Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

आयल निगमका तीन डिपो प्रमुख केन्द्रमा तानिए

काठमाडौं । वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगमका तीन डिपो प्रमुखमाथि विभागीय कारवाहीस्वरुप केन्द्रमा तानेको छ । यसअघि वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनले विवादित छविका व्यक्ति र कालोबजारी गर्नेहरुलाई तत्काल कारवाही गर्न आयल निगमलाई निर्देशन दिएका थिए ।

\"nepal-oil-nigam\"इन्धनको कालोबजारी गरेको आरोप लागेपछि रुपन्देहीको भलबारी डिपो प्रमुख दिनेश यादव, नेपालगञ्ज डिपो प्रमुख श्रीचन्द्र श्रेष्ठ र विर्तामोड डिपो प्रमुख बासुदेव भण्डारीलाई केन्द्रमा तानेको हो ।

अख्तियारले निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कामाथि समेत अनुसन्धान गरिरहेको छ ।

भलवारी डिपो प्रमुख यादवलाई केन्द्रमा तानेर उनको स्थानमा वीरगञ्जमा रहेका अशोक साहलाई ल्याइएको छ ।

आयल निगमको निर्णयविपरित यादवले स्याङ्जाका पेट्रोलपम्पहरुलाई ४३ हजार लिटर र काठमाडौंका पेट्रोलपम्पहरुलाई २४ हजार लिटर इन्धन सिधै उपलब्ध गराएका थिए ।

आयल निगमले नेपालगञ्ज डिपो प्रमुख श्रीचन्द्र श्रेष्ठको स्थानमा केन्द्रबाट विनितकुमार उपाध्यायलाई पठाएको छ । यस्तै झापाको विर्तामोड डिपो प्रमुख बासुदेव भण्डारीलाई पनि केन्द्रमा तानेर नयाँ प्रमुख पठाइएको आयल निगम उच्च स्रोतले जनाएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE