Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

बाबुरामका नयाँ शक्ति अभियन्ताहरूको जमघट काठमाडौंमा

\"baburam\"काठमाडौं । एकीकृत माओवादी परित्याग गरी नयाँ शक्ति अभियानमा लागेका डा.बाबुराम भट्टराईका समर्थकहरुको भेला काठमाडौका. चावहिलका शुरु हुँदैछ । आइतबारदेखि शुरु हुने भेलामा सहभागी हुन भट्टराईलाई साथ दिन भन्दै एमाओवादी छाडेका नेता कार्यकर्ताहरुको भेला हुँदैछ । झण्डै एक वर्षअघिदेखि एकीकृत माओवादीमै रहेर नयाँ शक्तिको वकालत गर्दै आएका भट्टराईले नयाँ शक्ति निर्माण गर्ने भन्दै केही समयअघि मात्रै एकीकृत माओवादीबाट बाहिरिएका थिए । भट्टराई बाहिरिएको केही समयपछि उनी समर्थक केही नेता कार्यकर्ताहरुले पनि भट्टराईको अभियानलाई साथ दिने भन्दै पार्टी छाडेका छन् । भट्टराईले माओवादी पार्टीलाई पुनगर्ठित गर्ने नभई नयाँ विचारलाई लिएर नयाँ शक्ति बनाउने बताए पनि आइतबार  माओवादी छाडेका कार्यकर्ताको भेला गर्न लागेका हुन् । भट्टराई समर्थक माओवादी कार्यकर्ताको भेलालाई नयाँ शक्तिको भेला भनिए पनि भट्टराईले भने नयाँ शक्तिको भेला नभएको बताएका छन् । आइतबारको भेला नयाँ शक्तिको भेला नभई माओवादी छाडेर नयाँ शक्ति अभियानमा लागेका अभियन्ताहरुको परामर्श भेला भएको भट्टराईको भनाइ छ । उनले नयाँ शक्ति गठनबारे देश विदेशमा रहेका नेपालीहरुबीच छलफल र परामर्श गरी नयाँ शक्ति निर्माण गरिने बताएका छन् । नयाँ शक्ति अभियानका क्रममा बुद्धिजिी, नागरिक समाज, अन्य राजनीतिक दलका नयाँ विचार राख्ने नेता कार्यकर्ता तथा नया जोस र उत्साह बोकेका युवाहरुबीच छलफल, अन्तरक्रियाहर भइरहेको भट्टराईले बताएका छन् । एक वर्षअघिदेखि नै नयाँ ढंगले अघि बढ्नुपर्ने भनी एमाओवादीभित्रै अभियान चलाएका भट्टराईले पार्टी छाडेपछि विभिन्न पक्षका ब्यक्तिहरुसँग नयाँ शक्ति निर्माण अभियानबारे छलफल चलाइरहेका छन् । राजधानीको चावहिलस्थित एस.आर ब्यांक्वेटमा देशैभरका नयाँ शक्ति अभियानमा लाग्ने प्रतिवद्धताका साथ लागेका अभियन्ताहरु जम्मा भएको बाबुराम निकटले एक नेताले बताए । भेलामा भट्टराईले नयाँ विचार तथा आफ्नो अवधारणाहरु प्रस्तुत गर्नेछन् । भट्टराईले पेश गर्ने अवधारणामाथि भेलामा वृहत्त छलफल हुने र भेलामा सहभागीहरुले नयाँ शक्ति अभियानका लागि सुझाव दिने कार्यक्रम रहेको छ । भेलामा करिब १ हजार नयाँ शक्तिका अभियन्ताहरु सहभागी हुने बताइएको छ । एमाओवादीबाट बाहिरिएका नेता कार्यकर्ताको भेलाको डा. भट्टराईले उद्घाटन गर्ने नयाँ शक्ति अभियन्ता गंगानारायण श्रेष्ठले बताए । माओवादी कार्यकर्ताको परामर्श भेला भनिए पनि भेलामा गैरमाओवादी नेता कार्यकर्ताहरु पनि सहभागी हुँदैछन् । भेलामा अतिथिका रुपमा नागरिक समाजका अगुवाहरु तथा पद्मरत्न तुलाधर, मल्ल के सुन्दर, पूर्व सभामुख दमननाथ ढुंगाना, बैंकर अनिल शाह, केही पाका पत्रकारहरु सहभागि हुने आयोजकले बताएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy