Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

‘एक थोपा पानी खाएर बाँचिन्छ, तर राष्ट्रिय स्वाभिमान बेचिन्न’–मन्त्री पासवान

\"Biswendra_paswan\"भक्तपुर । विज्ञान तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले वर्तमान सङ्कटमा देशको राष्ट्रिय स्वाभिमान बेचिने गरी कुनै सम्झौता नहुने बताएका छन् । सिवर्ड इन्टरनेसनल कलेज, ठिमीले यहाँ आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा उनले राष्ट्र, राष्ट्रियता, देशको स्वाधीनता र सार्वभौमिकतामा आँच आउने कुनै पनि कुरामा सरकारले सम्झौता नगर्ने बताए । ‘हिमालबाट आएको एक थोपा पानी खाएर पनि बाँच्न चाहन्छौँ तर राष्ट्रिय स्वाधीनता बेच्न चाहदैनौं र बेच्दैनौ –मन्त्री पासवानले भने , ‘राष्ट्रिय स्वाभिमानलाई कायम राख्दै हामी हाम्रो देशभित्रको समस्या समाधान गर्छौ, यसमा सरकार लागिरहेको छ ।’ अब सबै नेपालीले घर घरमा साइकल चलाउने र घरघरमा धुँवारहित चुलोको प्रयोग गर्ने अभियान चलाउनुपर्नेमा जोड दिँदै मन्त्री पासवानले घर घरमा सौर्यऊर्जाको व्यवस्था गरेर उज्यालोमैत्री शिक्षाको व्यवस्था गर्न सरकार लागिपरेको बताए । उनलउे आफ्नो मन्त्रालयले विज्ञान, प्रविधि र वातावरण शिक्षामा विद्यावारिधि गर्न विदेश जानेलाई निःशुल्क शिक्षाको व्यवस्था गर्न लागेको जानकारी पनि गराए । उनले आन्दोलनरत मधेसकेन्द्रित दललाई लक्षित गर्दै भने –‘वार्तामा बसेर समस्याको समाधान खोजौँ, तर वार्तामा नबस्ने र सधैँ जनतालाई दुःख दिने काम अति भयो भने तपाईँहरुको मति बिगे्रको सावित हुनेछ, हाम्रो होइन ।’ सो अवसरमा  उत्कृष्ट विद्यार्थी दीपेन्द्र थापा, सन्जुपिला श्रेष्ठ, अन्य विद्यार्थी दीक्षा बाँस्कोटा, रीना महतो र कलेजका पूर्वविद्यार्थी जिना प्रजापति, मीरा प्रजापति, जिनु प्रजापति र अनामिका प्रजापति तथा गायक अविनाश घिसिङलाई सम्मान गरिएको थियो । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE