सिंहले चीनमा आफ्ना समकक्षीदेखि उच्च अधिकारीहरुसँग भेट गरेका छन् । नेपालीको बढ्दो भारतविरोधी भावना र चीन   भारतीय गृहमन्त्री सिंहले चिनियाँ प्रधानमन्त्री ली क्विंगसँग भेटघाट गर्नुका साथै स्टेट काउन्सिलर तथा सार्वजनिक सुरक्षा मन्त्रालयका मन्त्री गुओ शेंगकुनसँग पनि बेइजिङ्मा द्विपक्षीय वार्ता गरेका छन् । उनले सुरक्षा मन्त्रालयका मन्त्री गुओसँग भेट गरी बेइजिङ्मै संयुक्त बक्तब्यमा हस्ताक्षर गरेको चिनियाँ समाचार एजेन्सीले उल्लेख गरेका छन् । भारतले नेपालको मधेसको मुद्दालाई लिएर नाकाबन्दी गरेपछि नेपाललाई इन्धन दिँदै आएको भारतसँगको सम्बन्धलाई तिलाञ्जली दिँदै चीनसँग इन्धन आयातमा ब्यापारिक सम्झौता गर्न नेपालले पहल गरिरहेको छ । चरम इन्धन संकटमा गुज्रिएको नेपाललाई चीन अनुदानको तेल मात्र नदिएर ब्यापारिक सम्झौता गर्न तत्पर भएपछि चीनले नै नेपालीहरुलाई भारतविरुद्धमा उचालीरहेको आरोप लगाएको छ । भारत–चीनबीच ब्यापारिक सम्झौता गरी नजिक भइरहेका बेला नेपाल मामिलामा चीनले भूमिका खेलेको भन्दै चीनप्रति नै आक्षेप लगाएको भारतले चीनसँगको सम्बन्धलाई मजबुत बनाउँदै चीनसँगको ब्यापार विस्तार गर्ने रणनीतिमै छ । नेपाल–चीन सहयोगबारे चासो दिएनन् त्यसैले भारतले गरेको नाकाबन्दीका बेला चीनले नेपाललाई गरेको सहयोगबारे भारत सरकारले स्पष्ट धारणा बाहिर ल्याएको छैन । यद्यपी सिंहले नेपाललाई चीनले गरेको सहयोग र सम्झौताबारेमा कुनै चासो भने दिएनन् । आतंककारीहरुका लागि हुने गरेको हतियार तस्करीका बारेमा बेइजिङ्मा वृहत्तर रुपमा छलफल गरेका सिंहले आफ्नो चीन भ्रमणबाट चीन–भारत द्विपक्षीय सम्बन्ध सुदृढ हुने विश्वास ब्यक्त गरेका छन् । चीन भ्रमणबाट उत्साहित भारतीय गृहमन्त्री सिंह आफ्नो चीन भ्रमणलाई ऐतिहासिक उपलब्धी मान्दै निकै उत्साहित देखिएका छन् । उनले बेइजिङ् प्रस्थान गर्नुअघि भारतीय मिडियाका संवाददाताहरुसँग आफ्नो चीन यात्रालाई लिएर आफू निकै उत्साहित भएको बताएका थिए । उनले चीनसँगको गहिरो सम्बन्ध विस्तार गर्न गर्न सफल बन्ने समेत विश्वास ब्यक्त गरेका थिए । आतंकवादसँग जोडिएको मुद्दाका साथै दुई देशबीच सुरक्षा सहयोगसम्बन्धी वार्ता निकै उपलब्धीपूर्ण रहेको बताइएको छ । सिंहको चीन भ्रमणसँगै उक्त सुरक्षा सहयोगले भारतको पूर्वोतर राज्यमा रहेका आतंककारी समूहलाई हुने हतियार आपूर्ति चीनबाट पूर्णरुपमै प्रतिवन्ध लगाउन मद्दत मिल्ने भारतको अपेक्षा छ । भारतीय गृहमन्त्री सिंहको चीन भ्रमणसँगै नेपालप्रतिको चिनियाँ चासो कम हुने पनि भारतको विश्वास छ । सिंहको चीन भ्रमणले दुवै पक्षको राजनीतिक विश्वास अझ सुदृढ बनाउने प्रयास पछिल्लो वर्ष चिनियाँ राष्ट्रपति सी जिनपिङको भारत भ्रमण तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणको दौरानमा भएको थियो । सिंहको चीन भ्रमणअघि चीनका एक शीर्ष सैन्य अधिकारीको हालै भएको भारत भ्रमण नै दुर्लभ रहेको भारतीयहरु बताउँछन् । चीन भ्रमणमा रहेका सिंह साेमबार भारत फर्किँदैछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies