Ntc summer Offer
Khabar Dabali १७ आश्विन २०८० बुधबार | 4th October, 2023 Wed

खाडी मुलुक छाडेर सुन्तलाखेतीमा लागेका कृषक जिल्लाकै उत्कृष्ट

\"orangeपर्वत । एक दशकभन्दा बढी खाडी मुलुकमा पसिना बगाएर स्वदेश फर्किएका उत्तरी पर्वतको विकट गाउँ शालिजाका कृषक नरु पाइजा जिल्लामै उत्कृष्ट बनेका छन् । साउदी अरबमा बसेर गतिलो कमाइ गर्न नसकेपछि स्वदेश फर्किएर कृषि पेसा अङ्गालेका पाइजा अहिले जिल्लाकै नमुना कृषक बन्न सफल भएका हुन् । उनले व्यावसायिक सुन्तलाखेती गर्दै आएका छन् । उनी सुन्तला बिक्रीबाट छोटो समयमै पाँच लाख आम्दानी गर्न सफल भएका छन् । घर वरिपरि रहेको १० रोपनी जग्गामा व्यावसायिकरुपमा सुन्तलाखेती गरेका पाइजाले वार्षिक पाँच लाख  आम्दानी गर्दै आएको बताउँछन् । छोटो अवधिमै जिल्लाकै उत्कृष्ट बन्न सफल भएकामा उनले राष्ट्रपति जिल्लास्तरीय कृषक पुरस्कार समेत प्राप्त गरेका छन् । पैतीसौँ विश्व खाद्य दिवसको अवसर पारेर उनलाई पुरस्कृत गरिएको हो । जिल्लाका ४९ जना कृषकले आवेदन दिएकामा उनी उत्कृष्ट ठहरिएको जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ । उनी ८२ नम्बर प्राप्त गर्न सफल भएका थिए । अहिले उनको घरमा ३५० वटा सुन्तलाका बोट रहेका छन् । यसमध्ये अहिले ५०÷६० वटा बोटले मात्रै फल दिने गरेका छन् । आफ्नो उत्पादन सदरमुकाम कुश्माबजार, बागलुङ, म्याग्दी र पोखरासम्म पनि पुग्ने गरेको पाइजाले बताए । सुन्तला मात्र हैन, पाइजाले गाउँमै व्यावसायिक कुखुरापालन पनि गर्दै आएका छन् । उनको फार्ममा अहिले ३०० भन्दा बढी ब्रोइलर कुखुरा छन् । ग्रामीण क्षेत्रमा मासुको मागलाई पूरा गरेको उनको अनुभव छ । पचास वर्षीय कृषक पाइजा भन्छन् – विदेश गएर १० वर्ष बिना उपलब्धि बिताइएछ । पहिल्यैदेखि गाउँमै बसेर सुन्तलाखेती गरेको भए अहिले वार्षिक रु १० लाखभन्दा बढी आम्दानी गर्नसक्ने रहेछु । विदेश बसेको समयको अहिले पछुतो लागेको छ । स्वदेश फर्केलगत्तै उनले जिल्ला कृषि विकास कार्यालयमार्फत तालिम र परामर्श लिएर सुन्तलाखेतीमा लागेका हुन् । खाद्य दिवसको अवसरमा उनीबाहेक अन्य दुईजना कृषकले पनि राष्ट्रपति पुरस्कार प्राप्त गरेका छन् । कुस्मा नगरपालिकाका बङ्गुरपालक कृषक प्रेमबहादुर गुरुङ र कार्किनेटा गाविसका कफी उत्पादक कृषक भवानीप्रसाद शर्मा पनि पुरस्कृत भएका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Alphabet Education Consultancy Pioneer Software Technologies Salt Trending