Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

नेपाल आयत निगमको टोली चीन प्रस्थान, व्यावसायिक रुपमा इन्धन आयात गर्ने विषयमा छलफल गर्ने

\"nepal-chaina-flag\"काठमाडौँ । नेपाल आयल निगमको एक प्रतिनिधिमण्डल चीनबाट व्यावसायिक रुपमा इन्धन आयात गर्ने विषयमा छलफल गर्न सोमबार त्यसतर्फ गएको छ ।

प्रतिनिधिमण्डलले चिनियाँ पक्षसँग इन्धन आयातको प्राविधिक पक्षमा छलफल गरेपछि व्यापारिक सम्झौता गर्न वाणिज्य तथा आपूर्ति मन्त्रालयका उच्च अधिकारीको नेतृत्वमा अर्को टोली त्यसतर्फ पठाउने तयारी गरिएको छ ।

सोमबार त्यसतर्फ गएको प्रतिनिधिमण्डलमा निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराई र निर्देशक दीपक बराल छन् । नेपालले चीनको सरकारी कम्पनी पेट्रोचाइनाबाट इन्धन आयात गर्ने विषयमा प्रारम्भिक सम्झौता भने यसअघि नै गरिसकेको छ । सोही सम्झौताका आधारमा इन्धन आयातको प्रक्रिया अगाडि बढे पनि स्थानीय कर र आयातमा देखापर्ने विभिन्न जटिलताका विषयमा अन्तिम निष्कर्ष निस्कन नसकेपछि सरकारले पहिलो चरणमा निगमका अधिकारीलाई चीन पठाएको हो ।

टोलीले चिनियाँ अधिकारीसँग पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन र खाना पकाउने ग्यास आयातको विषयमा महत्वपूर्ण छलफल गर्ने निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए ।

केही दिनपहिले चीन गएका वाणिज्य तथा आपाूर्तिमन्त्री गणेशमान पुनले चिनियाँ अधिकारीसँग इन्धन खरिद गर्ने विषयमा अनौपचारिक छलफल गरेका थिए । छलफलका आधारमा चीन नेपाललाई व्यावसायिक रुपमा इन्धन दिन तयार भएको हो । निगमको टोलीको नेतृत्व चीनमा रहनुभएका नेपालका राजदूत महेश मास्केले गर्नुहुने छ । निगमको प्राविधिक टोलीले प्राविधिक तथा अन्य आयातका विषयमा छलफल गरेपछि सरकारको उच्चस्तरीय टोली चीन जाने र व्यापारिक सम्झौता गर्ने सरकारको तयारी रहेको छ ।

सरकारले वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको नेतृत्वमा कानुन, परराष्ट्र, अर्थ मन्त्रालयका उच्च अधिकारी चीन पठाउने तयारी गरेको थियो । केही विषयमा कुरा मिल्न बाँकी रहेकाले पहिलो चरणमा निगमका दुई अधिकारीलाई मात्रै चीन पठाइएको हो । भारतले अघोषित रुपमा नाकाबन्दी गरेपछि विभिन्न स्रोतबाट इन्धनको आपूर्ति गर्ने विषयमा छलफल गरेको सरकारले बङ्गलादेशबाट खाना पकाउने ग्यासबाहेक अन्य इन्धन आयात गर्न सकिने बताउँदै आएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE