Khabar Dabali २७ बैशाख २०८३ आईतवार | 10th May, 2026 Sun

बाबुरामको नयाँ शक्तिको संरचना एमाओवादीको जस्तै

\"Baburam-Meeting\"काठमाडौं । पूर्व माओवादी नेता डा. बाबुराम भट्टराईको नयाँ शक्तिको सांगठनिक संरचना पनि एकीकृत माओवादीको जस्तै बनेको छ । पूर्व माओवादीहरु सम्मिलित दुई दिने भेलाले नयाँ शक्ति निर्माण अभियानको सांगठनिक सरचना पनि एकीकृत माओवादीकै जस्तो १३ प्रदेशको हुने भएको छ । नयाँ संविधानअनुसारको सात प्रदेशको विरोधमा तराई–मधेसमा आन्दोलन चलिरहेकोले उक्त सीमांकन अस्वीकार्य भएकाले १३ प्रदेशको सांगठनिक संरचना बनाइएको भट्टराईका अभियन्ताहरुले बताएका छन् । सात प्रदेशको सीमाकन हेरफेर गर्नेपर्ने बाध्यता रहेकाले केही समयका लागि १३ प्रदेशको सांगठनिक संरचना निर्माण गरिएको उनीहरुको भनाइ छ । भेलाले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई नयाँ शक्ति निर्माण अभियानको संयोजक तोकेको मंगलबार राजधानीको बानेश्वरमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । भट्टराईको संयोकत्वमा गठित समितिले सबै जिल्लाहरुमा नयाँ निर्माण अभियान सञ्चालन गर्ने निर्णय गरेको अभियन्ता देवेन्द्र पौडेल सुनिलले बताए । नयाँ शक्ति अभियानमा लागेका भट्टराईले तत्काल नयाँ पार्टी घोषणा भने नगर्ने जनाएका छन् । पार्टी घोषणा गर्नुअघि अभियानले प्रारम्भिक सदस्यता घोषणा गर्ने जनाइएको छ । अभियानले आगामी दुई महिनाभित्र संगठन र आन्दोलन पनि घोषणा गर्ने नेता सुनिलले बताए । एकीकृत माओवादीमा छँदै झण्डै एक वर्षअघि नै नयाँ शक्तिको वकालत गरेका भट्टराईले नयाँ शक्तिमा माओवादी विचारमात्र नभई सवै पक्षलाई समेटिने बताए पनि नयाँ शक्तिको प्रारम्भिक अभियानमा भने एमाओवादी छाडेकाहरु मात्रै लामवद्ध भएका छन् । यस्ताे छ तत्कालीन कार्यविभाजन केन्द्रीय संयोजक    –    डा. बाबुराम भट्टराई किराँत–लिम्बूवान–कोचिला संयोजक    –    राजेन्द्र किराती मिथिला–भोजपुरा संयोजक    –    रामचन्द्र झा नेवा:–ताम्सालिङ संयोजक    –    गंगा श्रेष्ठ तमूवान–बाग्लुङ–म्याग्दी संयोजक    –    देवेन्द्र पराजुली मगरात–अबध–थारुवान संयोजक    –    वामदेव क्षेत्री भेरी–कर्णाली संयोजक    –    भक्तबहादुर साह सेती–महाकाली संयोजक    –    नवराज सुवेदी जबस–मोर्चा संयोजक    –    कुमार पौडेल अन्तर्राष्ट्रिय संयोजक    –    हिसिला यमी जातीय मोर्चा संयोजक    –    रामकुमार शर्मा
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending