Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

सप्तरी दिनभर अशान्त, सबै स्वास्थ्य संस्था बन्दको घोषणा

राजविराज । सप्तरी सदरमुकाम राजविराज सोमबार दिनभर प्रहरी र आन्दोलनकारीबीचको झडपले तनावग्रस्त भएको छ । प्रहरीसँगको झडपमा पाँच जना घाइते भएका छन् । आन्दोलनकारीहरुले केही सरकारी कार्यालयमा आगजनी गरेका छन् ।

\"Saptari-tanab\"शनिबार र आइतबारको आन्दोलनमा प्रहरीको गोली लागेर तीन जनाको मृत्यु भएको आक्रोशमा मोर्चाका कार्यकर्ताहरुले सोमबार पनि विहानैदेखि ठाउँ–ठाउँमा प्रदर्शन गरे । प्रदर्शनकारी र प्रहरीबीच साँझसम्म पनि झडप जारी थियो ।

प्रहरीको लाठी प्रहारबाट राजविराज ६ का भारत्तोलनका राष्ट्रिय खेलाडी मनोज यादवसहित पाँच जना घाइते भएका हुन् । यादवलाई जिल्लामा उपचार हुन नसकेपछि थप उपचारका लागि सुनसरीको धरान लगिएको छ । उनको अवस्था गम्भीर छ ।

राजविराजमा भएको प्रदर्शन रोक्ने प्रयासमा प्रहरीले एक दर्जन सेल अश्रुग्यास प्रहार गरेको थियो ।

प्रहरीले स्कर्टिङ गरेको बसलाई प्रदर्शनकारीले रोक्न खोज्दा कञ्चनरुप नगरपालिकाको बेरियरमा पनि दुई घण्टासम्म झडप भएको थियो । झडपका क्रममा प्रहरीले आधा दर्जन हवाई फायर गरेको थियो ।

भारदहमा आन्दोलनकारीले एकजना घुमुवा प्रहरी जवान उमेश मण्डल चढेको को ३ प ३१३६ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएर आगजनी गरेका छन् । आन्दोलनकारीहरुले भारदहमै बा ६२ प ४१६२ नम्बरको मोटरसाइकलमा पनि आगजनी गरे ।

नापी कार्यालयको बा १ झ ३४०९ नम्बरको गाडीमा समेत आगजनी भएको छ । कार्यालय प्राङ्गण भित्रै छिरेर मोर्चाका कार्यकर्ताहरुले गाडीमा आगो लगाइदिएका थिए । आगोमा जलेर गाडी क्षतिग्रस्त भएको छ ।

कोइलाडी बर्साइनस्थित प्रहरी चौकी र तिलाठीस्थित भन्सार कार्यालयमा पनि आगजनी भएको छ ।

जिल्लाका स्वास्थ्य संस्था बन्द

यसैबीच मधेस आन्दोलनमा प्रहरीले ज्यादती गरेको भन्दै जिल्लाका स्वास्थ्यकर्मीहरुले सम्पूर्ण स्वास्थ्य संस्था बन्द गरेका छन् ।

प्रहरीले आइतबार आन्दोलनकारी लुकेको भन्दै राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पतालभित्र प्रवेश गरी जथाभावि कुटपिट गरेको थियो । प्रहरीको लाठी प्रहारबाट केही स्वास्थ्यकर्मी र विरामीका कुरुवाहरु घाइते भएका थिए ।

त्यसको विरोधमा जिल्लाका स्वास्थ्यकर्मीहरुले सोमबार राजविराजमा संयुक्त पत्रकार सम्मेलन सुरक्षाको ग्यारेन्टी नभएसम्म स्वास्थ्य संस्था तथा सरकारी कार्यालय नखोल्ने घोषणा गरेका हुन् ।

सगरमाथा अंचल अस्पतालले अस्पताल परिसर भित्रै पाल टाँगेर आकस्मिक सेवा दिने व्यवस्था मिलाएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies