Ntc summer Offer
Khabar Dabali २९ बैशाख २०८१ शनिबार | 11th May, 2024 Sat
NIMB

पाठ्यक्रम परिमार्जन शिक्षामन्त्री पोखरेलको उद्धघोष

\"girirajmaniकाठमाडौँ । शिक्षा मन्त्रालयले शिक्षालाई अन्तर्राष्ट्रिय मापदण्डको समकक्षी बनाउन विद्यालयदेखि विश्वविद्यालयसम्मका पाठ्यक्रम परिमार्जन गर्ने प्रक्रिया थालनी गर्ने भएको छ । शिक्षा मन्त्रालयले शुक्रबार राजधानीमा आयोजना गरेको ‘सार्वजनिक सुनुवाई’ मा बोल्दै शिक्षामन्त्री गिरीराजमणि पोखरेलले शिक्षाक्षेत्रको समग्र विकासका लागि आफ्नोतर्फबाट तयार गरिएको अवधारणापत्र प्रस्तुत गर्दै नेपालको शिक्षालाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धात्मक बनाउन यो प्रक्रिया आवश्यक रहेको बताएका हुन् । मन्त्री पोखरेलले शैक्षिक विकासका निम्ति प्राप्त वैदेशिक लगानीलाई देशको प्राथमिकताको क्षेत्रमा खर्च गर्ने नीति अबलम्बन गर्न एकद्वार प्रणाली लागु गरिने र शैक्षिक परामर्शदाताको नियमन व्यवस्था प्रभावकारी बनाउन निर्देशिकामा आवश्यक संशोधन गरी त्यसलाई कडाइका साथ कार्यान्वयनमा ल्याइने बताए । प्रस्तुत अवधारणापत्रमा प्राविधिक एवम् व्यवसायिक शिक्षा र तालिम कार्यक्रमलाई विस्तार गर्न कार्ययोजना बनाई कार्यान्वयन गरिने र यसका क्षेत्रगत सन्तुलन, पूर्वाधार विकास, गुणस्तर सुनिश्चिततामा समेत जोड दिई आवश्यक भौतिक पूर्वाधार तथा मानवीय संशाधन विकास गरी प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिमलाई थप उत्पादनमुखी बनाइने उल्लेख छ । यस्तै, प्राकृतिक प्रकोपका कारण क्षति पुगेका विद्यालय भवनको आवश्यकताअनुसार निर्माण, पुनःनिर्माण, रेट्रोफिटिङ् र नक्साङ्कनको आधारमा स्थानान्तरण गर्ने कार्य बढीमा तीन वर्षभित्र सम्पन्न गर्ने र ती संरचना प्रकोप व्यवस्थापनमैत्री र विद्यार्थीमैत्री हुने जनाइएको छ । त्यसैगरी, एसएलसी परीक्षा मूल्याङ्कनमा यसै शैक्षिक सत्रबाट ‘लेटर ग्रेडिङ्ग’ प्रणाली कार्यान्वयनमा ल्याइने, शैक्षिक सत्र २०७४ देखि बालबालिकाको मनोविज्ञान अनुकूल हुनेगरी कक्षा एकदेखि पाँचसम्मको पाठ्यपुस्तक रङ्गीनमा छपाई गरिनेछ । सङ्घीय व्यवस्थाअनुरुप नयाँ शिक्षानीति निर्माण, शिक्षाको पुनःसंरचना, शैक्षिक व्यवस्थापन तथा गुणस्तरीयता अभिवृद्धिका लागि शिक्षा मन्त्रालयले आफ्ना मातहतका निकायको प्रशासनिक पुनःसरचना गर्न आवश्यक सुझाव दिन उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग गठन गरिने पनि जनाइएको छ। शिक्षामन्त्रीका रुपमा पदबहाली गरिसकेपछि मन्त्री पोखरेलले पहिलो पटक मन्त्रालयले आयोजना गरेको यसप्रकारको कार्यक्रममा आफैँ सहभागी भई मन्त्रालयको शिक्षासम्बन्धी नीति तर्जुमा, योजना निर्माण तथा कार्यक्रम कार्यान्वयनका लागि मार्गचित्र प्रस्तुत गरेका थिए । उनले सो अवधारणापत्रलाई राजनीतिक दल तथा सरोकारवालासँग बृहत छलफल गरी कार्यान्वयनमा ल्याइने बताएका थिए ।  कार्यक्रममा सरोकारवालाले सामुदायिक र निजी विद्यालयबीचको द्वैध खालको शिक्षा नीति परिवर्तन गर्ने सम्बन्धी, अस्थायी शिक्षकका समस्या तथा अभिभावकका सवाललाई सम्बोधन नगरिएकोप्रति गुनासो गरेका थिए । ९रासस०
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies