मंसिर ६ गते, २०७२ आइतवार 22nd November, 2015 Sun१६:५०:३० मा प्रकाशित
काठमाडौं । नेपाली मौलिकतामा आधारित भएर स्पाइनी ब्याब्लर क्रियसनले निर्माण गरेकोे नेपाली कथानक चलचित्र ‘धौली’ पुष १० गते देखि नेपाल भर प्रर्दशनमा आउने भएको छ । वितरणका लागि काठमाण्डौ वाहिर एफ डि कम्पनीसँग धौलीको निर्माण टिमले गरेको सम्झौता सँगै प्रर्दशित मिति तय भएको हो । चलचित्र ‘धौली’ काठमाण्डौ उपत्यकामा भने पुषको १७ गते वाट प्रर्दशन हुने गरी अर्कौ कम्पनी पककर्नलाई दिएको पनि निर्माण टीमका सदस्य कार्यकारी निर्माता किरण कुमार आत्रेयले जानकारी दिए ।
यस अगाडी चलचित्रको पहिलो प्रवद्र्धनात्मक भिडियो ओरजिनल साउण्ड ट्रयाक (ओएसटी) र पहिलो पोष्टर पनि सार्वजनिक भईसकेको छ । चलचित्र काठमाण्डौका मल्टीफ्लेक्स लगाएतका सवै हलहरु र उपत्यका वाहिरका ४० भन्दा वढी हलहरुमा एकै साथ प्रर्दशन हुने निर्माता सम्भु थापाले जानकारी दिए ।
केहि नयाँ र पुराना थिएटरका कलाकारहरुको अभिनय रहेको चलचित्रमा लोपोन्मुख कटुवाल प्रथा, झारा बोलाउने, झाँक्रीले पानी पिठोले पोल्ने, ढिकी–जाँतो गरेकोे लगायत गाउँघरका क्रियाकलाप समेटिएको छ । चलचित्रमा गाउँघरमा घट्ने सामाजिक र पारिवारिक घटनालाई व्यंग्यात्मक, मनोरन्जनात्मक र मर्मस्पशी तरिकाले देखाउने प्रयास गरिएको निर्देशक घनश्याम लामिछानेले बताए । निर्देशक लामिछाने लामो समयदेखि चलचित्र क्षेत्रमा क्रियाशील छन् । उनले दर्जनौं म्युजिक भिडियो र आधा दर्जन भाषाभाषीका चलचित्रको निर्देशन गरिसकेका छन् ।
सार्वजनिक भएको भिडियोमा गीता अधिकारी, विष्णु गौतम, प्रकाश घिमिरे, विद्या कार्की, सम्भु थापा र बाल कलाकार गोपाल भट्टराईको अभिनय देख्न पाइन्छ । सार्वजनिक उक्त गीतलाई ईन्टरटेन्मेन्ट व्याण्डले तयार पारेको हो भने गीतमा तारा श्रीष मगरको स्वर रहेको छ ।
चलचित्र यस अगाडी पोखरामा तीनपटक, लेखनाथ, दाङ, हेटांैडा, मलेसियाका विभिन्न स्थान र बेलायतमा सफतापूर्वक प्रर्दशन भईसकेको छ । मलेसियामा पुनः प्रदर्शनको तयारीमा रहेको धौली अस्ट्रेलिया, जापान, हङकङ, कतार, अमेरिकामा पनि प्रर्दशनको तयारीमा रहेको छ ।
चलचित्रमा गीता अधिकारी, विष्णु गौतम, गजित विष्ट, अनु शाह, प्रकाश घिमिरे, विद्या कार्की, सम्भु थापा, तेज गिरी, अर्जुन गोदार, निशा नेपाल, कुमार गुरुङ्ग, गोपाल भट्टराई, अशोक गुरुङ्ग आदीको अभिनय रहेको छ। चलचित्रमा प्रस्तुतकर्ता सम्भु थापा, कार्यकारी निर्माता किरण कुमार आत्रेय निर्माता सन्तोष आत्रेय, नरबहादुर गोदार र सम्भु थापा रहेका छन् । चलचित्रको छायांकन दिव्यराज सुवेदी, द्धन्द रोशन श्रेष्ठ, संगीत वसन्त सापकोटा र केवल घर्ती, प्रोडक्सन डिजाईन शंकर पाण्डे, कथा सन्तोष आत्रेय, पटकथा संवाद सम्भु थापा र सन्तोष आत्रेय, सम्पादक दीर्घ खड्का, ध्वनी मिश्रण उत्तम न्यौपाने, पाश्र्व संगीत जेशन कुवर, प्रचार प्रसार क्रियटिभ कुची, मुख्य सहायक निर्देशन परिच्छेद सेन ठकुरी, वोएस्टी गीत ईन्टरटेन्मेन्ट ब्याण्ड, उपकरण÷ल्याब श्यामशुक्ला फिल्म प्रोडक्सन र अश्लेसा ईन्टरटेन्मेन्ट, रंग संयोजन प्रविन मानन्धर, फोटोग्राफी केशबहादुर गुरुङ्ग रहेका छन् ।
भिडियो हेर्नको लागि यो लिंक उपलब्ध छ ।
https://www.youtube.com/watch?v=PTLl4JljRG0
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: