Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

भारतकै चलचित्र निर्माताले गरे नाकाबन्दीको विरोध

काठमाडौँ । भारतीय चलचित्र निर्माताले भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दीले नेपाली जनजीवनमा चरम मानवीय सङ्कट उत्पन्न गरेकाले यस्तो बेला नेपाली जनतालाई साथ दिने बताएका छन् । यहाँ जारी फिल्म साउथ एसियामा भाग लिन यसैहप्ता भारतबाट आएका उनीहरुले आज विज्ञप्ति निकाल्दै भारतीय सरकारकै कारणले करिब डेढ महिनादेखि नाकाबन्दी जस्तो अनैतिक कार्य भइरहेकाले त्ससबाट पछि हट्न आग्रह गरेका छन् । विज्ञप्तिमा भनिएको छ, “नाकामा अवरोध गर्ने भारतीय सरकारको गैरजिम्मेवारपूर्ण कामको दुई महिना नाघिसकेको छ, यसले नेपालको अर्थतन्त्रलाई धरासायी पारेको छ ।” साथै, केही महिनाअघि गएको भूकम्प र तराई आन्दोलन भइरहेका बेला भएको नाकाबन्दीले उद्योगधन्दा व्यापार व्यवसायमा नराम्रो असर परेको मात्र नभएर नेपालीको दैनिकी कष्टकर बन्दै गएको, अस्पतालमा औषधिका अभाव भएको तथा राष्ट्रिय अर्थतन्त्रमै गम्भीर असर परेकोप्रति दुःख प्रकट गरेका उनीहरुले समाधानका लागि ऐक्यबद्धता जनाएका हुन् । चलचित्र निर्माताले नेपाल एक सार्वभौम स्वतन्त्र राष्ट्र भएकाले उसले बाह्य हस्तक्षेपबिना नै आफ्नो आन्तरिक मामिला आफैँ हल गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले नेपालको अवस्थालाई गम्भीरतापूर्वक लिई यसबारे भारतीय नागरिकको हैसियतमा आफ्नो देशको सरकार र अन्तर्राष्ट्रिय समुदायलाई छिटो अन्त्य गर्न आग्रह गरेका छन् । साथै, नेपाल–भारतबीचको विगतको घनिष्ट सम्बन्ध कायम राख्न तत्काल नाकाबन्दी हटाउनुपर्ने र अझ सुमधुर सम्बन्ध बनाउन सबै लाग्नुपर्नेमा उनीहरुले जोड दिएका छन् । विज्ञप्ति जारी गर्ने फिल्म निर्मातामा  दीप्ति मुराली, हेमन्त गाबा, इफ्फात फातिमा, नकुलसिंह साहनी, प्रतिक शेखर, सञ्जय काक, शुभ्रा दीक्षित, स्वेता घोषलगायत छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending