Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

माओवादीले हतियार विसाएपछिको एक दशक: राष्ट्रको उपलब्धि, माओवादीलाई घाटा

\"janasena\"काठमाडौं । नेपाल सरकार र तत्कालिन नेकपा माओबादीबीच विस्तृत शान्ति सम्झौता भएको झण्डै एक दशक भएको छ । बि.स. २०६३ मंसीर ५ गते नेपाल सरकारको तर्फबाट तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा (माओवादी)को तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए ।   दश वर्षे जनयुद्ध हुँदैं शान्ति प्रक्रियामा आएको एक दशक पूरा हुँदै गर्दा थुप्रै उतार चढावहरु भएका छन् । दश वर्षे जनयुद्धलाई विसाएर शान्ति प्रक्रियामा आएपछि मुलुकमा राजनीतिक हिसावले ठूलै परिवर्तनहरु भए । यो बीचमा भएको सबैभन्दा ठूलो उपलब्धि भनेको पहिलो पटक जनताको तर्फबाट नयाँ संविधान जारी हुनु हो ।   मुलुकमा एक सय ३५ वर्षदेखि जरा गाडेर बसेको राजतन्त्रको समुल नष्ट भई संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ भने जनताबाट निर्वाचित जनताको छोराछोरी राष्ट्रपतिसम्म भए । मुलुक राज्य पुनर्संरचनाको बाटोमा अघि बढिरहेका छ भने केन्द्रिकृत शासन प्रणालीको अन्त्य भई संघीय राज्य प्रणालीको कार्यान्वयनको प्रक्रियामा रहेको छ ।   शान्ति सम्झौतापछिका उपलब्धीहरु मुलुकको राज्यसत्ता जनताको हातमा हुनुपर्ने संकल्पमा साथ तत्कालिन नेकपा (माओवादी)ले सशस्त्र जनयुद्ध थालनी गरेको थियो । जतिबेला माओवादीले जनताको मुक्ति गर्ने सेनाको स्थापना गर्यो । त्यही सेना राज्यसत्ताको विरुद्ध लड्यो । फलस्वरुप संसदवादी सात राजनीतिक दल र तत्कालिन नेकपा (माओवादी) बीच १२ बुँदे समझदारी हुँदै विस्तृत शान्ति सम्झौताहरु भए ।   विस्तृत शान्ति सम्झौतापछि संयुक्त राष्ट्र संघको निगरानीमा माओवादी सेनालाई क्यान्टोन्मेन्टमा राख्ने काम गरियो । त्यसपछि ऐतिहासिक संविधानसभाको निर्वाचन सम्पन्न गरियो । क्यान्टोन्मेन्टमा राखिएका माओवादी सेनालाई नेपाली सेनामा समायोजन गरियो । पहिलो ऐतिहासिक संविधानसभाबाट संविधान जारी हुन नसकेपछि पुनः दोस्रो संविधानसभाको निर्वाचन सम्पन्न गरी नयाँ संविधान जारी गरिएको छ ।   नयाँ संविधान जारी भएसँगै तत्कालिन दशवर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनको उपलब्धीहरुलाई केही संस्थागत गर्ने कामहरु भएका छन् । नयाँ संविधानले गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता जस्ता विषयलाई संस्थागत गर्ने काम गरेको छ ।  जुन एउटा मुलुकको लागि सफलताको विषय मान्नुपर्छ ।   माओवादीका उपलब्धीहरु जनयुद्ध, जनआन्दोलन, संविधानसभा र नयाँ संविधान हुँदै यहाँसम्म आइपुग्नुको जस भनेकै माओवादी जनयुद्ध हो । त्यसैले माओवादी जनयुद्धबाट अहिलेको अवस्थासम्म आइपुग्दा माओवादीले के उपलब्धी हासिल गर्यो त ? भन्ने प्रश्न उठ्नु स्वभाविक नै हो । माओवादी जनयुद्धकै बलमा वर्षौदेखिको राजतन्त्र अन्त्य भई गणतन्त्रको स्थापना भयो । गणतन्त्रको स्थापनालाई नै माओवादीको मुख्य उपलब्धी मान्नुपर्छ ।   गणतन्त्र स्थापनापछि माओवादी सरकार हुँदै नयाँ संविधान जारी र माओवादी जनयुद्धकै कमाण्डर उपराष्ट्रपतिको पदसमेत सम्हाल्न पुग्नु पनि माओवादीको अर्को उपलब्धी हो । दश वर्षे जनयुद्ध हुँदै शान्ति प्रक्रियामा आएसँगै माओवादी मुलुककै पहिलो राजनीतिक शक्तिका रुपमा उदय हुन पुग्यो । माओवादी मुलुककै ठूलो पार्टी भई संविधानसभामा प्रतिनिधित्व गर्न पुग्यो । सर्वहारा वर्गको मुक्तिको खातिर भन्दै लडेको माओवादीलाई जनताले ठूलो भरोसा राखे । फलस्वरुपत निर्वाचनको प्रक्रियाबाट मत दिएरै ठूलो पार्टी पनि बनाइदिए । यो पनि माओवादीको अर्को सफलता थियो ।   माओवादी जनयुद्धले स्थापना गरेको महिला नेतृ जयपूरी घर्ती भन्छिन्– ‘जययुद्ध, जनआन्दोलन, १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र नयाँ संविधानसम्म आइपुग्दा राजनीतिक हिसावले केही महत्वपूर्ण उपलब्धीहरु भएका छन् ।’   माओवादीप्रतिको जनविश्वास दश वर्षे जनयुद्ध हुँदै विस्तृत शान्ति सम्झौताको एक दशकको अन्तरालमा माओवादीले हासिल गरेका उपलब्धीहरु संस्थागत हुने प्रक्रियामा त रहेका छन् । तर माओवादीले अहिलेको चरणसम्म आइपुग्दो जनविश्वास गुमाएको छ । ठूलोे बलिदानी गरेर आएको माओवादीप्रतिको विश्वासले मुलुककै ठूलो पार्टी भई जनताको आशा र भरोसाको केन्द्र बनेको माओवादीले केही वर्षभित्रै जनताको विश्वास भने गुमाउन पुगेको छ । पहिलो संविधानसभाको निर्वाचनबाट देशकै सबैभन्दा ठूलो पार्टी बनेको माओवादी सरकार गठन र द्वन्द्व ब्यवस्थापनको प्रक्रियामा आइपुग्दा टुक्रा टुक्रा हुन पुग्यो भने जनताबाटै स्खलित हुन पुगेको छ । माओवादी नेताहरुमा देखिएको सत्तालिप्सा र आर्थिक लाभकै कारण पनि जनविश्वास गुम्न पुग्यो । विभाजित हुँदै गएपछि माओवादीको शक्ति कमजोर हुन थाल्यो । तत्कालिन युद्धका बेला जनता र कार्यकर्ताहरुलाई जुन सपना बाँडियो ति कुनै बिच बाटोमा अलपत्र जस्तै छन् । शहीद परिवार तथा माओवादी कार्यकर्ताकै उचित ब्यवस्थापन गर्न नसक्दा माओवादीप्रतिको विश्वास झनझन् गुम्दै गयो ।   माओवादीले शान्ति सम्झौताको झण्डै एक दशकको अवधिमा केही उपलब्धीहरु हासिल त गर्यो तर त्यो भन्दा बढी माओवादीमाथिकै जनविश्वास गुमाउन पुगेको माओवादी युद्धकी महिला नेतृ घर्तीको बुझाई छ । टुटफुटका कारण माओवादीको शक्ति कमजोर हुँदै गएको छ भने आफूसँग रहेको सेनासमेत गुमाउन पुगेको अवस्था छ । शहीद परिवार तथा माओवादी कार्यकर्ताहरुको ब्यवस्थापन गर्न नसक्नु नै माओवादीको ठूलो कमजोरी रहेको जयपूरी बताउँछिन् ।   अबको बाटो माओवादीले जन विश्वास आर्जन गरेको थियो, ती सबै केही वर्षभित्रमा नै गुमाउन पुगेको छ । त्यसैले आफ्नो गुमेको साख फिर्ता गर्न फेरि पनि अथक प्रयास आवश्यक पर्ने माओवादीकै नेताहरु स्वीकार्छन् ।   माओवादीलाई अहिलेको अवस्थामा गुमेको विश्वास आर्जन गर्नु निकै चुनौतीपुर्ण छ । त्यसैले फेरि पनि जनताको विश्वास लिन टुटफुटको अवस्थामा पुगेका माओवादी शक्तिहरु एक ठाउँमा उभिनु आवश्यक छ । दशवर्षे जनयुद्धका बेला र शान्ति स्थापनाको प्रारम्भिक समयमा देखिएको लहर पैदा गर्नका लागि माओवादी नेताहरुको चिन्तन परिवर्तन गर्नु आवश्यक छ । पुरानो चिन्तन परिवर्तन गर्दै नयाँ ढंगले पार्टीलाई संगठित गर्दै लैजानुपर्ने आवश्यकता रहेको स्वयं माओवादीहरु बताउँछन् ।   फेरि माओवादी आन्दोलनलाई एकढिक्का भई अघि बढाउनु र राष्ट्रको नेतृत्व लिएर उत्पीडित समुदायको विश्वास लिनु नितान्त आवश्यक देखिन्छ भने मुलुकको समृद्धिको बाटोतर्फ अग्रसर हुन अबको आवश्यकता हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE