Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

भारतीय गृहमन्त्री राजनाथले बेइजिङ्मा के गरे ?

\"rajnath-singh_\"काठमाडौं । भारतीय गृहमन्त्री राजनाथ सिंह विगत चार दिनदेखि चीन भ्रमणमा छन् । तीन दिन बेइजिङ्मा रहेका सिंह तीन दिन सांघाइमा रहने छन् । भारतीय गृहमन्त्रीको चीन भ्रमण झण्डै दश वर्षपछि भएको हो । दश वर्षअघि सन् २००५ मा गृहमन्त्रीको हैसियतमा शिवराज पाटिल चीन भ्रमणमा गएका थिए । एक दशकपछि सिंहलाई चीन भ्रमणको अवसर मिलेको हो । भारतको कुटनीतिक मामिलामा पनि पोख्त मानिने राजनाथको चीन भ्रमण यस्तो बेलामा भएको छ कि जतिबेला अर्को छिमेकी मुलुक नेपालसँग ठूलो वैमनष्यता उत्पन्न भएको छ । यहिबीचमा भएको भारतीय गृहमन्त्रीको बेइजिङ् भ्रमणलाई महत्वका साथ हेरिएको छ । पूर्वको आतंककारीलाई पुग्ने हतियारको मुद्दाबारेमा छलफल गर्न भारतीय गृहमन्त्री सिंहको चीन भएको भनिए पनि उनको चीन भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । ६ दिने चीन भ्रमणमा गएका सिंहले चीनमा आफ्ना समकक्षीदेखि उच्च अधिकारीहरुसँग भेट गरेका छन् । नेपालीको बढ्दो भारतविरोधी भावना र चीन   भारतीय गृहमन्त्री सिंहले चिनियाँ प्रधानमन्त्री ली क्विंगसँग भेटघाट गर्नुका साथै स्टेट काउन्सिलर तथा सार्वजनिक सुरक्षा मन्त्रालयका मन्त्री गुओ शेंगकुनसँग पनि बेइजिङ्मा द्विपक्षीय वार्ता गरेका छन् । उनले सुरक्षा मन्त्रालयका मन्त्री गुओसँग भेट गरी बेइजिङ्मै संयुक्त बक्तब्यमा हस्ताक्षर गरेको चिनियाँ समाचार एजेन्सीले उल्लेख गरेका छन् । भारतले नेपालको मधेसको मुद्दालाई लिएर नाकाबन्दी गरेपछि नेपाललाई इन्धन दिँदै आएको भारतसँगको सम्बन्धलाई तिलाञ्जली दिँदै चीनसँग इन्धन आयातमा ब्यापारिक सम्झौता गर्न नेपालले पहल गरिरहेको छ । चरम इन्धन संकटमा गुज्रिएको नेपाललाई चीन अनुदानको तेल मात्र नदिएर ब्यापारिक सम्झौता गर्न तत्पर भएपछि चीनले नै नेपालीहरुलाई भारतविरुद्धमा उचालीरहेको आरोप लगाएको छ । भारत–चीनबीच ब्यापारिक सम्झौता गरी नजिक भइरहेका बेला नेपाल मामिलामा चीनले भूमिका खेलेको भन्दै चीनप्रति नै आक्षेप लगाएको भारतले चीनसँगको सम्बन्धलाई मजबुत बनाउँदै चीनसँगको ब्यापार विस्तार गर्ने रणनीतिमै छ । नेपाल–चीन सहयोगबारे चासो दिएनन् त्यसैले भारतले गरेको नाकाबन्दीका बेला चीनले नेपाललाई गरेको सहयोगबारे भारत सरकारले स्पष्ट धारणा बाहिर ल्याएको छैन । यद्यपी सिंहले नेपाललाई चीनले गरेको सहयोग र सम्झौताबारेमा कुनै चासो भने दिएनन् । आतंककारीहरुका लागि हुने गरेको हतियार तस्करीका बारेमा बेइजिङ्मा वृहत्तर रुपमा छलफल गरेका सिंहले आफ्नो चीन भ्रमणबाट चीन–भारत द्विपक्षीय सम्बन्ध सुदृढ हुने विश्वास ब्यक्त गरेका छन् । चीन भ्रमणबाट उत्साहित भारतीय गृहमन्त्री सिंह आफ्नो चीन भ्रमणलाई ऐतिहासिक उपलब्धी मान्दै निकै उत्साहित देखिएका छन् । उनले बेइजिङ् प्रस्थान गर्नुअघि भारतीय मिडियाका संवाददाताहरुसँग आफ्नो चीन यात्रालाई लिएर आफू निकै उत्साहित भएको बताएका थिए । उनले चीनसँगको गहिरो सम्बन्ध विस्तार गर्न गर्न सफल बन्ने समेत विश्वास ब्यक्त गरेका थिए । आतंकवादसँग जोडिएको मुद्दाका साथै दुई देशबीच सुरक्षा सहयोगसम्बन्धी वार्ता निकै उपलब्धीपूर्ण रहेको बताइएको छ । सिंहको चीन भ्रमणसँगै उक्त सुरक्षा सहयोगले भारतको पूर्वोतर राज्यमा रहेका आतंककारी समूहलाई हुने हतियार आपूर्ति चीनबाट पूर्णरुपमै प्रतिवन्ध लगाउन मद्दत मिल्ने भारतको अपेक्षा छ । भारतीय गृहमन्त्री सिंहको चीन भ्रमणसँगै नेपालप्रतिको चिनियाँ चासो कम हुने पनि भारतको विश्वास छ । सिंहको चीन भ्रमणले दुवै पक्षको राजनीतिक विश्वास अझ सुदृढ बनाउने प्रयास पछिल्लो वर्ष चिनियाँ राष्ट्रपति सी जिनपिङको भारत भ्रमण तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणको दौरानमा भएको थियो । सिंहको चीन भ्रमणअघि चीनका एक शीर्ष सैन्य अधिकारीको हालै भएको भारत भ्रमण नै दुर्लभ रहेको भारतीयहरु बताउँछन् । चीन भ्रमणमा रहेका सिंह साेमबार भारत फर्किँदैछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE