Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

यस्तो छ नेपालको आन्तरिक मामिला समाधान हुनै नदिने भारतीय खेल

\"nepal_india_flag\"काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष तथा सरकार संचालन संयन्त्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो हप्ता आफ्नो आन्तरिक मामला सल्ट्याउन अहोरात्र मेहनत गरिरहेका छन् ।   प्रचण्डले मधेस आन्दोलनको सम्बोधन र नाकाबन्दी खुल्ला गराउन प्रधानमन्त्री केपी शर्मा ओली र एमालेका नेताहरु, कांग्रेस शीर्ष नेताहरु, मधेसवादी दल लगायतका सरोकार सबै पक्षसँग आन्तरिक छलफल चलाए । मुख्यतः प्रधानमन्त्री केपी शर्मा ओलीलाई मनाएर अघिल्लो हप्तामात्रै मधेस आन्दोलनलाई सम्बोधन गर्न सिमाकंनमा केही विकल्पसहितका प्रस्ताव समेत ल्याए । उनले ल्याएको प्रस्तावमा पश्चिमका २ जिल्ला र पूर्वका २ जिल्लालाई विवादित जिल्लाका रुपमा राख्दै पश्चिमका बाँके र कैलालीसमेत राखेर थारु मागको सम्बोधन र पूर्वका सुनसरीको तल्लो भूगोल मधेसपट्टी राखेर उपल्लो भूगोल टुक्र्याउने प्रस्ताव थियो । मधेसवादी दल प्रचण्डको उक्त प्रस्तावप्रति सकारात्मक थिए । तर, नेपाली कांग्रेस र एमालेकै केही नेता उक्त प्रस्ताव मान्न तयार नभएपछि छलफल अघि बढेन ।   मंगलबार मात्रै पनि प्रचण्डले मधेसवादी नेता महन्थ ठाकुर, उपेन्द्र यादव र लक्ष्मणलाल कर्ण लगायतकासँग गम्भीर छलफल गरी देश बर्बाद हुनबाट जोगाउन अपीलसहित प्याकेजमा सामाधान खोज्ने गर्ने निष्कर्षमा मधेसी नेताहरुलाई सहमत गराएका छन् । तर प्रचण्डको यो योजना पनि तुहाउने खेलमा भारतीय पक्ष रहेको खबरडबलीलाई भारतीय दूतावास स्रोतले बतायो । स्रोतका अनुसार भारतीय सरोकार मधेसी मुद्दामा भन्दा पनि संविधान संशोधन गराएर नेपाललाई हिन्दू राष्ट्र बनाउनेमा केन्द्रित छ । भारतीय पक्षको यस्तो कुटील उद्देश्य पूरा नभएसम्म उ सामाधान हुन दिने पक्षमा छैन । पछिल्लोपटक मधेस आन्दोलनलाई समाधान गर्न प्रधानमन्त्री ओली पनि सकारात्मक छन् तर एमालेकै केही नेता  र कांग्रेस समस्या समाधानमा वाधक बन्ने देखिन्छ ।   स्रोत भन्छ– ‘मधेसवादी दल प्रचण्डको प्रस्तावमा सहमत भएपनि कांग्रेस र पूर्वी जिल्लाका स्थानीय उचालेर उक्त प्रस्ताव पारित हुन नदिने योजना भारतीय दूतावास अहिले लागिरहेको छ । भारतीय सरोकार हिन्दु राष्ट्रसँग हो । त्यो नहोउन्जेल उसले मधेस हल गरिए अखण्डवालालाई उचाल्ने छ र अर्को समस्या खडा गर्नेछ ।’   भारतीय पक्षको यस्तो षड्यन्त्र रहेको बुझेका प्रचण्ड र ओलीबीचमा मधेस समस्या राजनीतिक रुपमा सम्बोधन गर्ने र अझै नमाने या नटेरे सेना परिचालन गरेर भएपनि राजमार्गहरु संचालन गर्ने  योजनामा एमाले कांग्रेसकै केही नेताहरु वाधक रहेकाले यो योजना पनि सफल हुनेमा भने उनीहरु आफैं विश्वस्त हुन सकिरहेका छैनन् ।   तर पछिल्लोपटक सकेसम्म राजनीतिक रुपमा समस्या सामाधान गर्ने र नसके सरकारका तर्फबाट एकतर्फी सम्बोधन गर्ने  र सुरक्षाकर्मी परिचालन गरेर भएपनि नाका खुल्ला गर्ने योजनामा प्रधानमन्त्री ओलीले मनस्थिति बनाएको बताइन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies