Ntc summer Offer
Khabar Dabali ८ पुष २०८१ सोमबार | 23rd December, 2024 Mon
Investment bank

भुकम्प पछिको पुनः निर्माण सम्बन्धी अन्तराष्ट्रिय गोष्ठी राजधानीमा सम्पन्न

\"Untitled\"काठमाडौं । भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण र सुरक्षित आवास एवम् भौतिक संरचना निर्माणका लागि सरकार संवेदनशील भएन भन्ने गुनासो आइरहेको समयमा भावी पुनर्निर्माण र नव निर्माणको कार्यलाई प्रभावकारी बनाउदै विपद् जोखिम न्यूनिकरण गर्नका लागि यस क्षेत्रमा कार्यरत प्राविधिक र प्रशासकहरुले नयाँ अग्रसरता लिएका छन् । यसै सन्दर्भमा भूमिको क्षेत्रमा कार्यरत प्राविधिक र प्रशासकहरुद्धारा आयोजित नेपालमा भूकम्प पछिको सन्दर्भमा विपद् जोखिम न्यूनिकरणमा भूमिसम्बन्धी पेशाकर्मी र भूमि सम्बन्धी तथ्याड.कको भूमिका बिषयक तीन दिवसीय अन्तराष्ट््िरय गोष्ठी ६ बूँदे प्रस्ताव पारित गर्दै आज काठमाण्डौमा सम्पन्न भएको छ । नेपाल फोटो ग्रामेट््री एण्ड रिमोट सेन्सिड. सोसाइटीका अध्यक्ष तथा भूमि व्यवस्था प्रशिक्षण  प्रतिष्ठानका महानिर्देशक रविनकाजी शर्माको अध्यक्षतामा भएको तीन दिवसीय  गोष्ठीको समापन समारोहमा भूमि सुधार तथा व्यवस्था मन्त्री रामकुमार सुब्बाले देशले विषम परिस्थिति झेलिरहेको समयमा पनि राष्ट्र्यि महत्व समेत रहेको अन्तराष्ट््िरय गोष्ठी सम्पन्न गरेर यस क्षेत्रका पेशाकर्मीहरुले नेपालीहरु भूकम्प पछिको पुनर्निर्माणकालागि तत्पर छन् भन्ने सन्देश दिएको बताए । उनले सरकार भूकम्पले क्षतिग्रस्त भौतिक पूर्वाधारहरुको निर्माणमा संवेदनशील रहेको उल्लेख गरे । समापन समारोहमा आयोजक समितिका अध्यक्ष एवम् नापी विभागका उपमहानिर्देशक गणेशप्रसाद भट्टले नेपालमा विनासकारी भूकम्प गएपछि पनि आयोजक र प्रायोजकहरुले यस गोष्ठीलाई सान्दर्भिक र सामयिक बनाएर सम्पन्न गराउन दिनुभएको हौसलाको सराहना गरे । उनले अप्ठ्यारो परिस्थितिमा पनि नेपालीहरु ठूला कार्यक्रम गर्न समर्थ भएको प्रमाण गोष्ठीको सफलताले दिएको उल्लेख गरे । उनले भूकम्प जस्ता प्राकृतिक प्रकोपको असर जमीनमा पर्ने भएकोले भूमिसम्बन्धी पेशाकर्मीहरुको व्यवसायिक क्षमता अभिबृद्धि, विश्वमा प्रचलित नविनतम् सिद्धान्त र प्रविधिको उपयोगका लागि यो गोष्ठी उपयोगी भएको बताए । कार्यक्रममा पूर्वप्रधानमन्त्री सुशील कोइरालाका प्रशासनिक सल्लाहकार एवम् पूर्व सचिव बाबुराम आचार्यले भूमि सम्बन्धी पेशाकर्मीहरुको ज्ञान र अनुभव अभिबृद्धिका साथै विपद् जोखिम न्यूनिकरणका लागि अपनाउनु पर्ने पद्धतिका सम्बन्धमा गोष्ठीमा सार्थक छलफल भएको बताउनु भयो । उहाँले निकट भविष्यमा आरम्भ हुने भूकम्पेत्तर पुनर्निर्माणका लागि पनि गोष्ठीका निष्कर्षहरु उपलब्धिमूलक भएको बताए  । समापन कार्यक्रममा इन्टरनेशनल सोसाइटी फर फोटोगाम्रेटी एण्ड रिमोट सेन्सिड.का सहअध्यक्ष डा. देवराज पौडेल  नापी पेशाकर्मीहरुको अन्तराष्ट्रिय छाता संगठन इन्टरनेशनल फेडरेसन अफ सर्भेयर्स (एफ आइ जी)का कमिशन २ का लिजा ग्रोनेन्डिक ¬९ीष्शब न्चयलभलमष्वप०,गोष्ठीका प्राविधिक समितिका अध्यक्ष प्रा.डा. हिम्मत राज भण्डारी, नेपाल इन्स्टिच्यूट अफ चार्टर्ड सर्भेयर्सका अध्यक्ष तथा सीमाविद् बुद्धिनारायण श्रेष्ठले पनि भूकम्प पछिको पुनर्निर्माणको सन्दर्भमा नेपालमा सम्पन्न अन्तराष्ट््िरय गोष्ठीको उपादेयताको बारेमा प्रकाश पारेका थिए  । करिब ३ सय ५० जनाको सहभागिता रहेको यस अन्तराष्ट््िरय गोष्ठीमा ७० जना विदेशी सहभागी थिए । गोष्ठीमा नेपाल सहित भारत, पाकिस्तान, बंगलादेश, भुटान,चीन, जापान, कोरिया, ताइवान, सिंगापुर, मलेशिया, अष्ट्रेलिया, न्यूजिल्याण्ड, टर्की, नेदरल्याण्ड्स, जर्जिया, स्वीजरल्याण्ड, फ्रान्स, बेलायत अमेरिका लगायतका देशबाट प्राध्यापक, अनुसन्धानकर्ता, विज्ञ, पेशाकर्मी, कर्मचारी,युवा सर्भेयर तथा व्यवसायीले भाग लिएका थिए । नेपाल इन्स्टिच्यूट अफ चार्टर्ड सर्भेयर्स र नेपाल रिमोट सेन्सिङ्क एण्ड फोटोग्रामेट्रिक सोसाइटीको मुख्य आयोजना, नेपाल सरकार भूमिसुधार तथा व्यवस्था मन्त्रालय, नापी विभाग र भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र सह–आयोजनामा भएको यो गोष्ठी नापी पेशाकर्मीहरुको अन्तराष्ट्रिय छाता संगठन इन्टरनेशनल फेडरेसन अफ सर्भेयर्सको कमिशन २ र फोटो ग्रामेट्री तथा रिमोट सेन्सिङ्ग   विषयको अन्तराष्ट्रिय छाता संगठनको चौथो टेक्निकल कमिशनको कार्य समूह ४ को संयुक्त कार्यक्रमको रुपमा सम्पन्न भएको थियो  । नेदरल्याण्ड सरकारको राष्ट्रिय नापनक्सा निकायको रुपमा रहेको   डच कडास्टर, नेदरल्याण्डकै ग्लष्खभचकष्तथ या त्धभलतभ,  ँबअगतिथ या न्भय(ष्लायचmबतष्यल क्अष्भलअभ बलम भ्बचतज इदकभचखबतष्यल, क्ष्त्ऋ, नापनक्साको क्षेत्रमा विभिन्न किसिमका यन्त्र र उपकरणको उत्पादन गर्ने अन्तराष्ट्रिय ख्याति प्राप्त कम्पनी ट्रिम्बल, हेक्सागन,टपकन, स्याटेलाइट इमेज उत्पादक डिजिटल ग्लोब, जापान सरकारको अन्तरिक्ष सम्बन्धी अन्वेषण गर्ने निकाय जापान एरोस्पेस एक्स्प्लोरेसन एजेन्सी, इसिमोड र आइओएमले  गोष्ठीको आयोजनामा आर्थिक र प्राविधिक सहयोग गरेका थिए । ६ बुँदे प्रस्ताव पारित यस  गोष्ठीमा भूमि सम्बन्धी योजना, यस सम्बन्धी तथ्याड.क पूर्वाधार निर्माण, विपद्को समयमा गरिने कार्य,भूसूचना प्रविधि,व्यवसायिक विकास,जग्गा प्रशासन र व्यवस्थापन जस्ता विषयमा गहन छलफल भएको थियो । गोष्ठीले विपद्का समयमा पनि जमीनका विषयलाई महत्व दिनु पर्नेमा जोड दिएको छ । भौतिक विकास,आर्थिक सामाजिक र वातावरण व्यवस्थापनलाई प्रत्यक्ष सघाउने भएकोले जमीनलाई अत्यावश्यक सम्पत्ति मान्दै गोष्ठीले विपद्का समयमा यिनै पक्षमा असर पर्ने उल्लेख गरेको छ । गोष्ठीले झन राम्रो निर्माण(विल्ड ब्याक बेटर)को मान्यतालाई पूरा गर्न र सुरक्षित आवास निर्माणका साथै विपद् पूर्वका सावधानी र विपद् पश्चातको कार्यकालागि सही भूउपयोग योजना भएको आवश्यक ठहर गरेको छ । सही भूमि व्यवस्थापन जस्तै उचित जमीन वितरण, जमीनको पुनसमायोजन,जमीनको अवधिको सुरक्षण जस्ता विषयहरु विपद्पछि उद्धार, पुनर्वास र पुनर्निर्माणमा निकै महत्वपूर्ण भएको जनाउदै कार्यशालाले सरकारहरुलाई यी विषय संबोधन गर्न खदिलो भूउपयोग नीति तर्जुमा गरी कार्यान्वयन गर्न सिफारीश गरेको छ । गोष्ठीले विपद् पछिको कार्यमा शासकीय कामहरु पनि मुख्य रहेको उल्लेख गर्दै नीति र संस्थागत व्यवस्थाहरुको अभाव वा कमजोरी जस्तो कही काममा दोहोरोपना र कही जिम्मेवारीको अभाव पनि विपद् पछिको मानवीय काममा मुख्य व्यवधान रहेको जनाएको छ । सरोकारवालाका बीचमा समन्वयको अभाव र नीतिहरुको सायदै प्रयोग भएको अनुभव गरिएको छ, प्रस्तावमा भनिएको छ । गोष्ठीले विश्व बैकले विकसित गरेको विभिन्न सरोकारवालाहरुबीचमा सुस्पष्ट कार्य र जिम्मेवारी किटान भएको भूमि प्रशासन मूल्याड.कन ढाँचा जस्तै बहुसरोकारवाला र कार्यमुखी अन्तराष्ट््िरय भूमि प्रशासन ढाँचा अबलम्बन गर्न सुझाएको छ । गोष्ठीले जमीनका दृष्टिकोणले संकटापन्न अवस्थाका समूहहरुप्रति हस्तक्षेप अनिवार्य भएको उल्लेख गर्दै यस्ता समूहहरु नै न्यायिक,सामाजिक र आर्थिक रुपमा बढी जोखिममा रहने भएकोले भूमि प्रशासन पद्धति यस्ता विपद्को जोखिममा रहेका गरिबमुखी,लैडि.गकमैत्री र समाजका सीमान्तकृत समूहमुखी हुनुपर्नेमा जोड दिएको छ । गोष्ठीले सरकारहरुलाई उद्देश्य अनुरुपको जमीन उपयोग(फिट फर परपोज ल्याण्ड एड्मिनिस्ट्र्ेशन)को नमूना अबलम्वन गर्न पनि सुझाएको छ । यसले विश्व खाद्य तथा कृषि संगठनले तर्जुमा गरेको राष्ट््िरय खाद्य सुरक्षालाई पनि सघाउने सुझाव विज्ञहरुको रहेको छ । गोष्ठीमा मुख्यता विपद् पूर्व र विपद् पश्चातको अवस्थामा भूसूचना तथ्याड.कको महत्वका बारेमा छलफल भएको थियो । उद्धार र अस्थायी वसोवासका लागि खुला स्थान, सुरक्षित पुनर्वासका लागि उपयुक्त जमीन,जमीन उपयोग,जोखिम नक्साड.कन,भवन  र अन्य पूर्वाधारको पुनस्थापना र पुनर्निर्माणको लागि यस्तो तथ्याड.क महत्वपूर्ण भएको विज्ञहरुले बताएका छन् । गोष्ठीले नेपालको विनासकारी भूकम्पले नेपालको भूसूचना प्राप्त गर्ने स्टेशनहरु नै क्षति पुर्याएकोले सोको अत्याधुनिक प्रविधिवाट पुनस्थापना गर्न पनि सुझाएको छ । यसले यस क्षेत्रमा विकसित भएका अत्याधुनिक प्रविधिको उपयोग गरी मानवीय र भौतिक क्षति कम गर्न पनि सरकारहरुसंग अनुरोध गरेको छ । गोष्ठीले विपद् पूर्व र पश्चात सुव्यवस्थित तवरले काम गर्नका लागि यस क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता विकास र अभिबृद्धिमा पनि त्यतिकै जोड दिएको थियो । विज्ञहरुले प्राज्ञिक अध्ययन,अनुसन्धान,सीप अभिबृद्धि,परियोजना कार्य र कार्यशाला,गोष्ठी,प्रदर्शनी जस्ता अनुभव आदानप्रदान गर्ने कार्यहरु यसमा सहयोगी हुने मत राखेका थिए । गोष्ठीले विपद् जोखिम न्यूनिकरणमा भूमिसम्बन्धी पेशाकर्मीहरुको भूमिका महत्वपूर्ण भएको सन्देश प्रवाहित गर्न कार्यक्रम सफल भएको निष्कर्ष निकालेको छ । यसमा विभिन्न सरोकारवालाहरुको अथक योगदान रहेको र सरकारी,गैरसरकारी,निजी क्षेत्रका साथै जमीन र विपद्का क्षेत्रमा कार्यरत उद्योग र समुदायको पनि उत्तिकै महत्पूर्ण  सहयोग रहेको बताउदै सम्बन्धित सबैप्रति आभार व्यक्त गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy