Khabar Dabali १ जेष्ठ २०८३ शुक्रबार | 15th May, 2026 Fri
Investment bank

बब्बुलाई जलाउने मोर्चाकै कार्यकर्ता

\"Bablu-Rajbanshi-Morang\"विराटनगर । मोरङको भाथिगछमा बिहीबार स्थानीय बब्लु राजवंशीलाई जिउँदै जलाउनेहरु मधेसी मोर्चाको कार्यकर्ता भएको पुष्टि भएको छ । यसअघि घटनामा आफ्नो संलग्ना नरहेको दावी गरेको मधेसी मोर्चाले शुक्रबार विज्ञप्ति जारी गर्दै राजवंशीलाई जलाएको आरोप लागेकाहरु आफ्नै कार्यकर्ता भएको स्वीकार गरेको हो । भारतबाट पेट्रोल लिएर आएका भाथिगछ–७ का २८ वर्षीय राजवंशीमाथि बन्दमा किन पेट्रोल ल्याएको भन्दै एक समूहले त्यही पेट्रोल छर्किएर बिहीबार आगो लगाएको थियो । घटनामा भातिगछ–२ का अजय सिंह, जितेन्द्र मुखिया र जुगेश्वर मुखिया संलग्न रहेको प्रहरीले जनाएको छ । उनीहरु विरुद्ध पीडित परिवारले विरुद्ध किटानी जाहेरीसमेत दिइसकेको छ । मधेसी मोर्चाका मोरङ संयोजक राजकुमार यादवले शुक्रबार एक विज्ञप्ति जारी गर्दै घटनामा संलग्न रहेको आरोप लागेकाहरु सबै निर्दोष भएको दावी गरेका छन् । मधेस आन्दोलनमा लागेका निर्दोष नेता तथा कार्यकर्ता विरुद्ध प्रहरीले झुटो मुद्दा लगाएको भन्दै विज्ञप्तिमा विरोध गरिएको छ । मधेसी मोर्चाले घटनामा संलग्न रहेको भन्दै आफ्ना कार्यकर्ताको नाम मुछेर प्रचार भएको भन्दै आपत्तीसमेत जनाएको छ । प्रहरीले भने पीडित राजवंशीले दिएको बयान र पीडित परिवारले दिएको जाहेरीको आधारमा आरोपीतहरुको खोजी भइरहेको जनाएको छ । उनीहरु विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिने प्रहरीले जनाएको छ । प्रहरीले घटनामा अन्य केही युवा पनि संलग्न रहेको आशंकामा अनुसन्धान भइरहेको जनाएको छ । घटनामा संलग्नहरु सबै फरार छन् । उनीहरुको खोजीको लागि विशेष टोली परिचालन गरिएको मोरङ प्रहरीले जनाएको छ । को १ प २४५० नम्बरको मोटरसाइकलमा भारतीय पम्मबाट १५ लिटर पेट्रोल खरिद गरेर आउँदै गर्दा राजवंशीमाथि भाथिगछ–२ रामजानकी चौकमा त्यही पेट्रोल छर्किएर बिहीबार आगो लगाइएको थियो । गम्भीर अवस्थाका उनको चिन्ताजनक अवस्थामा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । यसैबीच घटनामा संलग्नलाई कारवाही गर्नका लागि विराट राजवंशी समाज उत्थान समितिले दवाब दिएको छ । समितिले आदिवासी राजवंशी युवालाई पेट्रोल छर्किएर आगो लगाउँदै जिउँदै जलाउने प्रयास गरिएको भन्दै घटनाको विरोधसमेत गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending