मंसिर ५ गते, २०७२ शनिवार 21st November, 2015 Sat२१:४२:०३ मा प्रकाशित
काठमाडौं । नेपाली काँग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले राष्ट्रको जिम्मेवारीबाट नेपाली काँग्रेस कहिल्यै पछाडि नहट्ने बताएका छन् ।
नेपाली काँग्रेस लमजुङ–काठमाडौँ सम्पर्क समितिले आज आयोजना गरेको ‘वेग स्मारिका’को विमोचन समारोहमा बोल्दै कार्यवाहक सभापति पौडेलले नेपाली काँग्रेसको आधारभूमि तराई भएको भन्दै मधेसी जनताको भावनालाई समेटेर अगाडि बढ्न काँग्रेस कटिबद्ध भएको बताए । उनले, “हामी मधेसी नेता र सरकारको मध्यस्तता गरेर अगाडी बढ्छौँ ।”
नेता पौडेलले नेपाली काँग्रेस राष्ट्रवादी शक्ति भएकाले मुलुकलाई जोगाउने प्रमुख जिम्मेवार नेपाली काँग्रेसको काँधमा रहेको स्पष्ट पारे । उनले संविधान निर्माण हुनु ऐतिहासिक कार्य भएकाले मधेसका जायज मागलाई शंशोधनमार्फत टुङ्याउन सकिने बताए । “सरकार गम्भीर भए मधेसको समस्या तत्काल समाधान हुने थियो”, कार्यवाहक सभापति पौडेलले भने ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् राज्य व्यवस्था समितिका सभापति दिलबहादुर घर्तिले नेपाली काँग्रेसको नेतृत्वमा बनेको संविधान कार्यान्वयन गर्न पार्टी सभापति सुशील कोइरालाले प्रधानमन्त्री पदमा उमेद्वार दिएको बताए ।
उनले देशमा संविधान निर्माण भएकाले अब मुलुकलाई विकासको बाटोमा अगाडी लैजानु आवश्यक रहेको औँल्याए ।
नेपाली काँग्रेस लमजुङका सभापति कृष्णप्रसाद कोइरालाले आगामी १३ औँ महाधिवेशनमा पार्टीभित्र देखिएको ६०÷४० को भागवण्डा अन्त्य गरेर अगाडी बढ्नु आवश्यक रहेको बताए । उनले काठमाडौँभित्र बसेर राजनीति गर्नुभन्दा स्थानीय तहमा गएर त्यहाँको वस्तुस्थित बुझेर अगाडी बढ्न आग्रह गरे ।
कार्यक्रममा पूर्व जलश्रोत राज्यमन्त्री रामबहादुर गुरुङ, नेपाली काँग्रेस लमजुङका पूर्व सभापति तुलसीनारायण श्रेष्ठ, क्षेत्रीय सभापति विष्णु धिताल, लमजुङ–काठमाडौँ सम्पर्क समितिका अध्यक्ष लक्ष्मीकान्त पौडेल, नेपाल विद्यार्थी सङ्घ लमजुङ–काठमाडौँ सम्पर्क समितिका अध्यक्ष किशोर पौडेल, नेपाली काँग्रेस महासमिति सदस्य डा. टकराज गुरुङ, दलित आयोगकी सदस्य कोपीला विश्वकर्मालगायतले हिमाल, पहाड, तराई, पूर्व, पश्चिम, उत्तर, दक्षिण सम्पूर्ण भागका जनताको भावनालाई नेपाली काँग्रेसले समेटेर अगाडी बढ्न पार्टी नेतृत्व गम्भीर हुनुपर्नेमा जोड दिए ।
सो अवसरमा लमजुङ मिडिया नेटवर्क प्रालीका अध्यक्ष वृद्धसिंह गुरुङ नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । उनले कार्य वाहक सभापति पौडेलले पार्टी प्रवेश गराएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: