Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

विद्यालय खोल्न माग गर्दै परासीमा प्रदर्शन

\"school\"नवलपरासी । शैक्षिक संस्था खुला गर्न माग गर्दै विद्यार्थीहरुले आईतवार नवलपरासीको सदरमुकाम परासीमा प्रदर्शन गरेका छन् । मधेसमा भएको आन्दोलनका कारण लामो समयदेखि पठनपाठन हुँदा आफुहरुको भविश्य अन्यौलमा परेको भन्दै विद्यार्थीहरुले नाराबाजी गरेका थिए । शैक्षिक क्षेत्रलाई राजनीतिबाट टाढा राख्न माग गर्दै विद्यार्थीहरुले सरकारले पनि आन्दोलनरत पक्षका माग पूरा गर्नतर्फ तत्काल लागेर लामो समयसम्म मधेसमा देखिएको अन्यौलता अन्त्य गर्न माग गरेका थिए । आफुहरुको प्रदर्शन कुनै दल र सरकारप्रति लक्षित नभएको भन्दै विद्यार्थीहरुले पढ्न पाउने  वातावरण सृजना गर्नका लागी दबाब दिन बाध्य भएर सडकमा उत्रिएको बताएका छन् । उनीहरुले भूकम्पबाट बन्द भएका स्कुलहरु फेरी बन्द हड्तालले सुचारु हुन नसक्दा भविश्य अन्धकार भएको बताएका छन् ।  संयुक्त मधेसी मोर्चाको केन्द्रिय समितिले बिहानी सत्रमा स्कुल सञ्चालन खुला गर्ने जनाएपनि परासीमा भने जिल्ला तहको नेतृत्वले त्यसको कार्यान्वयन नगरेर पठनपाठन ठप्प पारेका छन् । तिहार र छठ पर्वका लागी बन्द खुला गरेका आन्दोलनरत मधेस केन्द्रित दलहरुले पुन ः मंसिर ५ गतेदेखि बन्दको आव्हान गरेका छन् । जसका कारण परासी क्षेत्र र दक्षिणभेगका सबै क्षेत्र ठप्प छन्  । साउन २५ देखि दाउन्ने पश्चिमा रहेको परासी क्षेत्र बन्द हुँदै आएको छ । विगतको बन्दमा पनि स्कुल नखोलेर आलोचित भन्दै आएका मोर्चाका कार्यकर्ताहरुले चौतर्फी दबाबपछि डेढ महिना पश्चात  स्कुल सञ्चालन गर्न दिएको थियो । स्कुल खोल्दा बालबच्चा पु¥याउन भन्दै मोटरसाईकल चलाउने र क्रमशः यातायात सञ्चालन हुन सक्ने भएकाले पठनपाठन बन्द गरिएको मोर्चाको भनाइ छ । बन्दका कारण  परासीसहित दक्षिणभेगका करिब १ सय ६० बढी विद्यालयको पठनपाठन प्रभावित बन्दै आएको छ  ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE