Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

मधेस आन्दोलन र नाकाबन्दीबारे के भन्छन् लेखक कलाकार ?

\"cover_kalakar\"तराई आन्दोलन र भारतीय नाकाबन्दीको कारण देश अस्तव्यस्ततामा गुिग्ररहेको छ । आम नेपालीहरु चर्को अभाव झेल्न विवश छन् । भूकम्पले भत्काएको मनहरु झनै छिया छिया भएको छ । यही सन्दर्भमा कलाकार/लेखकहरुको दृष्टिकोणमा यसको निकास के हुन सक्छ ? समधानका उपायहरु के हुन सक्लान् ? भन्ने कोणबाट हामीले केही कवि कलाकारहरुलाई सोधेका थियौं । प्रस्तुत छ उनीहरुको विचार ।   पहाडले पनि त सगरमाथा बेच्न सक्छ नयनराज पाण्डे, साहित्यकार \"nayanraj\"अहिले हठको राजनीति भइरहेको छ। पहिला त दुबै पक्षले हठ त्याग्नु प¥यो । काठमाडौंले मधेसलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुप¥यो । मधेसले पनि काठमाडौंलाई हेर्ने दृष्टिकोण फेर्नु प¥यो ।  म आफू पनि मधेसको भएको नाताले त्यो उपेक्षाको भावना मैले पनि प्रकारान्तरले भोगेको छु । मधेसलाई राज्यको मुलधारमा ल्याउने कोशिस पहिला भएको थिएन। अब हुन थालेको छ । मधेसलाई मनोवैज्ञानिक त्रास र हिनताको भावनाबाट मुक्त गराउनुपर्छ ।  शासन व्यवस्थामा प्रतिनिधित्व गर्नुपर्छ । मधेसलाई अधिकार दियो भने कोशी कर्णाली बेच्छ भन्ने आशंका छ । त्यसो त पहाडले पनि त सगरमाथा बेच्न सक्छ की ? एकअर्काप्रतिको अविश्वासको भावना हटाउनुपर्छ ।         फेसबुकको राष्ट्रियताले हुँदैन रेखा थापा, नायिका \"Rekhaवार्तामा नबसी समस्याको समधान हुँदैन । हरेक पक्षलाई समेटेर लान्ु पर्छ । स्वाभिमान नगिर्ने गरी सहमति गर्नुपर्छ । सम्पूर्ण चलचित्र क्षेत्र तनावग्रस्त छ । हाम्रा दर्शकहरु हलसम्म जान पाएका छैनन् । ब्याक अफ इन्डिया भन्छौं । तर कुनै नयाँ हिन्दी चलचित्र आयो भने दौडेर हेर्न जान्छौं । फेसबुकमा मात्रै राष्ट्रियताको कुरा गरेर हुँदैन । साच्चै नै राष्ट्रियताको भावना छ भने सबै जना मिल्नु पर्छ । सबैजना राजनैतिक पार्टीको कार्यकर्ता भएका छौं । जनता छैनौं । मलाई जनता देखाईदिनुस्, खोइ जनता ? कसले माया गर्ने यो देशलाई ? हामी कुनै न कुनै पार्टीको झण्डामुनि छौं । सबै जना जनता हुनु प¥यो । समस्या राज्यले हल गर्नुपर्छ । तराई आन्दोलन कसरी मिलाउने त्यो राज्यको काम हो । भूकम्प आयो । त्यसपछिको अभाव हामीले सहेर बस्यौं । नाकाबन्दी भयो । त्यो पनि यतिका दिन सहेर बसौं । ढुङ्गा मुढा गर्न गएका छैनौं । साइकल लिएर हिड्नु पर्छ भन्दा पनि मान्यौं । यो भन्दा सहयोग के हुन सक्छ सरकारलाई ? तराईमा सितहलर पर्दा पहाडलाई त्यति नै दुख्नुपर्छ । पहाडमा पैह्रो जाँदा तराईलाई दुख्नुपर्छ । सबैले सबैको मर्म बुझ्नु प¥यो । पहिलो त हामी नेपाली हौं । त्यसरी बुझ्नु प¥यो । गरीव देशलाई विकासको बाटोमा डो¥याउँ । पहिला संघीयता के हो भन्ने बुझौं त्यसपछि मात्रै अधिकारको कुरा गरौं । चाँडोभन्दा चाँडो बार्ताबाट समस्याको समधान होस् । ‘मेरो गोरुको बाह्रै टक्का’ कसैले पनि नगरौं ।   भारतको विकल्प चीन होइन दीपक राज गिरी, हाँस्य कलाकार \"dipak\"हामी भुपरिवेष्ठित होइन की भारतपरिवेष्ठित भयौं । कतै सुन्छु म भारतको विकल्प चीन हुनसक्छ । मेरो विचारमा छिमेकी परिवर्तन गर्न सकिदैन । भारतको विकल्प चीन होइन । चीनसँग पनि सहयोग लिनुपर्छ । मधेसको माग पूरा गरिनुपर्छ तर राष्ट्रलाई घाटा हुने गरेर होइन। परनिर्भरतामा बाँचेको छ हाम्रो मुलुक यसको अन्त्य हुनुपर्छ ।           मधेसको मात्रै होइन देश चेतन सापकोटा \"chetanव्यक्तिगत स्वार्थ भन्दा राष्ट्रियहितलाई बढि महत्व दिनु प¥यो । जनता भनेको मधेस मात्रै होइन, पहाड मात्रै होइन, सबैलाई हेर्नु प¥यो । हिजो मधेसलाई हेर्न आँखा फरक थियो । तर अब पहाडले मधेसलाई हेर्न आँखा फेरिएको छ । मधेसले बुझ्नु प¥यो । मधेसले मान्छे नै हिड्न दिदैनौं, औषधी पनि लैजान दिदैनौं भन्नु् राम्रो होइन ।   जनताहरु कसरी बाँचिरहेको छ, नेताहरुले हेर्नुप¥यो । नेताहरुले सिङ्गै देशलाई हेर्नुप¥यो । मधेसको मात्रै होइन देश । हाम्रो देशको आत्मनिर्णयको अधिकार हामीसँगै हुनुप¥यो । भारतको गोटी बनेर हामी धेरै वर्ष दास बन्यौं । अब यो दास नबन्ने बाटोमा नेपाल अघि बढिरहेको बेलामा मधेसका नेताहरुले पनि भारतको कठपुतली बन्नु भएन । मधेसका जायज मागहरुलाई सरकारले चाडै पुरा गर्नुप¥यो । भारतसँगको मित्रता पनि कायम गरिनुपर्छ । भारतले पनि नेपाललाई मित्रशक्तिको व्यवहार गर्नुप¥यो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies