Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

बाबुरामको नयाँ शक्ति कि भारतभक्ति ?

\"bishnuबाबुराम भटराई आत्मप्रचारमा रमाउने, संगठन गर्न नसक्ने, संगठनमा पकड राख्न नसक्ने, चिनियाँ पात्र चुकेल्यांग जस्तो सबै काम आफैँ गर्न सक्छु भन्ठान्ने, आफूलाई सर्वज्ञाता ठान्ने, आफ्ना कामलाई मात्रै राम्रो देख्ने, स्वदेशी शक्तिभन्दा विदेशी भक्तिमा विश्वास राख्ने एकजना निम्न पुँजीवादी चरित्रका व्यक्ति हुन् । ढोंगलाई बौद्धिकताको आवरणले छोप्न माहिर बाबुराम भटराईको नयाँ शक्ति वास्तवमा भारतभक्तिबाहेक केही पनि होइन ।
संवैधानिक संवाद समितिको सभापतिका हैसियतले आफैँले तयार गरेको अन्तिम प्रारुपले औपचारिक रुप लिँदा बाबुराम भटराई खुसी हुनुपर्ने थियो तर त्यस संविधानको ऐनामा आफ्नो राजनीतिक भविष्य देखेनन् र संविधान जारी हुनासाथ एमाओवादी छाडेर बाहिरिए । बाहिरबाट हेर्दा बाबुराम भटराई त्यति दाउपेच जान्दैनन् वा गर्दैनन् । मुलुकको समृद्धिका विषयमा उनका सोचहरु अरुका भन्दा ठोस नै छन् । अनि चिन्तनका हिसावले पनि उनी केही नगरी बस्न सक्दैनन् ।   तर, पार्टी राजनीतिमा चाहिं बाबुराम भटराई पूर्णतः असफल नेता देखिन्छन् । माधव नेपालको सरकार हुञ्जेल कठपुतली भनेर रत्नपार्कमा नारा लगाउनेमध्ये उनी पनि एक थिए  । तर, पछि रातारात उतैको तारतम्यमा मधेसी मोर्चासँग सम्झौता गरेर उनी प्रधानमन्त्री भए । त्यसभन्दा अघि आफूले सधैँभरि जडसूत्रवादी भनेर आलोचना गर्ने गरेका मोहन बैद्यसँग धोवीघाट गठबन्धन बनाएर आफू प्रधानमन्त्री हुन उनले गरेको प्रयास पनि यहाँनेर उल्लेखनीय छ । अर्थात्, बाबुराम भटराईको सैद्धान्तिक बोली र व्यवहारमा पहिलादेखि नै रहेको अन्तरले अहिले नयाँ शक्ति गठनसम्म आइपुग्दा पनि निरन्तरता नै पाएको देखिन्छ ।   नयाँ शक्ति गठनका लागि बाबुरामले पक्कै पनि यत्तिकै हिम्मत गरेका छैनन् । उनका पछाडि अघोषितभन्दा घोषित शक्ति नै लागेको छ भन्ने प्रस्ट भइसकेको छ । बाबुराम भटराईले नयाँ शक्ति गठनको ताहुरमाहुर गर्नु र नेपालमाथि भारतबाट नाकाबन्दी लाग्नु एकै पटक भएको छ । यतिसम्मका लागि बाबुराममाथि आरोप लगाउनु उचित हुँदैन । तर, त्यस नाकाबन्दीलाई उनले जसरी परिभाषित गर्दै आफ्नो शक्ति आर्जन गर्ने अवसरका रुपमा प्रयोग गर्न खोजेका छन्, यसबाट उनको नियत सफा छैन भन्ने देखिन्छ । उनी महन्थ ठाकुर, राजेन्द्र महतो, उपेन्द्र यादवहरुकै स्वरमा स्वर मिलाउँदैछन्, यो नाकाबन्दी नेपालीले गरेका हुन् भारतले होइन । बाबुराम जत्तिकै भारतमै शिक्षादिक्षा लिएको, पार्टीभित्र कारवाहीमा पर्दा पनि उतैको शुभेच्छाले मुक्त भएको, उतैको जोडबलले प्रधानमन्त्री भएको व्यक्तिले भारतले के गर्छ भन्ने बुझेका छैनन् भन्न सकिन्न । सबैलाई थाहा छ, भारतलाई नेपालको संविधान मन परेको छैन किनभने पहिलो पटक नेपालका राजनीतिक दलहरुले भारतको आदेश हुबहु मान्न अस्वीकार गरे । उतैको इशारामा उठबस गर्दै आएको नेपालको राजनीतिले स्वतन्त्रतापूर्वक आफ्नो बाटो पक्रिँदा भारतलाई औडाहा भएको छ । तर, त्यसरी उसलाई औडाहा हुँदा बाबुराम भटराईलाई चाहिँ किन पसिना आएको होला ? बुझ्न नसकिने कुरा यहीँनेर छ ।   भारत समस्यामा छ । ०६२ ६३ को जनआन्दोलनपछि प्रयोगका रुपमा उसले नयाँ पार्टीहरु बनायो । कांग्रेसबाट विजय गच्छदार, जेपी गुप्ताहरुलाई निकालेर उपेन्द्र यादवको फोरममा लगाउनु र कांग्रेसबाटै महन्थ ठाकुरलाई निकालेर नयाँ पार्टी बनाउनु एउटै योजनाका अंग थिए । पहिलो संविधानसभाको निर्वाचनमा त्यसबाट अपेक्षित सफलता पनि प्राप्त भयो तर परिणाम सोचे जस्तो भएन । उनीहरुको लोकप्रियता छिटै समाप्त भएर गयो र चार वर्षभित्रै लगानी खेर गयो । त्यही कारणले भारतका लागि नेपालमा भरपर्दो शक्ति चाहिएको छ, जसले पहाडी समुदायको पनि केही न केही प्रतिनिधित्व गर्न सकोस् । बाबुराम भटराईको नेतृत्वमा त्यस्तो शक्ति बनाउन सक्ने हो भने त्यसबाट आफ्ना अपेक्षाहरु पूरा गर्न सकिन्छ भन्ने भारतलाई लागेको हुन सक्छ ।   उग्र कम्युनिस्टहरुले चर्का कुरा गर्छन् । वास्तविक कुरा लुकाएर बनावटी आदर्शका धेरै भाषण छाँट्ने भएकाले कुनै विन्दुमा पुगेर त्यो वास्तविकता यसरी उजागर हुन्छ कि ढाकछोप गर्ने पनि कुनै ठाउँ बाँकी रहँदैन । अनि कम्युनिस्ट आन्दोलनमा अर्को एउटा सधैँभरि प्रयोग हुने उक्ति पनि छ, उग्र कम्युनिस्टको पतन दक्षिणपन्थमा हुन्छ । बाबुराम भटराईको हकमा पनि त्यही देखिँदैछ । उनको कथित नयाँ शक्तिको सिद्धान्त के हुन्छ ? उनले पहिलेदेखि भन्दै आएझैँ सशस्त्र क्रान्ति हुँदै समाजवाद र साम्यवादमा पुग्ने हुन्छ कि उपेन्द्र यादव, अशोक राईहरुको काँध चढेर कसैको विश्वासपात्र बन्ने हुन्छ ? अरविन्द केजरीवाललाई माननपिता बनाएर आरम्भ गरिने कथित नयाँ शक्तिको अभियान सत्तादेखि सत्तासम्म घुमिरहने चक्रबाहेक अरु केही होला जस्तो कम्तीमा केजरीवाललाई हेर्दा लाग्दैन ।   बाबुराम भटराई नयाँ शक्ति भन्नु नै सबभन्दा बेकारको कुरा हो । हिजो केही  समयसम्म माओवादीलाई पनि यसैगरी नयाँ शक्ति भनेर ध्वनि प्रदुषण नगरिएको होइन । जबकि, कम्युनिस्ट दुनियाँका सबभन्दा पुराना सिद्धान्तमध्ये एक पर्दछ । त्यसैगरी, आज ६० वर्ष कटेका, प्रधानमन्त्री र पटकपटक मन्त्री बनेका, सांसद् भइसकेका व्यक्तिहरुलाई जम्मा गरेर नयाँ शक्ति भन्नु आफैँमा एक प्रहसन मात्र हुन्छ । त्यसको बदलामा बरु उनले अर्कै नाम राखेर नयाँ पार्टी बनाउँछु भनेको भए त्यसमा कसैले टाउको दुखाइरहनुपर्ने थिएन ।   सारमा बाबुराम भटराई आत्मप्रचारमा रमाउने, संगठन गर्न नसक्ने, संगठनमा पकड राख्न नसक्ने, चिनियाँ पात्र चुकेल्यांग जस्तो सबै काम आफैँ गर्न सक्छु भन्ठान्ने, आफूलाई सर्वज्ञाता ठान्ने, आफ्ना कामलाई मात्रै राम्रो देख्ने, स्वदेशी शक्तिभन्दा विदेशी भक्तिमा विश्वास राख्ने एकजना निम्न पुँजीवादी चरित्रका व्यक्ति हुन् । ढोंगलाई बौद्धिकताको आवरणले छोप्न माहिर बाबुराम भटराईको नयाँ शक्ति वास्तवमा भारतभक्तिबाहेक केही पनि होइन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies