Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

सत्यराज आचार्यले खाडीका नेपाली मजदुरसँग किन माफी मागे ?

\"Satyaraj_acharya\"   काठमाण्डौं । साङ्गीतक कार्यक्रमका लागि अमेरिकामा पुगेका गायक सत्यराज आचार्यले आफूले खाडी मुलुकमा बसेका नेपालीप्रति आत्मसम्मानमा चोट पर्ने गरी फेसबुक स्ट्याटस लेखेकोमा माफी मागेका छन् । उनले आफ्नो कुरा घुमाएर यस्तो स्ट्याटस लेख्न बाध्य भएको भन्दै आफ्नै बचाउ समेत गरेका छन् । उनले भनेका छन् ‘मबाट गल्ती हुन गएको छ, खाडीमा बसेका सबै नेपाली दाजुभाइप्रति मेरो सम्मान छ ।’ उनले खाडीमा बसेका नेपालीलाई अपमान हुने गरी स्ट्याटस लेखेर उसलाई अनफ्राइन्ड र ब्लक गरेकोमा सगरमाथा जत्रो नाक बनाउँदै लेखेको स्ट्याटसमा खाडीमा रहेका नेपालीले आइन्दा आचार्यको गीतसमेत नहेर्ने भन्दै कमेन्ट र शेयर गरेपछि आचार्य लत्रिएर माफी माग्ने अवस्थामा पुगेका हुन् । उनको स्ट्याटस यस्तो थियोः \"satyaraj0000\" रहेछन् त यि विद्धान र सच्चा देशभक्त अनि के चाहीं गर्दा रहेछन् त हाम्रो देश नेपालमा बसेर भनि बुझ्ने कौतुहलता बढ्यो र वहाँको प्रोफाईलमा गएर नालीबेली पत्ता लगाउन मन लाग्यो ‘ हरे शिव १ मलाई देशको भार उचाल्न सिकाउन खोज्ने ति महाशय पनि उचाल्ने नै रैछन् तर उसलाई हटाएर जे बाँकी रहन्छ त्यहि‘अनि आफ्नो हैन अर्काकै देशमा अर्थात उहाँ बालुवा चाल्ने काम गर्नु हुँदो रै’छ त्यो पनि कतारमा बिगत धेरै बर्ष अघिदेखी‘यो देखेर मज्जाले हाँस उठ्यो र कता कता टिठ पनि लागेर आयो ति सज्जन प्रति‘ यसरी देशको सम्वेदनशिल बिषयलाई लिएर बहाँले आफु त्यो स्थितीमा रहेर यहाँ चाहीं मलाई जुन किसीमको कुरा सिकाउन खोज्नु भयो त्यो शिक्षा बापत बहाँलाई मनमनै धन्यवाद दिएँ र एउटा उपहार पनि त दिनै पर्यो नि भन्ठानें र दि पनि हालें तत्कालै एउटा दामी गिफ्ट‘ त्यो के थाहा छ यहाँहरुलाई ??? पहिला अन फ्रेण्ड अनि त्यसपछि ब्लक ।   नेपाली मजदुरहरुले यसरी प्रतिवाद गरे । \"satyaraj111\" उनले माफी यसरी मागे मैले लेखेको स्ट्याटसले धेरै उथलपुथल ल्याएछ र धेरैलाई मेरो बिरोधी बनाएछ । म साह्रै लज्जित छु यसका लागि । तर के र कसरी भयो, यो कुरा अलिकति प्रष्ट पारेर माफी माग्न चाहन्छु । तर जे भयो त्यो एकतर्फी मेरो मात्रै हेरेर, सुनेर भएको छ । वास्तवमा मैले किन त्यस्तो लेखेँ होला भनेर कसैले मलाई एक शब्दसम्म सोधेनन् बरु उल्टै ममाथि खनिए । म अमेरिकामा देशको यस्तो स्थिति हुँदा र सानो दुध खाँदै गरेको मेरो बच्चालाई समेत छोडेर आफ्नो कामको लागि आएको थिएँ तर ती सज्जनले ‘तँ पनि भगौडा होस् भाग्छस् र तँलाई मातृभूमिको श्राप लाग्छ’ आदिआदी धेरै नानाथरीको गालीगलौज गर्नुभयो बिना कसुर । अनि मैले पनि आवेशमा आएर त्यो स्ट्याटस लेखेको हुँ । तर मैले सोचिनँ यस्तो हुन्छ भनेर । एउटालाई लेखेकोले सबैलाई छोएछ त्यसको लागि म भित्री मनदेखि नै माफी चाहन्छु । मैलै जुन बालुवा चाल्ने भनेँ, त्यो सबैको काम हो र त्यसको म सम्मान गर्दछु । काम ठूलो सानो हुन्न । ती सज्जनले नै ‘म बालुवा चाल्छु कतारमा बसेर तैँलेचाहिँ के नापिस् र अमेरिका गएर रु’ भनेकैले मेरो दिमागमा त्यही कुरा थियो र सायद त्यही कुरा पोखियो । मलाई पनि धेरैले ‘ऐ गाइने’ ‘ऐ नौटङ्की’ भनेर बोलाएका छन् तर मेरो कामको त सम्मान गर्छन् नि । हो मैले पनि सारा खाडी मुलुकका नेपालीहरुको श्रम र पसिनाको सम्मान गर्छु । अझै कुरै गर्ने हो भने मेरा स्कुल, कलेज र टोलका अधिकांश साथीहरु खाडी मुलुकमै काम गर्छन् र म सारालाई सम्मान गर्छु । हाम्रा धेरै कार्यक्रमहरु खाडीमै आयोजना हुन्छन्, हाम्रा गीतहरु बढी त्यतै सुन्छन् र आज हामी ‘सत्य–स्वरूप’ भएका छौँ । अनि म आफ्नै नेपाली साथीलाई त्यो किसिमले सोचौँला र रु हो आवेशमा आएको थिएँ र माफी पनि माग्दैछु र अबदेखि आवेश नियन्त्रण गर्ने कसम पनि खान्छु तर कलाकारको पनि मन हुन्छ, हामीलाई पनि चित्त दुख्छ, हाम्रो पनि आँसु झर्छ, त्योचाहिँ खै कल्ले बुझ्ने हो के रु फेरि अन्तिममा एकचोटी मेरो कुराले दुःखी भएका सम्पूर्ण मनहरुलाई दश औँला जोडेर माफी माग्छु र आइन्दा यस्तो गल्ती न दोहोर्याउने विश्वास दिलाउँछु र म खाडी मुलुकमा रहने सम्पूर्ण नेपाली बुबाआमा, दाजुभा्रइ तथा दिदीबहिनीलाई एकदम सम्मान र सधैँ नै माया गरिरहनेछु । आजलाई यति ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies